00:00
रुबी कुमारी
पुकार बम समय ४ मिनेट । त्यसपछि माननीय नीतिमा भण्डारी कार्की
00:11
पुकार बम
सम्माननीय सभामुख महोदय, आज म यस सदनमा एउटा यस्तो विषय उठाउन चाहन्छु । जसको प्रभाव हाम्रो व्यक्तिगत जीवनदेखि राज्य सञ्चालन र सार्वजनिक न्यून प्रक्रियासम्म पर्छ र त्यो मानसिक स्वास्थ्य र त्यो हो मानसिक स्वास्थ्य हामी नियमित रूपमा रक्तचाप, सुगर, मुटु कलेजो लगायतका शारीरिक स्वास्थ्यको जाँच गर्छौं ।
00:32
पुकार बम
तर मन दुदा निरन्तर तनाव हुँदा भावनात्मक रूपमा थकित हुँदा वा हाम्रो मानसिक अवस्था कमजोर हुँदा चाहिँ हामी किन स्वास्थ्यकर्मी वा परामर्शदातासँग कुरा गर्न हिचकिचाउँछौं । मानसिक स्वास्थ्य पनि स्वास्थ्यको एउटा अभिन्न हिस्सा हो ।
00:46
पुकार बम
मानसिक रूपमा स्वस्थ्य हुनु भनेको दैनिक जीवनमा तनाव सामना गर्न सक्नु आफ्नो क्षमता महसुस गर्न सक्नु प्रभावकारी रूपमा काम गर्न सक्नु र समाजमा योगदान गर्न सक्नुपर्ने मानसिक स्वास्थ्यकै हि्सा हो । यसलाई सरल, सामान्य र नियमित स्वास्थ्य परीक्षण प्रक्रियाको रूपमा हेरिनुपर्छ ।
01:02
पुकार बम
सम्माननीय सभामुखज्यू, आज हामी समाजमा विभिन्न प्रकारका तनाव आक्रोस असहिस्नुता हिंसा र अराजकता देखिरहेका छौं । संसदभित्र होस् वा बाहिर पाटीभित्र होस् वा बाहिर रिस र आक्रोशको अभिव्यक्ति बढिरहेको छ ।
01:16
पुकार बम
यसको सबैको कारण मानसिक स्वास्थ्य हो भन्न खोजेको होइन । तर मानसिक स्वास्थ्यलाई व्यवस्था गरेर स्वस्थ व्यक्ति स्वस्थ नेतृत्व र स्वस्थ समाज निर्माण गर्न सकिँदैन ।
01:26
पुकार बम
हामीले अहिलेसम्म धेरै जस्तो क्युरिटिभ अप्रोचमा काम गर्यौं । समस्या आएपछि मात्र उपचार गर्ने अब प्रिभेन्टिभ र प्रोमोटि अप्रोचमा पनि काम गर्नुपर्छ ।
01:35
पुकार बम
र यसको सुरुवात कहाँबाट गर्ने यही सदनबाट नेतृत्वबाट सभामुख, प्रधानमन्त्री, मन्त्री, सांसद र शीर्ष नेतृत्वबाट नागरिक सेवाको उच्चतम नेतृत्व र निर्णयकर्ता सांसदको रूपमा यसको सुरुवात म आफैबाट गर्छु । आजको तीन महिनाभित्र स्वोघोसनासहितको मानसिक स्वास्थ्य सम्बन्धित प्रोफेसनलहरूसँगको परामर्श प्रस्ताव डिटेल रिपोर्ट समामुखलाई बुझाउने छु ।
01:59
पुकार बम
निरन्तरको सानो तनाव निद्राको कमी थकान एकाग्रताको कमी र बानो दबावले पनि हाम्रो निर्णय गर्ने क्षमतालाई प्रभावित गर्न सक्छ । त्यसैले मेरो प्रस्ताव मेन्टन हेललाई उपचारको विषय मात्र होइन प्रिभेन्टिभ र प्रोमोटिभ हेल्थको हिस्सा बनाउँ ।
02:12
