00:02
डोलप्रसाद अर्याल
३ मिनेटभित्र मा आफ्नो भनाइ राख्नुहोला ।
00:13
डा. तोसीमा कार्की
सम्माननीय सभामुख महोदय, समयको लागि धन्यवाद । आज भोटेकोसीमा गएको बाढीले आसपासका जिल्लाहरू प्रभावित भएका छन् ।
00:22
डा. तोसीमा कार्की
मानवीय क्षतिको आकलन निकै ठुलो छ । डाटा आइसकेको छैन ।
00:28
डा. तोसीमा कार्की
यद्यपि यो संसदमा अहिले कुरा नउठेको विषय म राख्न चाहन्छु । उद्धार भएपछि आकस्मिक उपचार चाहिन्छ ।
00:35
डा. तोसीमा कार्की
आकस्मिक उपचारबाट वञ्चित भयो भने एक त अस्पतालसम्म पुर्याउने गारो हुन्छ । विपदमा भएको व्यक्तिलाई र पुगी हालेको खण्डमा अस्पतालमा पुगिसकेको व्यक्ति उपचार नपाएर लाइनमा बस्नुपरेर मर्नुपर्यो भने त्यो भन्दा ठूलो पीडा अरू केही नहोला ।
00:52
डा. तोसीमा कार्की
त्यसैले म केही अनुरोध गर्न चाहन्छु । हामीले सरकारका सम्पूर्ण स्वास्थ्य संयन्त्रहरूलाई समन्वयमा राखेर निजी तथा सरकारी अस्पताल तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरूको समन्वयमा केही कामहरू गर्नै पर्ने छ ।
01:05
डा. तोसीमा कार्की
म बुँदागत रूपमा राख्न चाहन्छु । प्रभावित क्षेत्र साथै काठमाडौं उपत्यकाका सबै अस्पतालमा इमर्जेन्सी एन्ड ट्रमा केयर सिस्टमलाई तत्काल एक्टिभेट गराइयोस् ।
01:15
डा. तोसीमा कार्की
इलेक्टिभ सर्जरी भन्नाले डेढ लिएका सूचीमा राखिएका इलेक्टिभ सर्जरी अपरेसनहरूलाई तत्कालको लागि रद्द गरियोस् । क्यान्सिल गरियोस् र त्यो अपरेसन थिएटरहरू त्यहाँ सर्जरीको लागि उपलब्ध गराइयोस् ।
01:29
डा. तोसीमा कार्की
ताकि इमर्जेन्सी सर्जरी चाहिएमा बिरामीले इमर्जेन्सी सर्जरी तत्काल पाओस् । म्यानपावर उपलब्ध होस् र सर्जरी टिम पनि उपलब्ध होस् भनेपछि हामीले इलेक्टिभ सर्जसर्जरीमा इन्गेज गराएर म्यानपावरलाई अस्पतालको सोर्सेसहरूलाग इन्गेज नगराउँ भनेर म अनुरोध गर्न चाहन्छु ।
01:50
डा. तोसीमा कार्की
साथै डिस्चार्ज गर्न मिल्ने । भोलि या पर्सीको लागि डिस्चार्ज गरेर मिल्ने तर राखिरहेका बिरामीहरूलाई हामीले सकिन्छ भने आज नै डिस्चार्ज गरेर वार्डहरूाई खाली गराउनुपर्ने छ ।
02:01
डा. तोसीमा कार्की
पर्याप्त वलवल स्ट्यान्ड बाइ स्टेजमा राख्नुपर्ने छ । एम्बुलेन्सहरू निजी, सरकारी, र विभिन्न संस्थाका एम्बुलेन्सहरुलाई कोडिनेशनमा राखेर तत्कालै प्रभावित क्षेत्रमा पुग्ने गरी स्ट्यान्ड बाइ राख्नुपर्ने छ ।
02:15
डा. तोसीमा कार्की
