00:07
Speaker 1
सम्माननीय सभामुख महोदय, भोटेकोशी नदीमा आएको यो अकल्पनीय बाढीले जुन अपुरणीय क्षति भएको छ । यो अत्यन्तै कठिन घडी हो र यो कठिन घडीमा प्रभावित क्षेत्रका स्थानीयले बेहोरेको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यस कारी लाग्दो विपदमा उहाँहरूको साथमा सिङ्गो सोपा र सिङ्गो सरकार साथ रहेको कुरा यो सम्मानित सदनलाई अवगत गराउन चाहन्छु ।
00:42
Speaker 1
सम्मानित सभामुख महोदय, बिहानदेखि नै यसको जानकारी प्राप्त भएसँगै म प्रधानमन्त्री गृह मन्त्री र भर्खरै स्वास्थ्य मन्त्री लगायतका सम्वद्ध अन्य सरकारी संयन्त्रका जति पनि महानुभावहरू हुनुहुन्छ । उहाँहरू सबैसँग निरन्तर छलफल र सूचना आदान प्रदान र रणनीतिक किसिमका योजना के कस्ता छन् भन्ने जस्ता विषयहरूमा अत्यन्त सजगताका साथ सचेत हुँदै र गम्भीरतापूर्वक ती छलफलहरूमा सहभागी हुँदै आइरहेको छु ।
01:20
Speaker 1
र मलाई विश्वास छ सरकारले आफ्नो सम्पूर्ण समेर थियो लगाउने छ । नागरिकको ज्यान बचाउने कुरा यतिखेर सबैभन्दा महत्त्वपूर्ण कुरा भएको हुनाले म सम्मानित सदनलाई प्रतिबद्धताका साथ बताउन सक्दछु मैले बिहानदेखि अहिलेसम्म गरेका संवादका आधारमा कि सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य सबैभन्दा पहिला नागरिकलाई बचाउनमा लगाउने छ ।
01:47
Speaker 1
म सम्मानित सदनमार्फत सिङ्गो देशलाई यो कुरा जानकारी गराउन चाहन्छु । सरकारले प्रभावित क्षेत्रमा सक्दो सक्रियता देखाएको कुरा यहाँ अन्य महानुभावहरूले माननीय सांसदहरूले पनि व्यक्त गर्नु भएकै छ ।
02:03
Speaker 1
म सबभन्दा पहिला प्रतिपक्षी बेन्चमा बसेर पनि यो आपतमा यो अप्ठ्यारोमा हामी सँगै छौं । सरकारलाई कसरी सघाउनुपर्छ ।
02:14
Speaker 1
हामी यो विपत्तिमा पक्ष प्रतिपक्ष होइन एकै साथ सरकारको साथमा छौं भन्ने जुन एउटा उच्च राजनैतिक संस्कारको प्रदर्शन भयो । म विपक्षी बेन्चलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
02:31
Speaker 1
सम्माननीय सभामुख महोदय यो विपत्को सामना गर्न गर्नु यो अहिलेको कठिन परिस्थितिलाई चाहिँ सम्हालिएर यसलाई सम्हालिएर लिएर जानुको हामीसँग विकल्प छैन । म बाढी प्रभावित रसुवा र धादिङका नदी तटीय क्षेत्रका स्थानीयलाई अझ सुरक्षित रहन थप खेती नहुनेतर्फ सचेत रहन धैरे धारण गर्न र सरकारी संयन्त्रको सम्पर्कमा रहन पनि अपिल गर्दछु ।
02:56
Speaker 1
साथै चितवन नवलपरासीलगायतका जिल्लाका नदी तटीय क्षेत्रमा सावधानी अपनाउन समेत आग्रह पनि गर्न चाहन्छु र म सरकारलाई पर्याप्त सुरक्षा जनशक्ति र सम्भव भएका सबै स्रोत साधन प्रभावित क्षेत्रमा परिचालित गर्न पनि आग्रह गर्न चाहन्छु । सम्माननीय सभामुख महोदय, यो मानवीय सहायताको क्षेत्रमा काम गर्ने विभिन्न निकायहरू हामी कहाँ सक्रिय छन् ।
03:24
Speaker 1
