00:02
डोलप्रसाद अर्याल
माननीय सदस्यहरू, अब माननीय सदस्य रामबहादुर थापालाई समय दिन्छु ।
00:32
रामबहादुर थापा मगर
सम्माननीय सभामुख महोदय, समयको लागि धन्यवाद । सम्माननीय सभामुख महोदय गत वर्ष भाद्रमा नेपाली जनताले मानव श्रीजित भयानक विध्वंसको असहय पीडा भोग्नुपर्यो ।
00:51
रामबहादुर थापा मगर
त्यसबेला ६ दर्जनभन्दा बढी नागरिकहरूले अनहाकमा ज्यान गुमाए । सयौं घाइते भए अरबौंको भौतिक क्षति भयो ।
01:02
रामबहादुर थापा मगर
सिङ्गो देश जल्यो । सम्माननीय सभामुख महोदय गत वर्ष दिवङ्गत भएका नागरिकहरूको बर्खी समाप्त नहुँदै बेथित आमाहरूको आसु शुक्र नपाउँदै घाइतेहरूका घावहरू ओइल्याउन नपाउँदै दुर्भाग्य वर्ष यस वर्ष भात र १० गते घटित सयौं गुणा बढी नक विध्वंशको असहय पीडा आज हामीले भोगिरहेका छौं ।
01:38
रामबहादुर थापा मगर
अचानक घटित यो विस्मयकारी विध्वंशमा हजारौं ज्ञात अज्ञात नेपाली तथा विदेशी नागरिकहरूको ज्यान गुमाएका छन् । हजारौं अझै बेपत्ता छन् ।
01:53
रामबहादुर थापा मगर
सयौं घाइते भएका छन् । खरबौंको भौतिक क्षति भएको छ ।
01:59
रामबहादुर थापा मगर
सिङ्गो देश श्रोक मग्न तथा सारा संसार स्तब्ध छ । सम्माननीय सभामुख महोदय निश्चय पनि यो बैङ्क दुर्घटनामा घाइते भएकाहरूको उपचार हुन सक्दछ ।
02:15
रामबहादुर थापा मगर
निश्चय पनि बेपत्ताहरूको पत्ता लाग्न सक्छ । खरबौंको भौतिक क्षति पनि पूर्ति हुन सक्दछ ।
02:26
रामबहादुर थापा मगर
तर आजसम्म दुनियाको कुनै पनि सर्वश्रेष्ठ डाक्टरले निरजको शरीरमा जीवन वा प्राण प्रत्यावरण गर्न सकेको छैन । आजसम्म कुनै पनि महान्तम वैज्ञानिकले सञ्जीवनी बुटी अविष्कार गर्न सकेको छैन ।
02:49
रामबहादुर थापा मगर
अधिकतम मूल्य तिरेर जीवन प्राप्त गर्न सकिन्न । जीवन दुर्लभ हुन्छ हुन्छ ।
02:55
रामबहादुर थापा मगर
अमूल्य हुन्छ । जो यो धर्तीबाट बिदा भए ति कहिले फर्किएका छैनन् ।
03:03
रामबहादुर थापा मगर
ती फगत हाम्रा हेर्दे र स्मृतिमा मुस्काइरहेका छन् बाँचिरहेका छन् । सम्माननीय सभामुख महोदय यो त्रासदीपूर्ण तथा शोकाकुल छणमा सर्वप्रथम म नेकपा एमालेको समेत दलको तर्फबाट बाध र १० गतेको त्यो भयावह बिहानीमा आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण ज्ञात अज्ञात नेपाली तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।
03:40
रामबहादुर थापा मगर
सम्पूर्ण शोक तरवारहरू हार्दिक समवेदना प्रकट गर्न चाहन्छु । सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
03:51
रामबहादुर थापा मगर
साथै दिवङ्गतहरूको सुन्दर सपना साकार पार्न दृढ सङ्कल्प गर्न चाहन्छु । उहाँहरूको सपनाले हामीलाई निरन्तर प्रेरणा तथा पथ प्रशन गरिरहने छ ।
04:05
रामबहादुर थापा मगर
सम्माननीय सभामुख महोदय, आखिर भात र १० गतेको त्यो भयानक बिहानी कसरी हजारौं नागरिकहरूको काल रात्री बनेर आयो । यो प्रकृति सृजित विद्यङशहो वा मानव निर्मित दुर्घटना शोक र पीडाको घडीमा यो गम्भीर प्रश्नको बस्तुनिष्ट विवेचना गर्न अत्यन्त जरुरी छ ।
04:29
रामबहादुर थापा मगर
यसको वस्तुगत समुचित निष्करबाटनी हामी शोक र पीडालाई शक्तिमा बदल्न सक्दछौं । भावित दुर्घटना रोक्न तथा त्यसबाट बच्न सक्दछौं ।
04:42
रामबहादुर थापा मगर
