00:00
डोलप्रसाद अर्याल
मिनेटभित्र आफ्नो कुरा राख्नुस् ।
00:05
सिता थपलिया
सम्माननीय सभामुख महोदय, आज प्राकृतिक प्रकोपको कारणले देश सोखमा छ । एकदमै गम्भीर अवस्थामा पुगेको छ ।
00:16
सिता थपलिया
रसुवागढीबाट छिरेको बाढी, नुवाकोट रसुवा हुँदै रसुवा नुवाकोट हुँदै धादिङको विभिन्न क्षेत्रमा धेरै भौतिक खेती भएको हामीले प्राप्त गरेका छौं । धादिङमा त्रिशुली त्रिशुली नदी माथि रहेका अधिकांश पक्की पुलहरू अहिले छैनन् र तटिय क्षेत्रमा रहेका घरहरू पनि सबै बगाएका छन् ।
00:41
सिता थपलिया
मानव क्षति अहिलेसम्म त्यस्तो देखिन आएको छैन । तत्काल म सरकारलाई दुहाजोडेर विनम्र अनुरोध के गर्न चाहन्छु भने तत्काल यी क्षेत्रहरूमा उद्धार कार्य पहिला मानव उद्धारको कार्य सम्पन्न गर्न अनुरोध गर्दछु ।
00:56
सिता थपलिया
भर्खरै हामी विपत क्षेत्रका माननीयहरूलाई प्रधानमन्त्रीज्यूले बोलाउनुभएको थियो । त्यहाँ पनि छलफल भएको थियो ।
01:04
सिता थपलिया
उहाँहरूले भन्नुभएको छ । प्रधानमन्त्रीज्यूले तत्काल हामीले केही हेलिकप्टरहरू पठाएका छौं ।
01:09
सिता थपलिया
उद्धार कार्यमा जुटिरहेको छ भन्नुभएको छ । तर पनि विभिन्न ठाउँमा उद्धार कार्य सम्पन्न गर्न सकेको छैन ।
01:17
सिता थपलिया
हेलिकप्टर बस्न सकेका छैन । मान्छेहरू हारगुवार गरिरहेका छन् ।
01:21
सिता थपलिया
बचाउ बचाउ भनिरहेको अहिले बखर एउटा त्यो रसुवामा देख्न सकिन्छ । भिडियो यहाँहरूले पनि हेर्न सक्नुहुने छ ।
01:28
सिता थपलिया
यसलाई तीब्र गतिमा राहत भन्दा पनि पहिला उद्धार गरेर राहतका प्याकेजहरू लेराउन जरुरी छ । अहिले राष्ट्रिय विपत् सरकारले तत्काल घोषणा गरियोस् ।
01:38
सिता थपलिया
अहिले हाम्रो धादिङ क्षेत्रमा चाहिँ मानवीय क्षति हुन नसकेको कारण चाहिँ नभएको कारण चाहिँ त्यहाँ चाहिँ गाडीहरूको पठाउन रोकिएका थियो । त्यसकारणले हो र अहिले के उद्धार कार्यमा जुन प्रहरी प्रशासनहरू अलिकति कङ्ग उपस्थिति भएकोले यहाँ आर्मी प्रशासनहरूलाई चाहिँ यहाँहरूले रुलिङ गरेर धादिङ, रसुवा नुवाकोटमा तत्काल अलिकति बढाएर पठाउनुहुन अनुरोध गर्दछु ।
02:03
सिता थपलिया
न्यून सङ्ख्यामा उहाँहरू हुनुहुन्छ । र अर्को कुरा हाम्रो धादिङ जिल्लाबाट गोसाइकुण्ड गएको बस पेट बेत्रावती पुगेको जानकारी आएको थियो ।
02:14
सिता थपलिया
त्यसपछि उक्त बस आजसम्म अहिलेसम्म सम्पर्कमा छैन । यदि रसुवाका काहीँ नुवाकोटका कसैले बस देख्नुभएको छ भने जानकारी गराइदिनुहुन अनुरोध पनि गर्दछु ।
02:25
सिता थपलिया
वास्तवमा भनि हुने नागरिक जीवन पहिलो सरकारको नागरिक जीवनको रक्षा गर्नु सरकारको पहिलो दायित्व हो । यो दायित्व जुट्न हामी सबैजना एकजुट भएर लाग्यौं भने मात्रै सम्भव छ ।
02:37
सिता थपलिया
यसलाई तुरुन्त विपदको व्यवस्थापन गर्न अनुरोध गर्दछु । गृह मन्त्रीसँग नै पारमा कुराकानी भइरहेको छ ।
02:46
सिता थपलिया
हेलिकप्टरको लागि उहाँले पनि सक्दो प्रयास गरिरहेको छु भन्नुभएको छ । यो विपतको बेलामा हामी सबै एकजुट भएर काम गर्न सक्यौं भने सम्भव छ ।
02:57
सिता थपलिया
मन कामिरहेको छ । एकदमै दुःख लागिरहेको छ ।
03:01
सिता थपलिया
कुरा बोल्न धेरै आइरहेको पनि छैन । धन्यवाद ।
03:04
सिता थपलिया
जय नेपाल ।