र राजनीतिक दलसम्बन्धी ऐनले पनि व्यवस्था गरेअनुरूप विभिन्न राजनीतिक दलले यस्ता जोखिमहरूमा काम गर्नको निमित्त संयन्त्र बनाउनुपर्ने प्रावधानले गर्दा पनि कैयौं राजनीतिक दलहरूसँग एउटा विशिष्ट संयन्त्र पनि छ । यतिखेर जसरी आज सबै राजनीतिक दलहरूले एकै ठाउँमा उभिनुपर्ने प्रतिबद्धता आएको छ ।
03:49
Speaker 1
म यही संसदको सम्मानित सदनको रोस्ट्रमबाट सबै राजनीतिक दललाई आव्हान र अपिल पनि गर्न चाहन्छु । कि हाम्रो राजनैतिक दलमा भएका राहत उद्धारमा सिद्ध हस्त जानकार तालिम प्राप्त ती सम्पूर्ण साथीहरूलाई एकबद्ध भएर सरकारसँग समन्वय गरी सरकारी निकायसँग स्थानीय प्रशासनसँग समन्वय गरी एक ढिक्का भई राहत उद्धारको खोजी राहत उद्धारको कार्यमा संलग्न रहन र त्यसको एकीकृत खाका बनाएर सँगै कुनै दलको झण्डा लिएर होइन देशको झण्डा लिएर यकै पटक उत्रिनको निमित्त आवहान पनि गर्न चाहन्छु ।
04:32
Speaker 1
सम्माननीय सभामुख महोदय, २०७२ सालको भूकम्पको बेलामा हामीले उच्च राजनीतिक चरित्र प्रदर्शन गरिसकेका छौं । हरेक पटक जब देशमा यस्ता विपत्तिहरू आउँछन् ।
04:43
Speaker 1
त्यतिखेर नेपालले सदैव राजनीतिभन्दा निक्कै माथि उठेर नागरिकको सेवालाई आफ्नो परम धर्म मान्दै अगाडि आएको छ । यसपटक तेही हाम्रो प्रतिबद्धताको आवश्यकता भएको महसुस यो सदनले गरिसकेको परिप्रेक्षमा म फेरि पनि एक पटक
05:00
Speaker 1
सम्पूर्ण राजनीतिक दलहरूलाई यही अपिल गर्न चाहन्छु । र राष्ट्रिय स्वतन्त्र पार्टी संसदको सबैभन्दा ठूलो राजनीतिक दल भएको हुनाले यसमा सबैभन्दा धेरै जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले बहन गर्नुपर्ने कुरा भएको कुरा नेवादितै छ ।
05:14
Speaker 1
त्यसैले सदनको सबैभन्दा ठुलो दल भएको हुनाले सबैभन्दा बढी जिम्मेवार बनेर यस्ता समन्वयमा हामी लाग्ने छौं र आवश्यक पर्दा सर्वदलीय बैठकहरूका मार्फतबाट यस्ता समन्वय कारी कार्यहरू गरी यस विपतबाट मुलुकमा थप खेती हुन नदिनको लागि अगाडि बढ्ने र त्यसको अग्रसरता लिनको निमित्त पनि हामी तयार रहेको कुरा सम्मानित सभामुख महोदयमार्फत सम्मानित सदनलाई म जानकारी गराउन चाहन्छु । सम्माननीय सभामुख महोदय, घटनाको बारेमा धेरै कुरा आइसकेको छ ।
05:49
Speaker 1
आज बिहान यो तीब्र तर्फको माथिल्लो जलाधार क्षेत्रमा हिमपहिरो तथा गिग्रानका कारण नदीको बहाव बहावमा चाहिँ केही समय थियो । अवरुद्ध भई अचानक खुलेपछि रसुवाको भोटेकोसी नदीमा ठूलो बाढी प्रवेश गरेको प्रारम्भिक जानकारी हामीले प्राप्त गरेका छँदै छौं ।
06:04
Speaker 1
जसले चाहिँ यो उच्च जोखिमपछि रसुवा नुवाकोट धान गोरखा, चितवन र नवलपरासरी सम्मका नदिका किनारका बस्तीहरू उच्च सतर्कतामा राखिएको कुरा धेरै माननीयज्यूहरूले यहाँ व्यक्त गरिसक्नु भएको हुनाले म त्यसलाई दोहोर्याउन तिर गइन । तर यो राष्ट्रिय विपद् जोखिम न्यून न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चाहिँ राहत तथा उद्धार कार्यका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत केही रकमहरू पनि छुट्याएर काम अगाडि बढाएको कुरा पनि जानकारी आएको छ ।
