00:00
डोलप्रसाद अर्याल
सदस्यहरू, अब सुन्ने समयको कार्यक्रम प्रारम्भ हुन्छ । सुन्ने समयमा बोल्न चाहनुहुने माननीय सदस्यहरूको लागि १ मिनेटको समय निर्धारण गरिएको छ ।
00:07
डोलप्रसाद अर्याल
सर्वप्रथम माननीय सदस्य अचुतम लामिछाने ।
00:23
अच्युतम लामिछाने
सम्माननीय सभामुख महोदय, हामी माननीयज्यूहरू धेरै पटक प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूहरू कहाँ पुग्छौं । आफ्नो क्षेत्रका लागि विकास माग्न बजेट माग्न योजना माग्न ।
00:32
अच्युतम लामिछाने
तर एउटा प्रश्न हामी आफैले पनि गर्नुपर्छ । हामीले माग्ने त्यो बजेट आउने ढुकुटी कसरी भरिन्छ ।
00:38
अच्युतम लामिछाने
हामीले भकारी रित्तो राखेर त्यसैबाट अन्य मागिरह्यौं भने एक दिन भकारी रितिन्छ । त्यसैले हाम्रो भूमिका अब माग्ने मात्र होइन राष्ट्रिय ढुकुटी भर्ने पनि हो ।
00:47
अच्युतम लामिछाने
अब आउने हुंदै अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन नबनोस् । यो उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने लगानी आकर्षित गर्ने र निर्यात बढाउने र राज्यको राजस्व बढाउने नीति निर्माण गर्ने अधिवेशन बनोस् ।
00:59
अच्युतम लामिछाने
हामीले आज एउटा योजना माग्दा आफ्नो निर्वाचन क्षेत्रका केही मानिस खुसी होला तर हामीले अर्थतन्त्र बलियो बनाउने नीति बनाउन सक्यौं भने सिङ्गो देशका पुस्ता लाभान्वित हुने छन् । त्यसैले सभामुख महोदय हामी केवल राज्यको ढुकुटीबाट माग्ने प्रतिनिधि होइनौं ।
01:13
अच्युतम लामिछाने
त्यो ढुकुटी भर्ने नीति बनाउने जिम्मेवार प्रतिनिधि पनि हौं । अबको हुँदै अधिवेशनमा हाम्रो प्राथमिकता यही हुनुपर्छ ।
01:19
अच्युतम लामिछाने
अब आउने हौं हुन्दै अधिवेशनमा हामी सबैले राज्यको ढुकुटी भर्ने सरखारी
01:25
डोलप्रसाद अर्याल
माननीय सदस्य अनुष्का श्रेष्ठ ।
01:30
अनुष्का श्रेष्ठ
सभामुख महोदय केही समय अघि हामी सबैले सदनमा तीन वर्षीय बालिकामाथि भएको जघन्य अपराधको कुरा उठाएका थियौं । सरकारको प्रन्ट रेस्पोन्सको पनि कदर गरेका थियौं ।
01:40
अनुष्का श्रेष्ठ
सरकारको अगाडि अरू धेरै अर्जुन जिम्मेवारीहरू आए हामी बुझ्छौं । तर यो विषय पनि हाम्रो प्राथमिकताबाट हराएको छैन भनेर विश्वस्त छु ।
01:47
अनुष्का श्रेष्ठ
यस विषयमा अपेक्षित प्रतिवेदन तयार भइसकेको जानकारी आएको छ । त्यसका रेकमेन्डेसन के काम हुँदै छ भनेर आज विनम्रतापूर्वक सोध्न चाहन्छु ।
01:56
अनुष्का श्रेष्ठ
