00:00
नारायण प्रसाद दाहाल
माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमलाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन समय उपलब्ध गराउँछु ।
00:19
सोविता गौतम
सम्माननीय अध्यक्षज्यू, समयको लागि धन्यवाद । आज हामी नेपाल विशेष सेवा ऐन, २०४२ को सन्दर्भमा छलफल गर्दै छौं ।
00:27
सोविता गौतम
केही दफा चाहिँ अब जागेको जगाउनको लागि यो विधेयक लेराइएको हो । थोरै अलिकति टाइमलाइनको बारेमा राख्छु ।
00:33
सोविता गौतम
यो नेपाल विशेष सेवा ऐन, २०४२ चाहिँ पहिलो चोटि लिएर आउँदाखेरि राष्ट्रिय अनुसन्धानलाई गृह मन्त्रालयअन्तर्गत नै राख्ने गरी भएको रहेछ । त्यसपछि केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ बाट चाहिँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हुने गरी व्यवस्था भएको रहेछ ।
00:53
सोविता गौतम
अनि प्रधानमन्त्री मातहत नै थियो । अब जेन्सी आन्दोलन भइसके पछाडिको हकमा तत्कालीन प्रधानमन्त्री सुशिला कार्की चाहिँ त्यति बेलामा अब चुनावी सरकार थियो ।
01:06
सोविता गौतम
उहाँले त्यो समालिरहेको बेलामा चाहिँ अध्यादेश ल्याएर उहाँहरूले राष्ट्रिय अनुसन्धानलाई चाहिँ गृह मन्त्रालयअन्तर्गत हुने गरेर व्यवस्था गर्नुभएको रहेछ । पछि अब निर्वाचन भयो निर्वाचन भएपछि अध्यादेशले राखेको विषय त हामीले प्रतिस्थापन विधेयक त ल्याउनुपर्यो फेरि हामीले प्रतिस्थापन विधेयक ल्याएनौं ।
01:24
सोविता गौतम
प्रतिस्थापन विधेयक नल्याएपछि के भयो त भन्दा त्यो जुन दफा चलाइयो । त्यो दफा त निष्क्रिय भयो ।
01:31
सोविता गौतम
निष्क्रिय भएपछि त अब जगाउनुपर्ने त्यो रिक्त राख्नुभएन । त्यही जगाउनको लागि मात्रै यो विधेयक ल्याइएको हो भन्ने कुरा म माननीयज्यूहरूलाई निवेदन गर्न चाहन्छु ।
01:40
सोविता गौतम
अब यो प्रधानमन्त्री मातहत राख्ने कि गृह मन्त्री मातहत राख्ने भन्ने विषय चाहिँ सैद्धान्तिक विषय नै हो । अब कहाँ राख्ने भन्ने विषय हामीले एकदम सैद्धान्तिक कोडबाट हेर्दाखेरि पनि उपयुक्त हुन्छ कि भन्ने लाग्छ ।
01:53
सोविता गौतम
यद्यपि माननीयज्यूहरूले राख्नुभएको विचारसँग धेरै विमति नराखिकन के मात्रै आग्रह गर्न चाह्यो भने अब सरकार पहिला पहिला सरकारले पनि कहिले यता कहिले उता राख्नै गरेकै रहेछ । अहिले चाहिँ हामीलाई के लाग्यो भने अब यो राष्ट्रिय सुरक्षासँग जोडिएको विषय गुप्तचर निकायले अनुसन्धान गर्ने जस्तो विषय चाहिँ गृह मन्त्रालयमा जुन चाहिँ अलरेडी ओभरलोडेड हुन्छ जसले चाहिँ आन्तरिक सुरक्षा संयन्त्रको बारेमा यति धेरै चासो राख्नुपर्छ ।
02:20
सोविता गौतम