06:36
Speaker 1
त्यो बाहेक सबै संयन्त्रहरूलाई चलायमान गराउनुको निमित्त सरकारका तत्त मन्त्रालय मन्त्रालयअन्तर्गतका विशेष गरेर मन्त्रीज्यूहरू आफै पनि सक्रियताका साथ लाग्नुभएको जानकारी प्राप्त भएकै छ । यो विपतमा केही जानकारी राख्नुपर्ने कुरा सबैभन्दा पहिला खोजी र उद्धार र पहिलो पहिलो प्राथमिकता नै हौं ।
06:56
Speaker 1
यो यो खोजी र उद्धारमा प्राथमिकता सरकारले दिओस् । त्यसपछाडि राहतको बेला आउँछ ।
07:02
Speaker 1
र हामी नेपालीहरू एउटा मनकारी मानिसहरू भएको हुनाले हाम्रो स्वभावले आपत विपत पर्दा स्वदेशमा मात्र होइन, विदेशमा समेत रहनुभएका नेपालीहरूले देशलाई के गर्न सकिन्छ । के गर्नुपर्दछ भनेर सबै जागरूकताका साथ मद्दत गर्दै आउनुभएको छ ।
07:18
Speaker 1
नेपाललाई घाउ लाग्दा देशमा घाउ लाग्दा कुनै एक पटक पनि विदेशमा भएका नेपालहरूले मलम पठाउन छुटाउनुभएको छैन । यसपटक पनि उहाँहरूले पक्कै पनि देशका लागि मलमको जोहो गर्नमा मद्दत गर्नुहुने छ भन्ने कुरा म विश्वासका साथ बताउन चाहन्छु ।
07:35
Speaker 1
सम्माननीय सभामुख महोदय , पुनर्स्थापनाको जटिलता आफ्नै ठाउँमा छँदै छ । विगतका विपद्हरूमा हामीले गरेका अभियानहरू अधुरा छँदै छन् ।
07:45
Speaker 1
तिनलाई पुनता दिनुस् त्यो हाम्रो आफ्नो चुनौती छँदै छ । त्यो सँगसँगै अर्को एउटा ठुलो चुनौती हामीमाझ आइपरेको छ ।
07:53
Speaker 1
तर हामी विश्वासका साथ भन्न सक्दछौं कि जुनसुकै चुनौतीलाई पनि सामना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ । र त्यो सामर्थ्य पूरा गरेर हामी आपतमा परेका बिपतमा परेका नागरिकलाई पुनर्स्थापनाका लागि पनि प्रतिबद्ध भएर राज्यका सबै संयन्त्रहरूको परिचालन गरेर अगाडि बढ्ने छौं ।
08:12
Speaker 1
र हामीले सफलता हासिल गर्न सक्ने छौं भन्ने कुरामा म पूर्ण आशा दिइरहेको कुरा सम्मानित सदनलाई स्पष्ट पार्न चाहन्छु । यस बेलामा अपुष्ट समाचारहरू सम्प्रेषण गर्ने र विभिन्न आर्टिफिसियल इन्टेलिजेन्सका फोटो, भिडियोहरू हालेर थप आक्रान्त बनाउने काम जिम्मेवार नागरिकहरूबाट हुने छैन भन्ने कुरा पनि म यही सदनबाट अपिल अपिल पनि गर्न चाहन्छु ।
08:35
Speaker 1
सँगसँगै केही बेर अगाडि स्वास्थ्य मन्त्रीज्यूसँगको मेरो छलफलअनुसार अस्पतालहरू तैनात भएर बसेका छन् । त्यहाँ स्वास्थ्यकर्मीहरू स्ट्यान्डबाइ अवस्थामा रहनुभएको छ ।
08:46
Speaker 1
जुन सुकै परिस्थितिलाई सामना गर्नको निमित्त २४ घण्टा तयार भएर विभिन्न अस्पतालहरू बेडहरू स्वास्थ्यकर्मीहरू रहनुभएको छ । साथै नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरू स्ट्यान्डबाइ अवस्थामा रहेको कुरा यहाँ जानकारी पनि आइसकेको छ ।
09:03
Speaker 1
