00:00
डोलप्रसाद अर्याल
समय ५ मिनेट सम्माननीय सभामुख महोदय, आज सिङ्गो देश शोकमा डुबेको छ । हाम्रा गला अवरुद्ध भएका छन् ।
00:20
डोलप्रसाद अर्याल
निशब्द भए पुगेका छौं । सिङ्गो संसदले शोक प्रकट गरेको छ ।
00:27
डोलप्रसाद अर्याल
आज मात्रै तिब्वतको जीवन क्षेत्रबाट आएको बाढीले पटेरवाको भोटेकोशी हुँदै नुवाकोट धादिङबाट चितवनै अगाडि बढेको छ र यसले ठुलो धनजनको क्षति गरेको छ । धेरै ठुलो विस्फोटनजन्य बाढीले भयानक डरलाग्दो र अकल्पनीय ढङ्गले अगाडि बढ्यो र ठुलो धनजनको नेपाली हामीले कहिले पनि नसोचेको कल्पना नगरेको ढङ्गले बाढी आएको छ र त्यसले त्यही किसिमले क्षति पुर्याएको छ ।
00:56
डोलप्रसाद अर्याल
म असाध्यै दुःख व्यक्त गर्न चाहन्छु । म स्तब्ध भएको छु ।
01:01
डोलप्रसाद अर्याल
म मर्माहत भएको छु । र नेकपा एमालेको तर्फबाट त्यो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त यो चाहिँ विस्फोटनजन्य बाढीमा ज्यान गुमाउनुहुने धेरै ८ हजारभन्दा बढी मान्छेहरू बेपत्ता भएको २० भन्दा बढी मान्छेले अहिले पनि उद्धारका लागि गुहारिरहेको खबर आएका छन् ।
01:24
डोलप्रसाद अर्याल
बडो कहाली लाग्दो अवस्था छ । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु र ती र ७ जना ७ जना मान्छे चाहिँ तीनजना नुवाकोटमा र धारिङमा ४ जना मानिसको चाहिँ सप फेला परेको प्रहरीले चाहिँ सफला पारेको खबर प्राप्त भएको छ ।
01:40
डोलप्रसाद अर्याल
म मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु ।
01:45
डोलप्रसाद अर्याल
प्रकट गर्न चाहन्छु र धेरै ठुलो चाहिँ मानवीय क्षति हुने त्यो सम्भावना छ । त्यसैले चाहिँ म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
01:55
डोलप्रसाद अर्याल
यस्तो खालको प्राकृतिक प्रकोप विपदमा सरकारले चाहिँ एउटा सही ढङ्गले यसको अगुवाइ गरोस् । नेतृत्व लियोस् र यो चाहिँ अवस्थामा म सरकारलाई मेरो पाँचओटा प्रस्ताव म सरकारसँग राख्न चाहन्छु ।
02:09
डोलप्रसाद अर्याल
यो अवस्थामा । पहिलो कुरा तत्काल चाहिँ युद्धस्तरमा युद्धस्तरमा राहत तथा उद्धारको र स्वास्थ्य उपचारको घाइतेहरूको स्वास्थ्य उपचारको प्रक्रिया अगाडि बढाइयोस् ।
02:18
डोलप्रसाद अर्याल
म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । दोस्रो कुरा चाहिँ जो धनजनको क्षति भएको छ ।
02:23
डोलप्रसाद अर्याल
मैले अगि पनि भने धेरै मानिसहरू बेपत्ता भएका छन् । अहिले पनि उद्धारमा चाहिँ खटिनुपर्ने स्थिति छ भने अब धेरै मान्छेहरू घाइते भएका छन् ।
02:31
डोलप्रसाद अर्याल
धेरै ठुलो धनजनको क्षति भएको छ । यो धनजनको चाहिँ यथार्थ चाहिँ मूल्याङ्कन गरीकन यथार्थ रिपोर्ट वास्तविकता बाहिर ल्याओस् र यो चाहिँ बाढी कसरी आयो ।
02:39
डोलप्रसाद अर्याल
अगि पूर्ववक्ता माननीयले भन्नु त्यो बाढी कसरी आयो । चीनले जानकारी दिए कि दिएन ।
02:43
डोलप्रसाद अर्याल
यसमा पूर्व चाहिँ तयारी किन भएन भन्ने कुराको पनि सरकारले यथार्थ जानकारी गराओस् । म त्यो सरकारलाई अनुरोध गर्न चाहन्छु ।
02:49
डोलप्रसाद अर्याल
प्रस्ताव गर्न चाहन्छु । तेस्रो कुरा चाहिँ यो राहत तथा उद्धारका लागि राहत तथा उद्धारका लागि चाहिँ सरकारले आफूले पनि सशक्त ढङ्गले अगाडि बढोस् भने राष्ट्रिय रूपमा सबैलाई आह्वान गरोस् ।