विपददेखि लिएर सिडियो देखि लिएर नेपाल प्रहरी भयो भयो । ।
02:25
सोविता गौतम
सशस्त्र सशस्त्र भयो । सबै प्रकारका आन्तरिक सुरक्षा संयन्त्रहरू चाहिँ गृह मन्त्रालय मातहत हुन्छ ।
02:30
सोविता गौतम
अनि गुप्त जोर निकाएको अनुसन्धान अथवा सूचना भनेको चाहिँ अब डेटूडे खबर गरिरहनुपर्यो नि दिइरहनुपर्यो नि । अब गृह मन्त्री कति धेरै बिजी हुनुहुन्छ ।
02:39
सोविता गौतम
अब कति त यहाँहरूमध्ये कोही गृह मन्त्री हुनुभयो ला अथवा हजुरहरूको नजिकको मान्छे पनि गृह मन्त्री हुनुभयो ला कति धेरै बिजी हुनुहुन्छ । भनेको बेलामा कै सूचना दिन पाएन भने देखिन्त गाह्रो हुन्छ ।
02:50
सोविता गौतम
त्यो भएर अब गृह मन्त्रालय एकदम ओभरलोडेड हुने भएको कारणले र देशको आन्तरिक सुरक्षा संयन्त्र भन्दा माथी इन्टेलिजेन्स चाहिँ त्यो अब रेगुलर ल एन्ड अर्डरको विषय भएको कारणले गर्दाखेरि चाहिँ यो विषय जति पनि गुप्त निकाएका सूचनाहरू छन् । यी सूचनाहरू चाहिँ प्रधानमन्त्रीसँग प्रत्यक्ष पुग्दाखेरि राष्ट्रिय सुरक्षालाई कस्तो बनाउने कसरी अगाडि लैजाने र अब भनिन्छ नि पुलिसले चाैवाटापेन्ड भन्ने कुरा बढी जोड दिएर हेर्दो रहेछ ।
03:19
सोविता गौतम
के भयो अब त्यसलाई के गर्ने त कसरी त्यो कुरा चाहिँ कारबाही अगाडि बढाउने त भनेर पुलिसले त्यो हेर्दो रहेछ । सुरक्षा संयन्त्रले त्यो हेर्दो रहेछ भने इन्टेलिजेन्सले वाट मै ह्यापेन्ड के हुन सक्छ त ?
03:30
सोविता गौतम
त्यो हुन सक्ने कुरालाई रोक्ने काम चाहिँ अब सरकारको हो । सूचना र चाहियो न त भने चाहिँ प्रधानमन्त्री जो चाहिँ सरकारको प्रमुख हुनुहुन्छ ।
03:38
सोविता गौतम
उहाँको मातहत ती सबै सूचनाहरू आउँदाखेरि वाट मै ह्यापेन्ड भन्ने कुरालाई चाहिँ कतिपय रोक्नुपर्ने होला कतिपय चाहिँ एउटा तरिकाले अगाडि लैजानुपर्ने होला । त्यसकारणले प्रधानमन्त्री मातहत हुँदाखेरि उपयुक्त हुन्छ भनेर हामीले जुन अध्यादेश ल्याइयो ।
03:53
सोविता गौतम
त्यो अध्यादेशलाई प्रतिस्थापन गर्नको लागि त्यतिखेर अब हाम्रो त्यो बाटोतिर हामी गएनौं । जगाउनुपर्यो ।
04:01
सोविता गौतम
त्यो दफालाई जगाउनको लागि चाहिँ यो विधेयक लेराइएको हो । अब माननीयज्यूहरूले धेरै कुराहरू राखिसक्नुभएको छ ।
04:07
सोविता गौतम
समितिमै पनि छलफल गरिसकौं भनेर भन्नुभा छ । सम्माननीयज्यूको जे अनुमति जे आदेश हुन्छ ।
04:13
सोविता गौतम
त्यही बमोजिम गरौंला । मलाई लागेका थोरै कुराहरू माननीयज्यूहरूले उठाउनुभएको जिज्ञासाको सन्दर्भमा यति नै मैले मेरा कुराहरू विनम्रतापूर्वक राख्दै बिदा चाहन्छु ।
04:22
सोविता गौतम
धन्यवाद । सम्माननीय अध्यक्षज्यू ।