00:00
डोलप्रसाद अर्याल
माननीय सदस्य खुस्बु ओली ५ मिनेटभित्र आफ्नो भनाइ राख्नुहोला ।
00:06
खुस्बु ओली
सम्माननीय सभामुख महोदय रसुवामा हालै आएको बाढीले सृजना गरेको विनाशको दृष्य अत्यन्तै पीडादायी र भयावह छ । त्यस रोकमा डुबिएको छ ।
00:17
खुस्बु ओली
प्रारम्भिक दृष्य र परिस्थितिले यो हिमताल विस्फोटबाट उत्पन्न बाढी ग्लेसियल लेख आउटब्रस्ट हुन सक्ने आशङ्का छ । यद्यपि यसको यथार्थ कारण विस्तारै थाहा नै होला ।
00:28
खुस्बु ओली
तर एउटा कुरा स्पष्ट छ । यो एउटा प्राकृतिक घटना मात्रै होइन ।
00:32
खुस्बु ओली
यो एउटा राष्ट्रिय राष्ट्रिय स्वरूप देखिएको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमतालको जोखिम बढिरहेको छ ।
00:40
खुस्बु ओली
हिमालमा हुने तीव्र तापका वृद्धि हिम नदी तथा हिमतालमा देखिएका परिवर्तनले नेपालजस्ता पर्वतीय र विकासशील मुलुकलाई अझ बढी जोखिममा पारेको छ । अझ महत्त्वपूर्ण कुरा के हो भने जलवायु परिवर्तन सृजना गर्ने गर्न नेपालको योगदान नगण्य छ ।
00:57
खुस्बु ओली
तर यसको असर हामीले भोगिरहेको छौं । हिमतालको जोखिम बाढी पहिरो हिम पहिरो कृषि र पूर्वाधारमा क्षति र अन्तत मानव यो जीवनको क्षति ।
01:06
खुस्बु ओली
त्यसैले सम्माननीय सभामुख महोदय जललवायु परिवर्तनको मूल्य सबैभन्दा कम जिम्मेवार देश र समुदायले चुकाउनुपर् यथार्थको हामी माझ छ । नेपाल जस्ता विकासशील तथा पर्वतीय मुलुकले भोगिरहेको जलवायुजन्य क्षतिको न्यायपूर्ण सम्बोधन कसरी हुन सक्छ ।
01:23
खुस्बु ओली
आज हामीले राहत र उद्धारको कुरा गरेर मात्र पुग्दैन । अब प्रश्न पूर्वसूचना प्रणालीको पनि हो ।
01:29
खुस्बु ओली
जोखिमयुक्त हिमतालको नियमित अनुगमनको पनि हो । जलवायु प्रतिरोधी पूर्वाधार निर्माणको हो ।
01:35
खुस्बु ओली
जोखिममा रहेका बस्तीहरूको पूर्वतयारी र सुरक्षित स्थानान्तरणको हो । र सबैभन्दा महत्त्वपूर्ण राज्यको जलवायु कूटनीतिको पनि हो ।
01:43
खुस्बु ओली
यस्ता विपद् अब एक देशको सीमाभित्र सीमित रहने विषय पनि होइनन् । हिमालय एउटा सासा परिस्थिति प्रणाली हो ।
01:51
खुस्बु ओली
त्यसैले यसको जोखिम व्यवस्थापनमा राष्ट्रिय समन्वय मात्र पर्याप्त हुँदैन । क्षेत्रीय र विश्वव्यापी सहकार्यमा नेपाल र नेपाल जस्ता मुलुकहरूले भूमिका खेल्नुपर्ने हुन्छ ।
02:01
खुस्बु ओली
म सरकारसँग निवेदन गर्न चाहन्छु । नेपालको जलवायु कूटनीति प्रभावकारी बनाउँ ।
02:06
खुस्बु ओली
हामीले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु जोखिम र जलवायु न्यायका कुरा गरिराखेका छौं । तर त्यसको प्रतिफल नेपालले पर्याप्त रूपमा प्राप्त गरिरहेको छैन ।
