00:02
रुबी कुमारी
माननीय माननीय समीक्षा बासकोटा । समय ५ मिनेट ।
00:08
रुबी कुमारी
त्यसपछि मानेश्वर यादव ।
00:28
समिक्षा बास्कोटा
सम्माननीय सभामुख महोदय, आज मैले १२ वटा प्रश्न मात्र छोड्न चाहन्छु । सर्वप्रथम त म समग्र हामी आम नेपाली नागरिक हामी संसद सभामुख महोदयमार्फत नेपाल सरकार जिम्मेवार निकाय, सञ्चारकर्मी सबैलाई एउटा लगायत अन्य प्रश्नहरू उजागर गर्न चाहन्छु ।
00:52
समिक्षा बास्कोटा
मैले मेरो शक्ति कति दुरुपयोग गरे कि सदुपयोग गरे । राज्यका जिम्मेवारी राज्यका जिम्मेवार निकायले कति जिम्मेवारी प्रस्तुत गरे कि गरेनन् ।
01:03
समिक्षा बास्कोटा
शक्ति पाउँदा एउटा र शक्ति नपाउँदा अर्को प्रस्तुति हामीले गर्यौं कि गरेनौं । हामीले समग्र प्रणालीमा विश्वास गर्यौं कि व्यक्तिबादमा विश्वास गर्यौं ।
01:13
समिक्षा बास्कोटा
प्रणालीलाई बलियो बनायौं कि व्यक्ति हावी हुने प्रणाली सुचारु गर्यौं । हामीले न्यायका पक्षमा कति छलफल गर्यौं ।
01:22
समिक्षा बास्कोटा
हामीले हरेक मुद्दामा राजनैतिक ले कति लगायौं कि लगाएनौं । मेरो प्रश्न यही नै हो ।
01:29
समिक्षा बास्कोटा
हामी सबैको डबल स्ट्यान्डमा प्रश्न हो । नाबालिका बलात्कारपछिको हत्याका केही उदाहरणहरू छन् ।
01:37
समिक्षा बास्कोटा
श्रावि२०७५ २०७५ सालमै निर्मला पन्त १३ वर्ष २०७५ सालमै मनिका यादव १० वर्ष २०७७ सालमा सम्झना कामी विक २०७७ अङ्गिरा पासी त्यस्तै गरेर २०७७ मा भगिरथ भट्ट त्यस्तै गरेर इनिशा विक खुसी खातुन गरिमा चौधरी यी त बाहिर सार्वजनिक भएका नाम भए । त्यस्तै गरेर अर्को अनेकौं नामहरू छन् ।
02:10
समिक्षा बास्कोटा
२०६२६३पछि हामीले न सम्झिएका यौनजन्य हिंसामा परेका पीडित जो १ जना देवीको नाम त हामी सम्झिन्छौं । तर ४२७९ देवी अझै जीवित छन् ।
02:23
समिक्षा बास्कोटा
यही समाजमा तिनले न्याय पाए कि पाएन । प्रश्न मेरो त्यही मात्रै हो ।
02:28
समिक्षा बास्कोटा
यो सबै विषयले के देखाउँछ भन्दाखेरि दण्डहीनता हामीले समाजमा दण्डहीनता कसरी मौलान दियौं । त्यो दण्डहीनता मौ लाउनको लागि मेरो या हामी सबैको काका नेरी भूमिका छ कि छैन ?
