00:00
डोलप्रसाद अर्याल
पाकृतिक तथा मानवजन्य दुवै प्रकारका विपदका दृष्टिले अत्यन्त संवेदनशील मुलुक हो । नेपालको भौगोलिक विविधता कमजोर भूसंरचना अव्यवस्थित तथा जोखिमयुक्त विकास कमजोर पूर्वाधार सीमित स्रोत साधन र जलवायु परिवर्तनका कारण विभिन्न प्रकारका विपत बारम्बार दोहोरिँदै आएका छन् ।
00:23
डोलप्रसाद अर्याल
भूकम्प, बाढी पहिरो, डुबान, आगलागी, खडेरी हिमपहिरो, हिमताल विस्फोट लगायत प्राकृतिक विपतका साथै औद्योगिक दुर्घटना महामारी र अन्य मानवजन्य विपतहरू पनि देशका विभिन्न क्षेत्रमा नियमित रूपमा घटिरहेका छन् । नेपालमा बर्सेनी ५० भन्दा बढी विपतका घटना घटने र त्यसभन्दा ठुलो जनधनको क्षति हुने गरेको तथ्याङ्क छ ।
00:51
डोलप्रसाद अर्याल
यसै सन्दर्भमा मिति २०८३ साल भदौ १० गते भोटेकोशी तिर्सुली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन जिल्लामा ठुलो मानवीय र भौतिक क्षति भएको दुःखद् घटनाले प्रतिनिधि सभालाई मर्माहत बनाएको छ । यस विपदबाट ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति प्रतिनिधि सभा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
01:17
डोलप्रसाद अर्याल
शोक सन्तप्त परिवारजन, आफन्त र सम्बन्धित राष्ट्रप्रति कहिरो समवेदना व्यक्त गर्दै घाइते नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । माननीय सदस्यहरू, विपदबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहत कार्यका लागि सरकारले सुरक्षाकर्मी परिचालन गरेको छ ।
01:39
डोलप्रसाद अर्याल
आफ्नो ज्यानको जोखिम मोलेर खोज, उद्धार उपचार राहत तथा मानवीय सेवामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खटिनुभएका नेपाल सरकारका सम्बन्धित निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी , सशस्त्र प्रहरी बल नेपाल स्थानीय प्रशासन, प्रदेश तथा स्थानीय सरकार, स्वास्थ्यकर्मी, रेडक्रस स्वयम्सेवक सञ्चारकर्मी स्थानीय स्थानीय समुदाय तथा सम्पूर्ण उद्धारकर्मीप्रति प्रतिनिधि सभाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै मित्र राजस्व तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त प्राविधिक जनशक्ति राहत सहयोग तथा सदभावप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
02:23
डोलप्रसाद अर्याल
विपदबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु । माननीय सदस्यहरू हामीले विगतदेखि विगत केही दशकदेखि जलवायु परिवर्तनको प्रभावबारे निरन्तर चर्चा गर्दै आएका छौं ।
02:53
डोलप्रसाद अर्याल
जलवायु परवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ । हिम नदी र हिमतालमा परिवर्तन भइरहेको छ ।
03:02
डोलप्रसाद अर्याल
हिम पहिरोको जोखिम बढिरहेको छ र असामान्य वर्षाका घटना पनि देखिन थालेका छन् । रसुवा जिल्लामा गएका वर्ष गएका वर्षहरूमा समेत साना ठुला विपतका घटना भइनरहेका थिए ।
03:15
डोलप्रसाद अर्याल
जलवायु परिवर्तनबाट सिर्जित राष्ट्रिय सुरक्षा चुनौती सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्दा स्थापित गराउनु आवश्यक रहेको छ । त्यसैले जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्नो आवाज अझ स्पष्ट र बलियो रूपमा उठाउनुपर्दछ ।
03:36
डोलप्रसाद अर्याल
यस सम्बन्धमा म नेपाल सरकारको ध्यान आकृष्ट पार्न चाहन्छु । माननीय सदस्यहरू र छुवा विपतले हामीलाई अर्को महत्त्वपूर्ण पाठ पनि सिकाएको छ ।
03:47
डोलप्रसाद अर्याल
हामीले अब विपतपछिको व्यवस्थापन मात्र होइन । पूर्वतयारीको संस्कृति निर्माण गर्नुपर्दछ ।
03:55
डोलप्रसाद अर्याल
हिमताल र हिमनदीको नियमित अध्ययन र अनुगमनलाई प्राथमिकतामा राख्नुपर्दछ । अन्त्यमा प्रभावित परिवार र समुदायप्रति गहिरो समवेदना र ऐक्यवद्धता व्यक्त गर्न चाहन्छु ।
04:11
डोलप्रसाद अर्याल
राष्ट्रिय सोकको घडीमा ऐक्यबद्धता कायम राख्न र तीनओटै सरकारका तहका सरकार सबै दल नागरिक समाज र राज्यका सबै समयन्त्र परिचालन गरी खोज उद्धार र विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन नेपाल सरकारलाई निर्देश गर्दछु । माननीय सदस्यहरू अब म मिति २०८३ भदौ १० गतेको भोटेकोशी त्रिसुली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिका सम्बन्धमा निम्न लिखित प्रस्ताव प्रस्तुत गर्दछु ।
04:49
डोलप्रसाद अर्याल
विशेष प्रस्ताव प्रतिनिधि सभाको यो बैठक नीति २०८३ साल भदौ १० गते बुधवार भोटेकोशी तिरसुली नदीमा आएको बाढीले रसुवाको
05:00
डोलप्रसाद अर्याल
टिमुरे, प्रोबेसी, बेत्रावती नुवाकोटको तरसुली,तिरसुली बजार र देवीघाट देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिसुली नदी तटिय क्षेत्रका धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिकहरू बेपत्ता हुनुका साथै ठुलो सङ्ख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ । साथै उक्त घटनाबाट घरबार विहीन भएकाहरूको व्यवस्थापन एवम् घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवङ्गतहरूको हातमको चीरशान्तिको कामना गर्दछ र शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।
05:44
डोलप्रसाद अर्याल
उक्त विशेष प्रस्तावलाई पारित गरिदिनुहुन अनुरोध गर्दछु । उक्त घोषणा गर्दछु ।