00:00
डोलप्रसाद अर्याल
समय ४ मिनेट । त्यसपछि माननीय सदस्य विश्वराज पोखरेल ।
00:17
बासुमाया तामाङ
सम्माननीय सभामुख महोदय, नेपालको आफ्नै गौरवमय इतिहास पोगेको राष्ट्रिय दर्जा नेपाल वायु सेवा निगमको उडान क्षमता यसका सम्भावना संरचनाका संरचनागत कठिनाइ र हाल देखिएको चरम डेटा सुस्तीका विषयमा सरकारको ध्यानाकर्षण गराउन उभिएको छु । सभामुख महोदय हामीलाई हामी सबैले थाहा छ ।
00:38
बासुमाया तामाङ
एउटा समय थियो । जब हाम्रा बोइङ्ग जहाजहरूले लण्डन, फ्राङ्कफर्ट पेरिस र हङ्कङ जस्ता विश्वका प्रमुख सहरहरूमा नेपालको रातो र निलो झण्डा फराउँदै सिधा उडान भर्थे ।
00:50
बासुमाया तामाङ
तर आज हाम्रा उडानहरू किन खुन्च्याइएका छन् । हालै म आफै कोरिया र जापानको भ्रमणमा जाँदा जाँदाको एउटा तितो यथार्थ यहाँ सेयर गर्न चाहन्छु ।
01:00
बासुमाया तामाङ
म आफै दक्षिण कोरियाको कोरिया यात्रा गर्दा उडान रद्द भई अर्को दिन मात्र यात्रा गर्नुपर्ने कठिन अवस्थाबाट गुज्रिए । झन्डै २८ घण्टासम्म यात्रुहरूले भोगेको सास्ती निकै ठुलो थियो ।
01:13
बासुमाया तामाङ
तर विडम्बना यस्ता विदेशी एयरलाइन्सका गम्भीर लापरवाही र यात्रुको दुःखले सञ्चार माध्यममा खासै स्थापन पाउँदैन । तर नेपाल वायु सेवा निगमको जहाज १२ घण्टा ढिला हुँदा भने राष्ट्रिय स्तरका मिडियामा प्रमुख समाचार बन्छन् ।
01:30
बासुमाया तामाङ
म स्पष्ट पार्न चाहन्छु । म नेपाल वायु से निगमलाई आलोचनाबाट मुक्त गराउन चाहन्न निगम पूर्ण जवाफदेही हुनुपर्छ ।
01:38
बासुमाया तामाङ
व्यवस्थापनमा कमजोरी छ भने सुधार हुनुपर्छ । भ्रष्टाचार भने छानबिन र कारबाही हुनुपर्छ ।
01:44
बासुमाया तामाङ
यात्रुलाई दुःख दिइएको छ भने क्षतिपूर्ति दिनुपर्छ । तर तथ्यमा आधारित रचनात्मक आलोचना र संस्थाको छवि नै ध्वस्त पार्ने असन्तुलित प्रचार बिच एउटा ठुलो फरक छ ।
01:57
बासुमाया तामाङ
राष्ट्रिय जाबाकमजोर हुनुपर्नेको एउटा संस्था मात्र डुब्नु होइन । यसले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा विदेशी मुद्रा विदेशी मुद्रा आर्जन पर्यटन, रोजगारी र राष्ट्रिय हितमै गम्भीर आगत पुर्याउछ ।
02:11
बासुमाया तामाङ
सभामुख महोदय, आज दक्षिण कोरियामा मात्रै १० लाख भन्दा बढी नेपाली जाजुवाईतथा दिदिबैनीहर्ययन एपीपीएस रोजगारी व्यवस्था का सिलसिलामा बसोबास गर्छन् । वार्षिक १ लाख ३५ हजार भन्दा बढी कोरियाली पर्यटन नेपाल आउँछन् ।
02:26
बासुमाया तामाङ
तर काठमाडौं सोल सिधा उडानमा आज कोरिया कोरियन एयरको एकाद गर्छ । हाम्रो नागरिकले महङ्गो भाडा तिरेर पनि सिट नपाउने सास्ती बगिरहेका छन् ।
02:38
बासुमाया तामाङ
यदि नेपाल वायु सेवन निगमले निगमले कोरिया उडान सुचारु गर्ने हो भने यसले हाम्रो परिकृत पर्यटकीय क्षेत्र, होटल व्यवसायी पर्यटकीय यातायात र गाउँका होमस्टेहरूमा ठूला आर्थिक क्रान्ति ल्याउँछ । तर यति ठुलो फाइदा हुँदा हुँदै पनि कोरियन उडानको प्रक्रिया किन बर्सौंदेखि अड्किएर राखिएको छ ।
02:57
बासुमाया तामाङ
हामीलाई थाहा छ । दक्षिण कोरियाको नागरिक उड्डयन निकायले उडान अनुमति दिनु अगि नेपालको सुरक्षा र प्राविधिक मूल्याङ्कन मागेको थियो ।
03:07
बासुमाया तामाङ
तर नागरिक उड्डयनप्रति प्राधिकरण क्यानले आइसीए बाहेक अरूलाई अडिट गर्न दिँदैन भन्दै पन्छाउने काम गर्यो । म सदनमार्फत सरकारसँग स्पष्ट जवाफ माग गर्दछु ।
03:19
बासुमाया तामाङ
कोरियाली पक्षले अडिटको लागि पठाइएको मूल पत्र कति कहिले प्राप्त भयो र त्यसमा क्यान र निगम बिच के कस्तो सम्बन्ध भयो । दक्षिण कोरियाले माग गरेको सुरक्षा अडिट किन सम्पन्न हुन सकेन ।
03:33
बासुमाया तामाङ
यदि कानुनी रूपमा अडिट गर्न नमिल्ने हो भने त्यसको स्पष्ट कानुनी आधार के हो र यदि अडिट आवश्यक छ भने क्यानले कोरियाली पक्षसँग तत्काल सुन्ने गरी स्वीकार्य प्रक्रियाबाट अडिट गराउन किन गराएन । कुनै व्यक्ति संस्था वा व्यावसायिक स्वार्थको कारण विदेशी एयरलाइन्सहरूको आधिकारिक जोगाउन यो प्रक्रिया नियमित नियत ढिलो गराइएको छैन ।
03:59
बासुमाया तामाङ
सभामुख महोदय , पर्यटन र कनेक्टिभिटी हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो । तसर्थ म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग जोडदार माग गर्दछु कि दक्षिण कोरियाले सरकारसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरियोस् ।
04:14
बासुमाया तामाङ
यदि अडिट आवश्यक छ भने तत्काल सम्पन्न गरियोस् र काठमाडौं र