अहिले भारतमा उठिरहेको आवाज होस् वा कर्नल युनिभर्सिटीको घटना रिलेटेड आक्रोस् । फरक समाज र फरक समुदायमा भइरहेका यस्ता घटनाले देखाउँछन् कि सेक्टरल वाइलेन्स अगेन्स्ट विमेनको समस्या एकतर्फी समाधानले मात्र हुँदैन ।
02:10
अनुष्का श्रेष्ठ
यो लडाई राज्य समाज र व्यक्ति तीनै फ्रन्टबाट लड्नुपर्छ । कडा कानुन र त्यसको एक्जिक्युसन हिंसालाई लोरेट नगर्ने समाज र बाल्यकालदेखि नै कन्सेन्ट रेस्पेक्ट र मानवता सिकाउने संस्कार महिलामाथिको सेन्ट्रल भाइलेन्स विरुद्धको यो लडाई हामी सबैले आफ्नो तवरबाट लड्न नछोडौं ।
02:27
अनुष्का श्रेष्ठ
धन्यवाद ।
02:29
डोलप्रसाद अर्याल
माननीय सदस्य अप्सना भानु ।
02:36
अफसाना बानु
सम्माननीय सभामुख महोदय, आउँदै गरेको चाट पर्व दशै तिहार तथा छटको सम्पूर्ण नेपाली जनमा हार्दिक शुभकामना व्यक्त गर्दछु । सभामुख महोदय, काम नगर्ने गोरुको बारै टक्का भने जी चाड पर्व आउँछ ।
02:50
अफसाना बानु
तर जहिले पनि नेपाली जनताको दुःख घट्दै गर्दैन । यो चाट धनीको लागि दशै र गरिबको लागि बोझ बन्दै गएको छ ।
02:58
अफसाना बानु
सभामुख महोदय , महङ्गी आकाशिएको छ । गाउँ फर्किने बाटो सङ्कटमा छ ।
03:04
अफसाना बानु
हवाई टिको सर्वसाधारणको पहुँचभन्दा धेरै बाहिर पुगिसकिएको छ भने इमान्दारी पूर्वक व्यापार गर्ने व्यापारी र आम जनता पिल्सिएका छन् । तर तस्कर भने अहिले समपन महजमै छन् ।
03:16
अफसाना बानु
त्यसैले सभामुख महोदय अब चाडपर्व भित्रिरहेको समयमा म सरकारसँग केही स्पष्ट माग राख्न चाहन्छु । सीमापारीबाट ५० रुपैयाँभन्दा कमको सामा ल्याउँदाखेरि कुनै पनि प्रकारको कर नलगाइयोस् ।
03:30
अफसाना बानु
यसले गर्दाखेरि मध्यम वर्ग र आम जनतालाई राहत दिने काम गर्छ । चाट पटुवाको बेला
03:38
डोलप्रसाद अर्याल
माननीय सदस्य अमृता विग
03:48
अमृता विक
सम्माननीय सभामुख महोदय, आज म यस सदनमा यस्तो पीडाको कुरा गर्दै छु । जुन पीडा न त साट्नु मिल्ने न त बाँड्न मिल्ने ।
03:57
अमृता विक
जुन दिन नारीको यो सृष्टिमा जन्म भयो । त्यो दिनदेखि वास्तविक नदेखिने महिनावारी पीडा भोग्दै आउनु परेको छ ।
04:06
अमृता विक
सम्माननीय सभामुख महोदय नेपालकै अध्ययनहरूले १० जना किशोरीहरुमध्ये करिब ८ जनाले महिनावारीको पीडा भोग्ने र धेरैले विद्यालय छुटाउने काममा अनुपस्थिति हुने देखिएको छ । जापान इन्डोनेसिया स्पेन भारतको कर्णाटक यसलाई कानुनी मान्यता दिइसकेको छ ।
04:24
अमृता विक
संघीय निजामती सेवा विधेयकले पहिलो पाइला चालेको छ । म सरकारलाई ध्यान आकर्षण गर्न चाहन्छु ।
04:31
अमृता विक
यो विधा स्पष्ट सुनिश्चित र अपमानजनक प्रमाणित होस् र कार्यस्थलमा सम्मान भनेको स्वास्थ्यको सम्मान पनि हो । धन्यवाद ।