03:00
डोलप्रसाद अर्याल
राजनीतिक दलहरू, मानव अधिकारी विभिन्न मानव अधिकार कर्ने, विभिन्न चाहिँ सङ्घ सङ्गठनहरू विभिन्न खालको चाहिँ नागरिक समाज लगायतका बन्न भातृ सङ्गठनहरू सिङ्गो राष्ट्रलाई चाहिँ आवान गरोस् उद्धार तथा टनका लागि । त्यो सरकारले त्यो वातावरण निर्माण गरोस् ।
03:13
डोलप्रसाद अर्याल
त्यो खालले सरकार अगाडि बढोस् । म त्यो अनुरोध गर्न चाहन्छु र म तिो धनजनको क्षति भएका चाहिँ नागरिकहरूलाई ती नुवाकोटबासी रसुवाबासी धारिङबासी तह हाम्रो आमा बुवा दिदीबैनी दाजुहरूलाई यसको धेरै ठुलो धनजनको क्षति भएको छ ।
03:26
डोलप्रसाद अर्याल
त्यो पीडितहरूलाई चाहिँ छिटो क्षतिपूर्तिको पनि व्यवस्था गरोस् । म त्यो भन्न चाहन्छु ।
03:31
डोलप्रसाद अर्याल
र अर्को कुरा चाहिँ छिटो चाहिँ आवागमन जनजीवन थप्प छ । आवागमन थप्प छ ।
03:35
डोलप्रसाद अर्याल
एकदम ठुलो निकालको अवस्था छ । यस्तो अवस्थामा चाहिँ पुनर्निर्माण र पुनर्स्थापनाको लागि सरकारले छिटोभन्दा छिटो आफ्नो चाहिँ पहल कदमी लियोस् अगाडि बढाओस् ।
03:44
डोलप्रसाद अर्याल
म त्यो भन्न चाहन्छु र अन्तिममा म सम्माननीय सभामुखज्यूलाई पनि अनुरोध गर्न चाहन्छु । सिङ्गो सदन पनि यो स्रोत प्रकट गरेको छ ।
03:50
डोलप्रसाद अर्याल
हामीले यो सदनले एउटा शोक तथा समवेदना प्रस्ताव पनि यो सदनले पारित गरोस् । म यो कुरा अनुरोध गर्न चाहन्छु ।
03:56
डोलप्रसाद अर्याल
म यो कुरा सम्माननीय सभामुखमार्फत अनुरोध गर्न चाहन्छु । म त्यही भन्न चाहन्छु ।
04:01
डोलप्रसाद अर्याल
र यस्तो बेलामा यस्तो बेलामा पूर्ववक्ता माननीयज्यूहरूले पनि भन्नुभो यतिखेर सत्तापक्ष प्रतिपक्ष अथवा यसको सरकारको सरकार भने । सरकारले त्यो वातावरण बनाउनुपर्छ ।
04:09
डोलप्रसाद अर्याल
त्यो अगुवाइ गर्नुपर्छ । सिङ्गो देश एक ठाउँमा पिनुपर्छ ।
04:12
डोलप्रसाद अर्याल
सिङ्गो देशले यो विपत्तिको यो सोकको सामना गर्नुपर्दछ । त्यसका लागि नेकपाएमाले तयार छ ।
04:18
डोलप्रसाद अर्याल
म यो सदनमार्फत जानकारी गराउन चाहन्छु । नेकपा मालेको आज मात्रै आपतकालीन बैठक बस्दै छ र नेकपाएमालेका धेरै साथीहरू धेरै कार्यकर्ताहरू चाहिँ घटनास्थलतिर त्यो नै सङ्कटग्रस्त क्षेत्रतिर गइसकेको कुरा पनि म जानकारी गराउन चाहन्छु र हाम्रो सिङ्गो देश नुवाकोटबासी धारिङबासी, चितवनबासी र स्वाबासी आमा पुगा दिदीबहिनीहरूका पक्षमा उभिएको छ ।
04:39
डोलप्रसाद अर्याल
उहाँहरूको सोकमा हामी ऐकबद्धता छौं । हामी ऐकबद्धता प्रकट गर्न चाहन्छु र यो शोकलाई सामना गर्नका लागि हामीले राष्ट्रिय रूपमा एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।
04:48
डोलप्रसाद अर्याल
पर्दछ । म त्यसका लागि पनि आह्वान गर्न चाहन्छु र सँगसँगै राष्ट्रिय रूपमा एकताबद्ध भयो र छिमेकी देशहरूसँग पनि सहयोग लिएर छिटोभन्दा छिटो ।
04:55
डोलप्रसाद अर्याल
यो यो सोबाट सोगबाट देशलाई अगाडि बढाउनुपर्दछ र एउटा राष्ट्रिय विपत पनि घोषणा तत्काल गरोस् सरकार
05:00
ऐनबहादुर महर
म यो पनि माग गर्न चाहन्छु र मेरो भनाइ अन्त्य गर्छु । धन्यवाद ।
05:03
ऐनबहादुर महर
नमस्कार ।