00:00
विष्णुबहादुर विश्वकर्मा
करमा सम्माननीय अध्यक्ष महोदय, नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ लाई यहाँ छलफल गरियोस् प्रस्ताव गरियोस् भन्ने भइसकेपछि मैले लागेका कुराहरू मेरो बुझाइका कुराहरू यहाँ राख्न गइराखेको छु । पहिलो यो राष्ट्रिय अनुसन्धान विभाग नेपाल सरकारको गृह मन्त्रालय मातहतमा रहिछ ।
00:49
विष्णुबहादुर विश्वकर्मा
त्यसपछि २०७५ सालमा प्रधानमन्त्री कार्यालयमा ल्याएको देखिन्छ । र फेरि प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालयमा यो सरकारले सारेको अध्यादेशमार्फत सारेको देखिन्छ ।
01:08
विष्णुबहादुर विश्वकर्मा
अध्यादेशमार्फत आफ्ना इच्छा पूरा भइसकेपछि के के गर्नुपर्थ्यो त्यो सबै काम पूरा भइसकेपछि फेरि यो विधेयकलाई फिर्ता गरिएको छ । गरेर प्रधानमन्त्री कार्यालयमा बुझाउन लागिएको छ ।
01:25
विष्णुबहादुर विश्वकर्मा
यो यसरी ऐनलाई फुटबल जस्तै कहिले प्रधानमन्त्री कार्यालयमा कहिले गृहमा कहिले प्रधानमन्त्रीकालमा कहिले गृह मन्त्रालयमा ल्याउनु भनिएको । यो आफैमा असफलता हो ।
01:37
विष्णुबहादुर विश्वकर्मा
यो गृह मन्त्रालयको असफलता हो । गृह मन्त्रालयले यदि धान्न सक्दैन भने प्रधानमन्त्री कार्यालयबाट अध्यादेशमार्फत ल्याउन आवश्यकता थिएन ।
01:48
विष्णुबहादुर विश्वकर्मा
अहिलेको यो या त गृह मन्त्रालयको असफलता हो । या त प्रधानमन्त्रीको दफा हो ।
01:55
विष्णुबहादुर विश्वकर्मा
यो बुझ्न गाह्रो भएको छ । त्यसैले मलाई अचमित बनायो ।
02:01
विष्णुबहादुर विश्वकर्मा
कहिले कतै कहिले कतै खेलाइरहने, खेलिरहने यो प्रवृत्तिले देशलाई सही दिशा निर्देश गर्न सक्ने छैन । कहिले कसैको इच्छा परिपूर्ति गर्नुको निमित्त उता सार्ने कसैले कहिले कसैको इच्छा परिपूर्ति गर्ने यता सार्ने जुन यो प्रवृत्ति छ ।
02:19
विष्णुबहादुर विश्वकर्मा
यो प्रवृत्तिले देशलाई नै असफल सिद्ध बनाउने मार्गमा डोर्याइरहेको छ जस्तो मलाई लागिरहेको छ । त्यस धार यो विधेयकमा व्यापक छलफलको आवश्यकता छ र विधायन व्यवस्थापन व्यवस्थापन समितिमा लगियोस् भन्ने म आफ्नो माग राख्न चाहन्छु ।
02:37
विष्णुबहादुर विश्वकर्मा
धन्यवाद ।