00:00
डोलप्रसाद अर्याल
दुलाल ५ मिनेटभित्र आफ्नो कुरा
00:08
युवराज दुलाल
राख्न सम्माननीय सभामुख महोदय, आज बिहान रसुवा हुँदै बग्ने भोटेकोशी, त्रिशुली नदीमा आएको अकल्पनीय बाढीले पुर्याएको जनधनको अकल्पनीय क्षतिको बारेमा हामी सबैलाई थाहा छ । ज्ञात भएको छ ।
00:24
युवराज दुलाल
थोरै कुरा र सिङ्गो देश आज फेरि दुःखमा परेको छ । यस छेड म नेपाली कम्युनिष्ट पार्टी दलको तर्फबाट यो घटनाप्रति दुःख व्यक्त गर्न चाहन्छु ।
00:35
युवराज दुलाल
घटनामा जीवन गुमाइसकेको पनि खबर प्राप्त भएको छ । जीवन गुमाउने सबै महानुभावहरूप्रति दलको तर्फबाट हार्दिक श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु ।
00:44
युवराज दुलाल
पीडित परिवारप्रति समवेदना व्यक्त गर्न चाहन्छु । धेरै नागरिकहरू सम्पर्क विहिन हुनुभएको छ ।
00:51
युवराज दुलाल
वहाँहरूको शीघ्र खोजी र उद्धारको लागि सबै पक्षलाई सरकार र सबै पक्षलाई आग्रह गर्न चाहन्छु । र सम्पर्कमा हुनुभएका तर उद्धारको पर्खाइमा रहनुभएका सबै नागरिकलाई राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गरेर उद्धार गर्नको लागि र सुरक्षित ठाउँमा स्थान्तरण गर्नको लागि आह्वान गर्न चाहन्छु ।
01:12
युवराज दुलाल
सरकारले आफ्नो कार्य त सुरुवात गरेको छ । तर सूचनाहरू अनुसार निजी क्षेत्रका हेलिकप्टरहरू सरकारले नै कन्ट्रोल गरेको छ ।
01:20
युवराज दुलाल
निजी क्षेत्रले अहिले लान पाएको छैन । सिन्धुपालचोकका थुप्रै नाकामा काम गर्न गएका व्यक्तिहरू अहिले सम्पर्कमा भएका व्यक्तिहरूले उद्धार खोजी राख्नुभएको छ ।
01:30
युवराज दुलाल
अन्य जिल्लाकाले पनि खोजी राख्नुभएको छ । तर सम्बन्धित ठाउँमा हेलिकप्टर नपुगेको र निजी क्षेत्रले हेलिकप्टर लान नपाएको भन्ने सूचना पनि हामीले प्राप्त गरेका छौं ।
01:38
युवराज दुलाल
त्यसकारणले सरकारले केही सबै निजी हेलिकप्टरहरूलाई उद्धारमा प्रयोग गरोस् कि उद्धारकै लागि मात्रै निजी क्षेत्रलाई प्रयोग गर्न सक्ने एउटा वातावरण सरकारले सृजना गरोस् भन्ने आह्वान गर्न चाहन्छु । र सबैभन्दा ठुलो कुरा यो राष्ट्रिय विपत हो सरकारले रसुवा नुवाकोट धादिङलाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको खबर प्राप्त भएको छ ।
01:59
युवराज दुलाल
सरकारलाई धन्यवाद धन्यवाद दिन चाहन्छु । र यो विपतमा हामी कोही पक्ष प्रतिपक्ष छैनौं ।
02:04
युवराज दुलाल
हाम्रो दलको धारणा स्पष्टै आज बिहानै हाम्रो दलका नेता एवम् पार्टीका संयोजक कम्युनिट पुष्प कमल दाहाल प्रचण्डले आह्वान गरिसक्नुभएको छ । हामी सरकारका साथमा छौं ।
02:14
युवराज दुलाल
