00:00
रुबी कुमारी
माननीय विद्यु सी राना । समय ४ मिनेट ।
00:02
रुबी कुमारी
त्यसपछि माननीय समीक्षा बासकोटा
00:06
विदुषी राणा
सम्माननीय सभामुख महोदय, बाराको जितपुर सिमरामा ३ वर्ष कि अवोध बालिका गरिमा चौधरीमाथि भएको बलात्कार र हत्याले हामी सबैलाई स्तप्तबनाएको छ । ३ वर्षको उमेर भनेको खेल्ने, हास्ने र आमाको काखमा सुरक्षित महसुस गर्ने उमेर हो ।
00:22
विदुषी राणा
तर गरिमाले आफ्नो जीवनको अन्तिम छनमा कति डर कति पीडा र कति असहायता भोग्नु पर्यो होला यो सोच्दा पनि मन काप्छ । गरिमाले न्याय पाउनैपर्छ ।
00:31
विदुषी राणा
दोषीले कानुनअनुसार कडा सजाय पाउनैपर्छ । यसमा कुनै तर पनि छैन ।
00:35
विदुषी राणा
कुनै बाहना पनि छैन । तर आज म यहाँ आक्रोश व्यक्त गर्न मात्र होइन ।
00:40
विदुषी राणा
एउटा अझ ठुलो प्रश्न उठाउनु बेकी छु । अर्को गरिमा कसरी बचाउने ।
00:45
विदुषी राणा
सभामुख महोदय , यस घटनामा आरोपित स्वयम नाबालक जुवा भएको विवरण आएको छ । मेरो पहिलो प्रश्न प्रहरी प्रशासनलाई छ ।
00:54
विदुषी राणा
नाबालक आरोपित भएको भिडियो यसरी सार्वजनिक भएर सामाजिक सञ्जालमा फैलिन कसरी दियो । यस्तो जघन्य अपराधलाई बाहिर कन्टेन्ट र सार्वजनिक तमासा बन्न दिनु हुँदैन ।
01:05
विदुषी राणा
अपराधीलाई कारबाही गर्नु राज्यको कर्तव्य हो । अपराधलाई प्रद्षण बनाउनु होइन ।
01:10
विदुषी राणा
तर मेरो अर्को प्रश्न अझै गम्भीर छ । एउटा नाबालक यस्तो अपराध गर्ने अवस्थामा कसरी पुग्यो ।
01:17
विदुषी राणा
उसको घरको वातावरण कस्तो थियो । विद्यालयले उसको व्यवहारमा कुनै गम्भीर सङ्केत देखेको थियो कि थिएन ।
01:24
विदुषी राणा
उसको मोबाइल र इन्टरनेट प्रयोगमा कसको निगरानी थियो । हाम्रो बालबालिकाको पहुँचमा पुगिरहेको हिंसात्मक र असली सामग्री बारे राज्य विद्यालय र अभिभावकहरूको जिम्मेवारी कहाँ छ ।
01:38
विदुषी राणा
यो प्रश्न सोध्नु अपराधीको बचाव होइन । यो प्रष्ट सोध्नु अर्को अपराध रोक्ने प्रयास हो ।
01:43
विदुषी राणा
सभामुख महोदय, हाम्रो कानुन कागजमा कडा भएर मात्रै पुग्दैन । अपराध गर्ने व्यक्तिको मनमा अपराध गरेपछि म उम्किन सक्दिन है भन्ने निश्चितता हुनुपर्छ ।
01:53
विदुषी राणा
यसको लागि छिटो अनुसन्धान बलियो प्रमाण सङ्कलन र समयमै न्याय चाहिन्छ । तर सजायसँगै रोकथाम पनि चाहिन्छ ।
01:59
विदुषी राणा
त्यसैले म सरकारसँग तीन ओटा ठोस काम तत्काल सुरु गर्न आग्रह गर्दछु । पहिलो विद्यमान कानुन र कार्यान्वयनको ज्ञात एनलाइसिस गरियोस् ।