साथै अब प्रभावित क्षेत्रमा विशिष्टीकृत सेवा भएका आइसीयू उपलब्ध भएका अस्पतालहरू निकै कम छन् या छैनन् पनि त्यसैले उनीहरूलाई हामीले काठमाडौंमा ल्याउनुपर्ने हुन्छ । ट्राफिक जामलाई नियन्त्रणमा राख्नुपर्ने हुन्छ ।
02:29
डा. तोसीमा कार्की
त्यसैले तत्काल हामीले सायद यसलाई व्यवस्थापन गर्नको लागि अनावश्यक आवत जावत रोक्ने जोड बिजोड के गर्न सकिन्छ । त्यो एउटा नियम लागु गर्न पनि म आवश्यक देख्दछु ।
02:41
डा. तोसीमा कार्की
इमर्जेन्सी ड्रग्सहरु तत्काल त्यो आवश्यक क्षेत्रहरूमा उपलब्ध गराउनका लागि कहाँ कहाँबाट पुल गर्नुपर्ने छ । त्यसमा पनि काम थाल्नुपर्यो ।
02:49
डा. तोसीमा कार्की
साथै ब्लड रजिस्ट्री अब त्यहाँ उद्धारमा आइसके उद्धारबाट आइसकेपछि इमर्जेन्सी ट्रिटमेन्टको लागि ब्लड आवश्यक पर्छ । ब्लडको लागि ब्लड बैङ्कहरूलाई ब्लड डोनरहरूलाई र इन्टायर ब्लड रेजिस्ट्री सिस्टमलाई हामीले एक्टिभेट र स्ट्यान्ड बाइ राख्नुपर्ने देख्दछु ।
03:08
डा. तोसीमा कार्की
साथै सम्पूर्ण निजी तथा सरकारी अस्पतालहरूमा जति पनि आइसीयू छन् । आइसियु बेडहरू छन् ।
03:23
डा. तोसीमा कार्की
यो निकै महत्त्वपूर्ण विषय भएकोले मैले सभामुख ज्यूसँग समय थपको लागि माग गरी धन्यवाद । जति पनि आइसियु बेडहरू अवेलेबल छन् ।
03:35
डा. तोसीमा कार्की
आइसियु केयरहरू अवेलेबल छन् । त्यसको एउटा रजिस्ट्री हामीले तत्कालै डेभलप गरेर आइसियु केयर टिमलाई चैँ स्ट्यान्डबाइ राख्न आवश्यक छ ।
03:43
डा. तोसीमा कार्की
साथै एयर एम्बुलेन्स हेलिकप्टर र एम्बुलेन्सहरू कसरी हामीले उपलब्ध गराउने त्यसको हेल्प लाइन हट लाइन ट्रोल सिस्टम हामीले डेभलप गर्न छ र यो तत्कालै एक्टिभेट गर्नुपर्ने छ । किनभने कतिपय खण्डमा प्राइभेट हस्पिटलहरूमा आइसियु अभेलेबल हुन्छ तर त्यो नोटिफिकेसनमा आइ सकेको हुँदैन ।
04:02
डा. तोसीमा कार्की
बिरामीले आइसियु पाउँदैन र खोज्दा खोज्दै आइसियु खोज्दा खोज्दै घाइतेको अहिले जुन उद्धार गरिएका बिरामीहरूले ज्यान गुमाउनु पर्ने अवस्थामा पुग्न सक्ने हुन्छन् । त्यसैले हामीले तत्काल कहाँ कहाँ चाहिँ कुन कुन अस्पतालमा कति ओटा आइसियु अभेलेबल छ ।
04:18
डा. तोसीमा कार्की
तत्काल खाली गर्न मिल्ने छ । सार्नुपर्ने छ ।
04:20
डा. तोसीमा कार्की
रिफरल कककोलाई गर्नुपर्ने छ । त्यो चाहिँ हामीले एकदमै एक्टिभेट गर्नुपर्ने छ भन्न चाहन्छु ।
04:27
डा. तोसीमा कार्की