सम्माननीय सभामुख महोदय विज्ञ तथा वैज्ञानिकहरूको निष्कर्षअनुसार जलवायु परिवर्तन तथा भूमण्डलीय तापक्रम वृद्धिले मानव जातिको अस्तित्वमा नै सङ्कट पैदा गरेको छ । विकसित देशहरूले उद्योग या
05:00
रामबहादुर थापा मगर
यातायात तथा अन्य प्रयोजनका लागि अत्याधिक मात्रामा पेट्रोलियम पदार्थ कोइला तथा ग्यास प्रयोग गर्दा त्यसले विशाक्त ज्ञास ग्यास उत्सर्जन गर्दछ । फलस्वरुप वायुमण्डलको तापक्रममा अस्वाभाविक वृद्धि हुन जान्छ ।
05:20
रामबहादुर थापा मगर
तापक्रमको वृद्धिले हिमालका हिमपर्िन्छ । जो भयावह बाढी पहिरोमा परिणत हुन्छ ।
05:27
रामबहादुर थापा मगर
परिणाम तर त्यसले मानव बस्तीहरूको अस्तित्व नै मेटाउँछ । सम्माननीय सभामुख महोदय , अर्कोतिर बायुमण्डलको तापक्रम वृद्धि हुँदा उत्तरी तथा दक्षिणी धुरमा हुँ पग्लिरहेका छन् ।
05:43
रामबहादुर थापा मगर
त्यसले एक प्रकारको सुनामी सृष्टि गरिरहेको छ । समुद्रका जलसतहमा वृद्धि हुँदै गहेको छ ।
05:50
रामबहादुर थापा मगर
यसले समुद्र टटिय मुलुकहरूको अस्तित्व नै लोप हुने खतरा बढाएको छ । यसका साथै वन विनाशले पनि जलवायु परिवर्तन तथा भूमण्डलिय तापक्रम वृद्धिमा उल्लेखनीय नकारात्मक भूमिका निर्वाह गरेको छ ।
06:08
रामबहादुर थापा मगर
सम्माननीय सभामुख महोदय प्रत्येक वर्ष बाढी पहिरोको विनाशलिला भोग्नै पर्ने हाम्रो नियति जस्तै भएको छ । प्रत्येक वर्ष विद्धंशमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु हाम्रो परम्परा जस्तै भएको छ ।
06:28
रामबहादुर थापा मगर
के हामी यो नीति र परम्परालाई बदल्न सक्दैनौं । निश्चय पनि हामीले त्यसलाई बदल्न दृढ सङ्कल्प गर्नै पर्दछ ।
06:38
रामबहादुर थापा मगर
सम्माननीय सभामुख महोदय त्यसैले म सम्माननीय सभामुख मार्फत केही प्रस्तावहरू विचारार्थ यस सम्मानित सदनसमक्ष प्रस्तुत गर्न अनुमति चाहन्छु । राज्यको प्रमुख नेतृत्व प्रधानमन्त्रीज्यूले आफ्नो एकाङ्गी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ ।
07:01
रामबहादुर थापा मगर
संसदप्रति पूर्ण उत्तरदायी हुनुपर्दछ र संसदलाई सरकारको योजना बारे निरन्तर जानकारी गराउनुपर्दछ । राष्ट्रिय सहमतिबाट नै विद्यमान सङ्कटको सामना गर्न सकिन्छ ।
07:16
रामबहादुर थापा मगर
त्यसैले सरकारले राजनीतिक दल नागरिक समाज तथा विज्ञहरूको १६ पक्ष संयन्त्रको निर्माण गर्न पहल गर्नुपर्दछ । सामूहिक र सङ्गठित प्रयासले मात्रै हामीले यो सङ्कटको सामना गर्न सक्दछौं ।
07:33
रामबहादुर थापा मगर
तीन समावकज्यूले सरकारलाई सचेत तथा सहयोग गर्न विशेष संसदीय समिति गठन गर्नुपर्दछ । र अन्तर्राष्ट्रिय सहयोग क्षतिपूर्ति तथा समन्वय गर्न सरकारले परराष्ट्र मन्त्रीको नेतृत्वमा विशेष कार्यदल स्पेसल टास्क फोर्स गठन गर्नु पर्दछ ।
07:58
रामबहादुर थापा मगर
सरकारले युद्ध स्तरमा उद्धार तथा राहत कार्यका लागि रक्षा मन्त्रीको नेतृत्वमा युनिफाइड स्पेसल टास्क फोर्स गठन गर्नुपर्दछ । छ सरकारले पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्दछ ।
08:17
रामबहादुर थापा मगर
साथ जलवायु परिवर्तनबाट उत्पन्न सङ्कटको सामना गर्न अन्तर्राष्ट्रिय एक्यबद्धता तथा आवश्यक रणनीति तय गर्न सगरमा त संवादको दोस्रो संस्करणलाई सरकारद्वारा अगाडि बढाउन आवश्यक छ । धन्यवाद ।