02:46
समिक्षा बास्कोटा
प्रश्न हो । यदि दण्डहीनता मौ लाउनको लागि हामीले कहीँ कतै राजनैतिक पहुँच मेरो स्रोतको पहुँचको हिसाबले विभिन्न कारणले मैले काम गरेको रहेछु भनेदेखि हामी सबै दोषी हो ।
03:00
समिक्षा बास्कोटा
यो समाज पहिला हामी सबैलाई दोषी मान्न तयार छ कि छैन । प्रश्न मेरो यही नै हो ।
03:06
समिक्षा बास्कोटा
आजको अर्को प्रश्न दण्डहीनतासित जोडिएको प्रश्न भनेको लर्नस लर्नस भर्सेस रुल अफ ल हामी कहाँ छौं । हामीले रुल अफ ल का कुरा गर्छौं तर सँगसँगै पोलिटिकल सेटलमेन्टका कुरा पनि गर्छौं ।
03:21
समिक्षा बास्कोटा
राजनैतिक सेटलमेन्ट हामी कहाँ छौं । हामी सबैले आफूलाई प्रश्न गरौं ।
03:26
समिक्षा बास्कोटा
हामी ट्रुस वर्षे पनिसमेन्ट भन्छौं । तर हामी जस्टिसका कुरा गर्छौं कि गर्दैनौं ।
03:31
समिक्षा बास्कोटा
न्यायका विषयमा हामी कहाँ नै नि छौं । अनि त्यसपछाडि हामीले न्याय माग्दै गर्दाखेरि भिक्टिम प्रस्पेक्टिभ लाई कति हामीले प्रसय दिन्छौं ।
03:41
समिक्षा बास्कोटा
विक्टिमको लागि न्याय पाउनु या सत्य स्थापित गर्नु महत्त्वपूर्ण विषय हो कि समाजमा पुनर्स्थापना हुनुपर्ने महत्त्वपूर्ण विषय हो । हामी त्यतातिर छलफल गर्दैनौं ।
03:52
समिक्षा बास्कोटा
आजको हाम्रो समग्र छलफल भनेको न्याय प्रणाली न्यायमुखी छ कि छैन । आजको प्रश्न यही नै हो ।
03:59
समिक्षा बास्कोटा
हामी सबैले सोच्न जरुरी छ । त्यस्तै सत्य स्थापित हुनु र न्याय पाउनु एउटै सिक्काको दुइटा बाटो हो ।
04:06
समिक्षा बास्कोटा
तर हामी दुवैमा चुकेका छौं । आज हामी सत्य बेच्न हिरहेका छौं ।
04:11
समिक्षा बास्कोटा
तमाम सत्य बेच्न हरेका समग्र व्यक्ति तथा सम्पूर्णलाई म प्रश्न गर्न चाहन्छु । तपाईंले सत्य बेच्दै गर्दाखेरि न्याय चाहिँ स्थापित भयो कि भएन ।
04:23
समिक्षा बास्कोटा
मूलभूत प्रश्न त्यही नै हो । ।
04:25
समिक्षा बास्कोटा
हामी हामी सत्य बेच्न तम्सिएका तम्सिएका छौं तर न्याय स्थापित स्थापित गर्न चुकेका छौं । कारण किन हामी फितलो अनुसन्धानबाट हाम्रो न्याय प्रणालीको सुरुवात गर्छौं ।
04:35
समिक्षा बास्कोटा
हामी फितलो अवियोजनबाट सुरु गर्छौं । अनि प्रमाणहरू हामी सुरक्षित गर्न सक्दैनौं ।
04:41
समिक्षा बास्कोटा
एउटा एकदमै प्रचलित केसमा हामीले जहाँ जानै नपर्ने व्यक्तिहरू किन गए त त्यो क्षेत्रभित्र अझ यतिसम्म कि हाम्रो सुरक्षा निकायले जसलाई प्रमाणको रूपमा राम्रोसँग राख्नुपर्नेलाई बलात्कारजस्तो जघन्य अपराधमा लगाएको सुराल
05:00
समिक्षा बास्कोटा
रक्षित राख्नुपर्नेमा सुराल किन पखालियो । हाम्रो छलफल त्यो सुराल किन पर्खा लियो भन्ने कुरामा हुँदैन ।
05:06
समिक्षा बास्कोटा
छलफल त्यहाँबाट सुरु गर्नुपर्छ । अनि मात्र धेरै निर्मलाहरूले न्याय पाउँछ धेरै धेरै गरिमाहरू न्याय पाउँछन् ।
05:16
समिक्षा बास्कोटा
अबको छलफल यतातिर जान छ । त्यसैले अन्त्यमा अबको यो सरकार चुक्नुहुँदैन ।
05:21
समिक्षा बास्कोटा
हामी सबै मिलेर दण्डहीनता अन्त्य गर्यौं । न्याय आफै स्थापित हुन्छ ।