02:08
विदुषी राणा
बाल यौन हिंसा र बाल संरक्षणसम्बन्धी कानुन कहाँ पर्याप्त छन् । कहाँ कमजोरी छन् र भएको कानुन किन प्रभावकारी रूपमा लागु भइरहेका छैनन् ।
02:17
विदुषी राणा
तत्काल समीक्षा गरियोस् । दोस्रो मल्टि डिसिप्लिनरी नासल टास्क फोर्स गठन गरियोस् ।
02:22
विदुषी राणा
मनोवैज्ञानिक तथा मनोचिकित्सक, समाज शास्त्री सामाजिक कार्यकर्ता बाल संरक्षण तथा बाल अधिकार विज्ञ प्रहरी, शिक्षक, अभिभावक र स्थानीय बालिका अधिकारकर्मीहरूलाई एउटै टेबलमा ल्याइयोस् । तर यो कार्यदलले प्रतिवेदन बनाएर दराजमा थन्काउने काम भनि नगरोस् ।
02:39
विदुषी राणा
अभिभावकहरूसँग बसोस् विद्यालयसँग बसोस् पाठ्यक्रम बनाउने निकायसँग पनि बसोस् । विद्यालयमा उमेर अनुसारको सहमति कन्सेन्ट व्यक्तिगत सीमा परसल बाउन्ड्रिज सुरक्षित असुरक्षित स्पर्स ।
02:54
विदुषी राणा
सेफ अनसेट र एक अर्का प्रतिको सम्मान र जिम्मेवारी डिजिटल व्यवहार रेस्पोन्सिबल डिजिटल विहेभियर सिकाइयोस् । शिक्षक र अभिभावकलाई बालबालिकामा देखिने गम्भीर व्यवहारिक वोर्डिङ साइन समयमै पहिचान गर्ने क्षमता पनि दिइयोस् ।
03:07
विदुषी राणा
तेस्रो बालबालिकामाथि हुने हरेक प्रकारको हिंसामा जिरो लरेन्स । कागतमा होइन व्यवहारमा लागु गरियोस् ।
03:13
विदुषी राणा
घटना वा जोखिम देखिएपछि परिवारले कहाँ जाने विद्यालयले कसलाई जानकारी दिने प्रहरीले कति समयभित्र अनुसन्धान सुरु र जिम्मेवारी कसले दिने स्पष्ट व्यवस्था होस् । सभामुख महोदय दसकौंदेखि नेपालमा कानुन बनेका छन् ।
03:27
विदुषी राणा
नीतिहरू बनेका छन् । आयोग समिति र अभियान पनि बनेका छन् ।
03:31
विदुषी राणा
अब अर्को समिति बनाएर मात्रै हाम्रो जिम्मेवारी पूरा हुँदैन । अब चाहिएको छ ।
03:35
विदुषी राणा
समयसीमा जिम्मेवार निकाय आवश्यक बजेट र मापन गर्न सकिने परिमाणसहित गम्भीर कार्यान्वयन । सरकार विद्यालय र अभिभावकले छुट्टाछुट्ट होइन ।
03:44
विदुषी राणा
सँगै जिम्मेवारी लिनुपर्छ । एउटा तीन वर्ष कि छोरीलाई हामी फर्काउन सक्दैनौं ।
03:49
विदुषी राणा
तर अर्को वर्ष कि छोरीलाई बचाउन सक्छौं । गरिमाको गरिमाको न्याय एउटा परिवारको न्याय मात्रै होइन ।
03:55
विदुषी राणा
यो नेपालको हरेक छोरि सुरक्षित भएर बाँच्न पाउने अधिकारको प्रश्न हो । गरिमालाई न्याय दियो ।
04:00
विदुषी राणा
तर त्यही नरोक्न गरिमाको लागि न्याय माग्नु हाम्रो कर्तव्य हो । तर अर्को गरिमा बन्न