सरकारका तर्फबाट पनि अझ यसलाई औपचारिकता प्रदान गर्न यसै सदनमा केही बेरपछि सरकारका सम्भवत गृह मन्त्रीज्यू र उहाँ आफै अझ बढी संवेदनशील भएको हुनाले समय व्यवस्था पनि देखेर गृहमन्त्रीको चुनौतीपूर्ण हुन्छ भन्ने कुरा हामीले महसुस गर्न सकिने कुरा नै हो । नसके सरकारको तर्फबाट के भइरहेको छ ।
09:23
Speaker 1
के काम भयो । के हुँदै छ ।
09:25
Speaker 1
सरकारले कस्तो किसिमको कार्य गरिरहेको छ भन्ने कुरा सम्मानित सदनमार्फत सिङ्गो देशलाई जानकारी गराउनु सरकारको कर्तव्य हो । मलाई विश्वास छ ।
09:33
Speaker 1
केही बेरपछि सरकारले आफ्नो त्यो गहन कर्तव्य निर्वाह गर्ने छ र सम्मानित सदनमार्फत सिङ्गो देशलाई जानकारी गराउने छ । कि यो विपदमा सरकार के गरिरहेको छ ।
09:44
Speaker 1
सरकारका योजना कर्ता छन् । यतिखेर तत्काल के गर्यो दीर्घकालीन रूपमा के कस्ता योजनाहरू सरकारले बनाएको छ ।
09:51
Speaker 1
मलाई विश्वास छ । ती सबै जानकारी सम्मानित सदनलाई सरकारले केही बेरमा दिने छ र आश्वस्त पार्ने छ ।
09:57
Speaker 1
सिङ्गो देशलाई म यसमा विश्वस्त हुन भनि
15:00
Speaker 1
सिक्नुपर्ने र नगर्नुपर्ने गल्तीहरूको लिस्ट सरकारसँग पक्कै पनि छ होला । म विस्वस्त छु ।
15:09
Speaker 1
केही सरकारले यी सबै कुराहरूलाई पक्कै पनि मध्यनजर गर्ने छ । सम्भावित हवाई उद्धारलाई प्राथमिकताका साथ राखिएको कुरा जानकारीमा आएको छ ।
15:17
Speaker 1
आपतकालीन परिचालनका लागि विमानस्थलहरूमा सर्च एन्ड रेस्क्यु तथा इमर्जेन्सी रेस्पोन्स टिम समेत तयार भएको अवस्थामा रहेको जानकारी पनि प्राप्त प्राप्त भएको कुरा म सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु । एकद्वार प्रणालीको विषय मैले अगि उठाइहाले म त्यसमा फेरि जोड लगाउनुपर्ने आवश्यकता ठान्दिन र अहिले जोखिम कायमै रहेको हो कि भन्ने किसिमका सूचनाहरू पनि आइरहेको हुनाले सबै जनालाई अतिरिक्त सतर्कता अपनाउन पनि म यहीँबाट अपिल गर्न चाहन्छु ।
15:47
Speaker 1
सँगसँगै कहिले काहिँ राहत उद्धारमा उद्धारमा लागेका सुरक्षाकर्मीहरू र उद्धारमा सुरक्षाकर्मीहरूलाई सघाउनका लागि अगि भनिए जस्ता विभिन्न राजनैतिक दल अथवा यस्ता सङ्घ संस्थामा गएका मानिसहरूसँग उपयुक्त उपकरणहरू उपयुक्त तालिम नहुँदा उद्धारकर्मीहरू पनि जोखिममा पर्ने निक्कै ठुलो सम्भावना रहन्छ । यस्तो अवस्थामा उद्धारमा गएका साथीहरूले त्यो जोखिम उठाउँदाखेरि आफूलाई खतरामा राखेर भन्दा पनि तालिम प्राप्त उद्धार कर्मीहरूसँग समन्वय गर्दा थप जोखिमबाट बच्न सकिन्छ ।
16:23
Speaker 1
म यो कुरा पनि सम्मानित सदनमार्फत अपिल गर्न चाहन्छु । र कैयौं नागरिकहरू बेपत्ता भएको यो अवस्थामा हामीसँग सम्पूर्ण डाटाहरू प्राप्त भइसकेको अवस्था छैन ।
16:33
Speaker 1
सँगसँगै हाम्रो मुलुकलाई घुम्दा आउनुभएका कैयौं पर्यटकहरू पनि यस्तो अवस्थामा पर्नुभएको छ । म अन्तर्राष्ट्रिय समुदायलाई पनि निर्धक्क हुन अनुरोध गर्न चाहन्छौं कि हामी हाम्रा नागरिकहरूलाई बचाउने मात्र होइन ।
16:45
Speaker 1