02:15
खुस्बु ओली
हामीले जलवायु वित्त अनुकूलन सहयोग, पूर्व सूचना प्रविधि र विपद जोखिममा न्यूनीकरणका लागि आवश्यक अन्तर्राष्ट्रिय स्रोत सुनिश्चित गर्न सक्नुपर्छ । हामीले विश्वलाई एउटा स्पष्ट सन्देश दिनुपर्छ ।
02:27
खुस्बु ओली
नेपाल जलवायु सङ्कटको सृजना कर्ता होइन । तर यसको अग्र पङ्तिमा उभिएको एउटा पीडित राष्ट्र हो ।
02:34
खुस्बु ओली
त्यस्तैले रसुवाको यो त्रास दिलाई एउटा बाढीको घटनाको रूपमा मात्र हेरेर हुँदैन । यसलाई नेपालको जलवायु सुरक्षा हिमाली जोखिम र जलवायु न्यायको राष्ट्रिय एजेण्डा नेपालले बनाउनुपर्दछ ।
02:45
खुस्बु ओली
आजको हाम्रो जिम्मेवारी राहत र उद्धारमा त छँदै छ । अझ महत्त्वपूर्ण भोलिको विपत रोक्न आझै पूर्वतयारी गर्न हामीले अन्तर्राष्ट्रिय समुदायलाई भन्नुपर्छ ।
02:55
खुस्बु ओली
जलवायु परिवर्तनको जोखिम साझा हो भने त्यसको जिम्मेवारी र लागत पनि न्यायपूर्ण रूपमा साझा हुनुपर्छ । यस विनाशकारी बाढीमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
03:10
खुस्बु ओली
शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । बेपत्ता भएकाहरूको सकुशल खोजीको काम तीव्र रूपमा अगि बढोस् भन्ने अग्र अपेक्षा गर्दछु ।
03:19
खुस्बु ओली
यस विपद्बाट प्रभावित सम्पूर्ण नागरिकले सरकारबाट तत्काल र पर्याप्त राहत प्राप्त गरुन् । साथै समाजका हरेक वर्ग क्षेत्र र समुदायबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा आवश्यक सहयोग जुटाउन हामी सबै लागि पर्न पनि अपिल गर्दछु ।
03:35
खुस्बु ओली
यस दुःखद र कठिन घडीमा यो सदन प्रभावित नागरिकहरू सँगै छ । यो सदन सरकारसँग पनि पूर्ण रूपमा दृढतापूर्वक र एकताबद्ध भएर उभिएको छ ।
03:44
खुस्बु ओली
यस्तै बेला हामीलाई प्रहरी र सेनाको महत्त्व पनि हाम्रो रसुरक्षा निकायको महत्त्व पनि थाहा हुन्छ । यस्तो अवस्थामा आफ्नै जीवनको जोखिम लिएर अहिले उद्धारमा खटिराख्नु पएको सम्पूर्ण सुरक्षा निकायप्रति धन्यवाद व्यक्त गर्न पनि चाहन्छु र साथै एउटा तीतो अनुभव पनि राख्न चाहन्छु ।
04:05
खुस्बु ओली
जाजरकोट भूकम्प जाँदाखेरि नेताहरूको चाहिँ हेलिकप्टरमा एउटा प्रतिस्पर्धा नै थियो । को पहिला त्यहाँ पुग्ने भनेर तर आजसम्म जाजरकोटले त्यहाँ राहत पाएको छैन ।
04:16
खुस्बु ओली
त्यस्तो त्यस्तो त्रास दिए त्यस्तो अवस्था अहिले बाढी प्रभावित क्षेत्रका नागरिकहरूले भोग्नु नपरोस् । भगवान श्री पशुपतिनाथले यो देश र यो देशको जनताको रक्षा गरुन् ।