निजी अस्पतालहरूसँग समन्वय गरेर सर्जरी, ओटी एमर्जेन्सी ट्रमा केयर आइसियु साथै वार्ड को लागि हामीले तयारी गर्नुपर्यो र केही अब स्वास्थ्यकर्मीहरू जो बिदामा हुनुहुन्छ । जस्तै ड्युटीमा हुन्छ ।
04:39
डा. तोसीमा कार्की
उहाँहरूको ड्युटी शेड्युल हुन्छ । त्यसपछि बिदा हुन्छ ।
04:42
डा. तोसीमा कार्की
आजको दिनमा अथवा भनौं केही दिनको लागि बिदामा हुनुभएका सबै स्वास्थ्यकर्मीहरूलाई सम्बन्धित स्वास्थ्य संस्थाहरू मार्फत चाहिँ अलर्ट म्यासेज पठाएर उनीहरूलाई परिचालन गर्न सक्नुपर्यो । हामीले सम्बन्धित ठाउँमा हामीले लैजानको लागि आवहान गर्न सक्छौं ।
04:57
डा. तोसीमा कार्की
साथै अस्पतालमा पनि एक्स्ट्रा ड्युटिको
05:00
डा. तोसीमा कार्की
गर्नको लागि उहाँहरूलाई आवहान गरेर परिचालन गराउन सक्छ । स्ट्यान्ड बाहि राख्न सक्छौं भन्न चाहन्छु ।
05:05
डा. तोसीमा कार्की
प्रथम प्राथमिकता भनेको जीवन बचाउनु हो । सभामुख महोदय, उद्धार त हामी गर्न सकौंला तर उद्धार तत्काल उद्धार हुँदै गर्दाखेरि त्यो बिरामी जब सासको लागि तड्पिरहेको हुन्छ ।
05:17
डा. तोसीमा कार्की
जब ब्लडको लागि तड्पिरहेको हुन्छ । आइसीयूको लागि तड्पिरहेको हुन्छ ।
05:20
डा. तोसीमा कार्की
त्यस बखतमा नै राज्यको स्वास्थ्य संयन्त्र त्यहाँ उपस्थित भएर उसलाई जीवन बचाउने एउटा इमर्जेन्सी केयरसम्म पुर्याउनुपर्ने ठुलो दायित्व हामी सामु आइपुगेको छ । निजी अस्पतालहरू छन् ।
05:32
डा. तोसीमा कार्की
सरकारी अस्पतालहरू छन् । विभिन्न स्वास्थ्य संयन्त्रहरू छन् ।
05:34
डा. तोसीमा कार्की
स्वास्थ्यकर्मीहरू हुनुहुन्छ । त्यो सम्पूर्ण संयन्त्रलाई आवहान गरेर तत्काल एउटा आकस्मिक बैठक राखेर त्यसलाई कसरी कोडिनेशनमा ल्याउने एम्बुलेन्स कसरी ब्लड म्यानेजमेन्ट कसरी गर्ने आइसियु टिम कसरी गर्ने ट्रमा केयर कसरी गर्ने र त्यो एम्बुलेन्सलाई ट्राफिक एकदम निर्वाध रूपमा कसरी सम्बन्धित ठाउँमा समयमा पुग्ने भन्ने एउटा इन्टायर एउटा एमर्जेन्सी केयर सिस्टम डेभलप गर्नको लागि र एक्टिभेट गराउनको लागि म अनुरोध गर्न चाहन्छु ।
06:01
डा. तोसीमा कार्की
यसलाई राष्ट्रिय विपद् र इमर्जेन्सी स्टेटको रूपमा घोषणा गरेर सम्पूर्ण संयन्त्रहरूले नागरिक र सरकार सँगसँगै हातेमालो गरेर यसलाई हामी पार लगाऔँ र भविष्यमा यस्ता विपदहरू आउन सक्छन् । पूर्व तयारीको लागि पनि हामी अलर्ट रहौं भन्न चाहन्छु ।
06:18
डा. तोसीमा कार्की
धन्यवाद ।