हाम्रो देशको हुन्ना आउनुभएका विभिन्न देशका नागरिकहरूको उद्धार राहत र वहाँहरूको ज्यानलाई जोखिम नहोस् र उहाँहरूको पनि उद्धार र उपचार होस् भन्ने कुरामा अत्यन्त सचेत छौं । म यही संसदको रोष्ट्रमबाट अन्तर्राष्ट्रिय समुदायलाई पनि निर्धक्क हुन र सरकारले आफ्नो सामर्थ्य पुर्याएर र आफ्नो सम्पूर्ण सामर्थ्य लगाएर काम कारबाही गर्ने छ भन्ने कुराको पनि म सुनिश्चितता अभिव्यक्त गर्न चाहन्छु ।
17:09
Speaker 1
सम्माननीय सभामुख महोदय , कहिलेकाहीँ अप्ठ्यारो परेका ठाउँमा आपत परेका ठाउँमा बाढी आइरहेको बेलामा पनि थ्यौछाउमा बसेर हेर्ने त्यसलाई छायाङ्कन गर्ने आफ्नो मोबाइलमा त्यस्ता दृष्यहरू कैद गर्ने क्रियाकलापले पनि सुरक्षाकर्मीहरूका लागि चुनौती सृजना गरेको छ । हुन्छ ।
17:30
Speaker 1
म यो सम्मानित सदनबाट ती सम्पूर्ण आम नागरिकहरूलाई अनुरोध गर्न चाहन्छु कि ती दृष्यहरू कैद गर्ने हतारो अथवा त्यो दृष्यको साक्षी कुनै पनि विपद्को साक्षी बस्नका लागि आफ्नै जनलाई जोखिममा राखेर बस्ने कार्यलाई बन्द गर्नुहुन को निमित्त म आम नागरिकलाई अपिल गर्न चाहन्छु । किनभने त्यसरी पनि जोखिम बढेको अवस्था सिर्जना भएको छ र जोखिम अझै पनि बाँकी रहेको कुरा फेरि पनि जोखिममै हामी रहेको त्यस्ता सूचनाहरू पनि आइरहेको हुनाले म त्यसतर्फ पनि सम्बन्धित धेरैलाई म अपिल पनि गर्न चाहन्छु र अन्त्यमा सम्माननीय सभामुख महोदय , राष्ट्रिय स्वतन्त्र पार्टी ले केही बेरपछि आकस्मिक बैठक बसेर राहत कोषका लागि उपलब्ध गराउने रकमको पनि निर्णय गर्ने छ ।
18:23
Speaker 1
साथै रासोपाका सांसदहरूले बेग्ला बेग्लै होइन सामूहिक रूपमा यो आपतमा सरकारलाई कसरी लगाउन सक्छ भन्ने कुरा पनि आज बस्ने बैठकले निर्णय नै गर्छ । म आम नागरिकलाई यहीँबाट अपिल गर्न चाहन्छु ।
18:36
Speaker 1
कि हामी सक्दो साथ सहयोग गर्ने छौं । र सम्मानित सभामुख महोदय कहिलेकाहीँ हामी विपतमा सरकारलाई यो संयन्त्रलाई समीक्षा गर्न हतारो गर्दछौं ।
18:51
Speaker 1
म यसपटक सम्पूर्ण प्रतिपक्षी दलहरूलाई नागरिक समाजलाई र सम्वद्ध सबैलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । कि यसपटकको विपद् अलि बेग्लै किसिमको विपद् छ ।
19:01
Speaker 1
यो विपद् अत्यन्तै कहाली लाग्दो ढङ्गले आएको छ । त्यसकारणले यस विपदलाई समीक्षा गर्ने हतारो नगरिदिनुहुनको निमित्त म हार्दिक अपिल गर्न चाहन्छु ।
19:10
Speaker 1
र म यो विश्वासका साथ भन्न सक्दछु कि सत्तारुट दलको सभापतिको हैसियतले कि सरकारले कुनै पनि कसर बाँकी रहने छैन । राज्यका सम्पूर्ण संयन्त्रहरू नागरिकको जीउधन बचाउनको निमित्त अहो रात्र प्रयोग हुने छन् ।
19:24
Speaker 1
सदुपयोग हुने छन् । तिनको एकएक लेखाजोखा हामी राख्ने नै छौं ।
19:28
Speaker 1
तर नागरिकको ज्यान र नागरिकको जनधन भन्दा ठुलो यतिखेर केही पनि होइन । सरकारले आफ्नो पूर्ण सामर्थ्य प्रस्तुत गर्ने छ ।
19:37
Speaker 1
