00:00
डोलप्रसाद अर्याल
कबिन्द्र बुर्लाकोटी ५ मिनेटमा आफ्नो कुरा राख्नुस् ।
00:13
कविन्द्र बुर्लाकोटी
सम्माननीय सभामुख महोदय, आज बिहान करिब ५ बजे चीनको चिनबाट रसुवा हुँदै आएको भोटोकसी नदीमा आएको विषम बाढीले हामी एउटा चोकमै छौं । यो राष्ट्रिय विपत्ति हो र यसबाट हामी सबै को एउटा मुटु हल्लिने घटना हाम्रो सामो भइराखेको छ ।
00:40
कविन्द्र बुर्लाकोटी
यो बाढी अझै कहाँसम्म पुग्ने हो र कति क्षति हुने हो । यो क्षतिको विवरण हाम्रो अझै हातमा आइसकेको छैन ।
00:49
कविन्द्र बुर्लाकोटी
हामी कसरी जाने हो र सरकार पनि एक प्रकारको आफ्नो तयारीमा छ । यति हुँदा हुँदै पनि हामी सबैजना अन्योलमै छ जस्तो देखिन्छ ।
00:58
कविन्द्र बुर्लाकोटी
हामी प्रभावित क्षेत्रका सांसदहरू त्यो जिल्ला जाने कुरा त्यहाँ गएर विपदमा उद्धारको लागि सहभागी हुने कुरा पनि हाम्रो सामो छ । हामी यसमा छलफलहरू गरिराखेका छौं ।
01:13
कविन्द्र बुर्लाकोटी
हजारौं नागरिक बेपत्ता भएको सूचना छ । विपदबाट लाखौं प्रभावित भएका छन् ।
01:19
कविन्द्र बुर्लाकोटी
गोरखा जिल्लाबाट गोसाइकुण्ड यात्रामा रहेका २ ओटा माइक्रो बस र एउटा बसमध्ये ३६ जना रहेको एउटा बस बाढीमा परेको सूचना छ । त्यसमा ज्यान गुमाउने हरू पनि कयौं हुनुहुन्छ भन्ने मैले सूचना पाएको छु ।
01:35
कविन्द्र बुर्लाकोटी
एकदमै दुःख अवस्था छ । त्यस्तै दोलखाबाट अन्य जिल्लाबाट रसुवामा काम गर्न गएका थुप्रै मानिसहरू यो विपदमा पर्नुभएको सूचना प्राप्त भएको छ ।
01:47
कविन्द्र बुर्लाकोटी
एउटा यो कहाली लाग्दो घटनागर्दै गर्दाखेरि हामी कसरी यसमा साथसाथै जोडिन सक्छौं भन्ने कुरा हामी सबैलाई चिन्ताले छाएको छ । बाढीले खरबभन्दा बढीको क्षति पुर्याएको छ ।
02:02
कविन्द्र बुर्लाकोटी
यस क्षेत्रमा जलविद्युत् आयोजना, जलविद्युत् केन्द्रहरू पूर्ण रूपमा क्षति भएका छन् । रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासी पश्चिमलाई क्षति पुर्याएको यस बाढीले सुरक्षा निकायका पूर्वाधारहरू विद्यालय बस्ती बजार पुल पुलेसा पूर्ण क्षति पुर्याएको रेकर्डहरू आउन थालेका छन् ।
02:24
कविन्द्र बुर्लाकोटी
यो कल्पनाभन्दा माथि कल्पनाभन्दा बाहिरको क्षति हो । विपद् हो र यो क्षति बेहोर्न बेहोर्ने परिवारप्रति राज्य र हामी पूरै संसद यहाँहरूको साथमा छौं भन्ने सन्देश दिन चाहन्छु ।
02:37
कविन्द्र बुर्लाकोटी
विपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित र घाइतेहरूको तीब्र उद्धार स्वास्थ्य सेवा प्रवाह गर्न राहतको लागि तयारीको लागि सरकारलाई म अनुरोध गर्न चाहन्छु र सूचना सूचना प्राप्त भएका क्षेत्रमा उद्धारको लागि हेलिकप्टरहरू तैनाथ गरिएका छन् । केही ठाउँमा उद्धारहरू पनि भइराखेको सूचना प्राप्त भएको छ ।
02:59
कविन्द्र बुर्लाकोटी
यसमा थप सशक्त भई नागरिक सेवाका लागि सरकारलाई म अनुरोध गर्न चाहन्छु । सरकार सबै नागरिक राजनीतिक दल सबै सरकारी निकायहरू सङ्घ संस्था पूर्वसैनिक प्रहरी मिलेर राहत उद्धारमा लागौं ।
03:13
कविन्द्र बुर्लाकोटी
यो विषम परिस्थितिमा मित्र राष्ट्रहरू समेतको सहयोग लिएर दीर्घकालीन रणनीतिमा हामी लाग्नुपर्छ । राष्ट्रिय विपत् कोष परिचालन गरौं र विशेष गरी आवश्यकता र औचित्य देखिएमा राष्ट्रिय विपद् घोषणा पनि गर्न आवश्यक छ भने त्यो पनि गरेर हामी जानुपर्छ र यो विपद्को गढीमा हामी सबैजना विपदमा विपद् व्यवस्थापनमा जुटौं ।
03:38
कविन्द्र बुर्लाकोटी
म सबैलाई धैर्य धारण गरेर विपदमा जुट्न र आवश्यकताअनुसार परिचालन हुन अनुरोध गर्न चाहन्छु । धन्यवाद ।