सिङ्गो पार्टी पङ्तिलाई परिचालित हुनको लागि घटनास्थलमा परिचालित भएर राहत उद्धार र पुनःस्थापनाको कार्यमा परिचालित हुनको लागि आह्वान गरिसक्नुभएको छ । म यो सम्मानित सदनमार्फत सरकारलाई आह्वान गर्न चाहन्छु ।
02:28
युवराज दुलाल
सरकारको साथमा हामी सबै छौं । सबै मिलेर यो विपत्तिको सामना गरौं र सबैभन्दा ठूलो कुरा भनेको अहिले उद्धारको पर्खाइमा रहेका आम नागरिकलाई हामीले खोज तलास गरेर छिटोभन्दा छिटो सुरक्षित स्थानमा ल्याउने वहाँहरूको सम्पूर्ण उपचार र अन्य सेवाहरू सरकारका तर्फबाट निशुल्क गर्ने प्रबन्ध हामीले मेला र सँगसँगै जति पनि हाम्रा राष्ट्रिय राजमार्गहरूमा अहिले यातायातका बन्द बन्द भएको भएको छ छ ।
02:56
युवराज दुलाल
विद्युत् विद्युत् प्रसारण बन्द भएको छ र केही समयमा सूचना सञ्चार पनि फोनहरू मोबाइलहरू अफ हुने स्थितिमा रसुवा पुगिसकेको समाचारहरू प्राप्त भएको छ र तत्काल सरकारले हेलिकप्टरमार्फत रसुवा, नुवाकोट, धादीनलगायतका प्रभावित क्षेत्रहरूलाई सञ्चारमा जीवन्त राख्ने गरी सरकारले व्यवस्था गर्नको लागि पनि म आह्वान गर्न चाहन्छु र सँगै हामीले शीघ्र पुनर्स्थापना युद्धस्तरमा पुनर्स्थापना गरी नागरिकहरूलाई राज्य र हामी सबै जिम्मेवार नागरिकहरू भएको प्रत्याभूति दिने गरी वहाँहरूको पुनर्स्थापनामा हामी सबै लागौं र सरकारले यसको नेपाल सरकार, बागमती प्रदेश सरकार र सम्बन्धित स्थानीय तहका सरकारहरू सबैले यसको नेतृत्वदायी भूमिका निर्वाह गरोस् र सबै राजनीतिक दलहरू, संघ संस्था र आम नागरिकहरू हामी तपाईंहरूकै साथमा रहेर अगाडि बढ्नको लागि पनि म आह्वान गर्न चाहन्छु र अन्त्यमा समीक्षा त हामी पछाडि गरौंला तर क्रसबोर्डर सूचना प्रवाहको अवस्था के भयो र सँगै हामीले यो अर्ली वार्निङ सिस्टम रसुवा मात्रै होइन । उत्तरी छिमेकीसँग नाका जोडिएका र अधिकांश भोटबाट आउने नदीहरूले नेपालमा क्षति पुर्याइ राखेकै छ ।
04:07
युवराज दुलाल
३ वर्ष ५ वर्ष अगाडि सिन्धुपाल्चोक मेलम्चीमा आएको बाढी पनि कल पनि नै थियो र त्यतिबेला हामीले यस्तो कैले आएको थिएन भनेका थियौं । आज रसुवामा त्यसै गरी त्योभन्दा ठुलो कल पनि बाढी आएको छ ।
04:18
युवराज दुलाल
भोलि अरू ठाउँमा पनि आउन सक्छ । त्यसकारणले उत्तर र दक्षिण बग्ने भोटबाट आउने नदीहरूमा अर्ली वार्निङ सिस्टम राख्न क्रस बोर्डर सूचना प्रवाह गर्नको लागि लिनुपर्ने पहलकदमी सरकारले लियोस् भन्ने पनि म आवान गर्न चाहन्छु र अन्त्यमा सबै सुरक्षित रहौं ।
04:36
युवराज दुलाल
हामी एकजुट भएर उद्धार राहत र मानवीय सेवामा जुटौं भन्ने आवान गर्दै आफ्नो भनाइ टुङ्ग्याउँछु । धन्यवाद ।