पूर्ण इमान्दारीका साथ काम गर्ने छ र यस्ता कार्यकर्ता विगतका अनुभवहरूलाई सङ्गाल्ने हिसाबले विभिन्न राजनैतिक दल विभिन्न राजनीतिक दलका तत्तत् समयका विभिन्न नेतागणहरू त्यतिखेर जिम्मेवारी सम्हालेका विभिन्न व्यक्तित्वहरूसँग बिनासङ्कोच सल्लाह सुझाव लिने छ र सामूहिक रूपमा यो बिपतबाट हामी मुक्ति प्राप्त गर्न
20:00
Speaker 1
ने छौं । सबैको सामूहिक प्रयासले हामी आम नागरिकमा यो विश्वास दिलाउन सक्छौं कि चाहे जुनसुकै दल होस् ।
20:07
Speaker 1
साहेद जुनसुकै विचारसँग आवद्ध व्यक्ति होस् । मुलुकलाई आपत पर्दा हामी एकै ठाउँमा उभिन सक्छौं भन्ने कुराको हामीले स्पष्ट सन्देश यहाँ घरभित्र हाम्रा नागरिकलाई मात्र होइन ।
20:18
Speaker 1
संसारलाई दिनुपर्ने छ । संसारलाई भन्नुपर्ने छ ।
20:21
Speaker 1
कि आपत पर्दा नेपालले जे गरेर देखायो । संसारका अन्य देशले पनि त्यस्तै एकेबद्धता आपतमा देखाउन सक्यो भने मात्रै हामी देशका रूपमा संसार चिनिने छौं ।
20:32
Speaker 1
र संसारका सबै देशले देख्ने गरी अन्तर्राष्ट्रिय समुदायले देख्ने गरी हामी त्यो एकै बद्धताको अभ्यास पनि यसपटक गर्ने छौं भन्ने कुरामा म विश्वस्त हुन चाहन्छु । अन्त्यमा सम्माननीय सभामुख महोदय विपत बाजा बजाएर आउँदैन भन्ने कुरा हामीले बुझेकै छौं ।
20:52
Speaker 1
तर पनि कहिलेकाहीँ । प्रविधिको विकास सँगसँगै यस्ता सूचनाहरू प्राप्त हुने गर्दछन् ।
20:58
Speaker 1
हामीले पढ्को मार्नुपर्ने विकासको जुन एउटा बाटो तय गरेका छौं हामीले । त्यो विकासको जुन एउटा हामीले परिकल्पना गरेका छौं ।
21:07
Speaker 1
हामीले परिकल्पना गरेको विकासभित्र विपतको पूर्व सूचना सम्बन्धी जानकारी प्राप्त गर्ने संयन्त्र या प्रविधिको आवश्यकता पहिलो नम्बरमा बस्नुपर्ने आवश्यकता देखिएको छ । हामीले ठुला ठुला भवनहरूलाई विकासको सूचक मानेका हुन सक्दछौं ।
21:29
Speaker 1
ठुला ठुला आइस्प्रसवे यस्ता भौतिक संरचनाहरूलाई विकासको आधार अथवा विकासको सूचक मानेका हुन सक्दछौं । तर एउटै मात्र प्राकृतिक विपतले त्यता संरचनाहरू मिनेटभरमा निमेसभरमै खरानी माटो हुन सक्ने रहेछन् ।
21:49
Speaker 1
त्यसैले विकासको सूचकका रूपमा ठुला ठुला भौतिक संरचना र पूर्वाधारलाई मात्र होइन । विपत्
21:59
Speaker 1
आउँदै छ भन्ने कुरा थाहा पाउने सूचना संयन्त्र प्रविधि संयन्त्रलाई पनि विकासको सूचकको पहिलो नम्बरमा राख्नु आजको आवश्यकता हो । सँगसँगै मलाई विश्वास छ ।
22:12
Speaker 1
सरकारका तर्फबाट सम्पूर्ण जानकारी सिंगो सदनलाई प्राप्त हुने छ । र म फेरि पनि विश्वासका साथ भन्न सक्दछु कि सरकार आफ्नो सम्पूर्ण क्षमता लगाएर नागरिकलाई बचाउने ज्युधनको रक्षा गर्ने कुरामा र सबैभन्दा पहिला खोजी उद्धार त्यसपछि राहत र पुनर्स्थापनाको कार्यमा लागि पर्ने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।
22:31
Speaker 1
समयका लागि आभार व्यक्त गर्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु । नमस्कार ।