पुकार बम
जसरी हामी नियमित शारीरिक स्वास्थ्य परीक्षण गर्छौं । त्यसरी सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूका लागि हरेक तीन महिना वा ६ महिनामा मेन्टल हेल्थ चेकअप गर्ने अभ्यास विकास गरौं ।
02:23
पुकार बम
आवश्यकताअनुसार कन्फिडेन्सियल काउन्सिलिङ्ग साइको सोसियल सपोर्ट र थेरापी सर्भिस सहर सहज रूपमा उपलब्ध गराउँ । यसको अर्थ कसैलाई कमजोर घोषणा गर्नु होइन ।
02:32
पुकार बम
बरू यसको अर्थ निर्णय गर्ने जिम्मेवारीमा रहेर व्यक्तिले आफ्नो स्वास्थ्य र जिम्मेवारीप्रति अझ बढी सचेत हुनु हो । जसरी हामी हरेक वर्ष आफ्नो सम्पत्तिको बृणा बुझाउँछौं ।
02:42
पुकार बम
त्यसरी नै संवेदनशील निर्णय गर्ने जिम्मेवारीमा रहेका व्यक्तिले आफू मानसिक, भावनात्मक र मनोवैज्ञानिक रूपमा निर्णय गर्ने जिम्मेवारीका लागि फिट छु कि छैन भनेर समय समयमा सो घोषणा गर्ने संस्कार पनि विकास गर्नुपर्छ । यसको अर्थ सबैको मानसिक स्वास्थ्य सार्वजनिक गर्ने होइन ।
02:57
पुकार बम
व्यक्ति गो गोपनीयता कायम राख्दै आवश्यक प्रोफेसनल असेस्मेन्ट र सपोर्ट उपलब्ध गराउने हो । सम्माननीय सभामुखज्यू, हामीले समाजमा रहेको स्टिकमा तोड्नुपर्छ ।
03:07
पुकार बम
जसरी जोडो आउँदा डाक्टर कहाँ जानु सामान्य हो । त्यसरी नै अत्याधिक तनाव एनआइटी इमोसनल एक्जसन वा अन्य मानसिक समस्या महसुस हुँदा काउन्सिलर वा मेन्टल हेल्थ प्रोफेसनलसँग कुरा गर्नुपर्ने सामान्य हो ।
03:19
पुकार बम
इ ओ के ट्युब नटोके यो सन्देश संसद बाटै जानुपर्छ । हामीले विद्यालयदेखि कार्यस्थलसम्म समुदायदेखि संसदसम्म काउन्सिलिङ र साइकल सुल सपोर्टलाई सहज बनाउनुपर्छ ।
03:29
पुकार बम
किन कि हामी नागरिकलाई सही नीति दिन चाहन्छौं भन्ने पहिले सही निने गर्न सक्ने स्वस्थ, मानसिक अवस्था आवश्यक छ । त्यसैले म सरकारसँग आग्रह गर्न चाहन्छु ।
03:39
पुकार बम
मानसिक स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य प्राथमिकतामा अझ मजबूत रूपमा समावेश गरियोस् । सांसद, मन्त्री र उच्च जिम्मेवारीमा रहेका व्यक्तिहरूका लागि कन्फिडेन्सियल काउन्सिलिङ र स्ट्रेस म्यानेजमेन्ट प्रोग्रामको अनिवार्य व्यवस्था गरियोस् र मानसिक स्वास्थ्यलाई कमजोरी होइन जिम्मेवारीको विषय बनाइयोस् ।
03:54
पुकार बम
रेगुलर मेन्टल हेल्थ चेक अप इज नर्मल नट ट्याब इति रेस्पोन्सिबिलिटी अन्तमा मन पनि शरीर जस्तै स्वास्थ्यको हिक्सा हो । नियमित मानसिक स्वास्थ्य जाँच गरौं लुकाएर हैन खोलेर धन्यवाद ।