04:42
डोलप्रसाद अर्याल
माननीय सदस्य अरविन शाह ।
04:48
अरबिन्द साह
सम्माननीय सभामुख महोदय, मैले यस सम्मानित सदनमार्फत पटक पटक उठाएका यी सवाललाई नीति योजना बजेट र कार्यान्वयनमा प्राथमिकता साथ राख्न पुनः आग्रह गर्दछु । पहिलो योजना निर्माण गर्दा जनघात
05:00
अरबिन्द साह
र एचडीआइलाई आधार बनाइयोस् । दोस्रो शिक्षामा विद्यार्थी शिक्षक अनुपात र स्वास्थ्यमा विरामी चिकित्सक अनुपातमा जनशक्ति व्यवस्थापन गरियोस् ।
05:09
अरबिन्द साह
तेस्रो मधेशबाट वैदेशिक रोजगारमा जाने युवालाई कम ज्यालाका बाध्यात्मक बाध्यताबाट मुक्त गर्न लो स्किल ट्रेनिङ सेन्टर स्थापना गरियोस् । चौथो युवा स्वरोजगार पढ्दै कमाउँदै अभिभावक शिक्षालाई प्राथमिकता दिइयोस् ।
05:23
अरबिन्द साह
पाँचौं मधेशमा किसानका लागि सिचाइ मलखाद प्रशोधन केन्द्र भण्डारण व्यवस्थापन गरियोस् । छैटो मिनी मोही सट्टाभर्ना भूमिहीन सुकुमबासी समस्या स्पष्ट नियमका आधारमा समाधान गरियोस् ।
05:37
अरबिन्द साह
तथा जग्गाको बजार मूल्य भन्दा बढी सरकारी मूल्य निर्धारण गरी जनतामाथि करको भार पुनरावलोकन गरियोस् । धन्यवाद ।
05:45
डोलप्रसाद अर्याल
माननीय सदस्य अर्जुन कुमार कार्की ।
05:50
अर्जुनकुमार कार्की
महोदय, सम्माननीय सभामुख महोदय, आज भर्खरै मैले हाम्रो सङ्खुवासभाको चैनपुर नगरपालिकाको मेयरको टेलिफोन प्राप्त गरेँ । उहाँ भन्नुहुन्छ म १० देखि दिनदेखि मेरो नगरपालिकाको कार्यकारी प्रमुखको सरुवा भयो र नयाँ कार्यकारी प्रमुख खोजेर पर्खेर भौतारिएर बसिरहेको छु ।
06:16
अर्जुनकुमार कार्की
मैले मन्त्रालयका विभिन्न अधिकारीहरूसँग सम्पर्क गरे तर अहिलेसम्म मेरो कार्यालयमा दशैको मुखमा कार्यकारी प्रमुखको अभाव छ भनेर भन्नुभएको छ । म के भन्न चाहन्छु भने अहिले दशैको मुखमा स्थानीय निकायका थुप्रै कर्मचारीहरू सरुवा गरेर दर्शैमा विकास निर्माणका काम र कर्मचारीहरूलाई दिने पेस्की खर्चहरूमा अवरुद्ध आएको छ र यो व्यवस्थालाई यथाशीघ्र मन्त्रालयले सम्बोधन गरोस् भन्ने माग राख्न चाहन्छु ।
06:51
डोलप्रसाद अर्याल
माननीय सदस्य अशोक कुमार चौधरी
06:55
अशोक कुमार चौधरी
सभामुख महोदय, सुनसरीको व्यापारिक केन्द्र धोबी बजारको सडक आज जिर्न छ । ठाउँ ठाउँमा परेका ठूला खाल्डा खुल्डीले नागरिकलाई सहज आमा होइन दुर्घटनाको जोखिम बगेर यात्रा गर्न बाध्य बनाएको छ ।
07:07
अशोक कुमार चौधरी
सभामुख महोदय, इटहरी नगर अस्पतालमा एमडिजिपी डाक्टरको व्यवस्था होस् वा बुढी खोला टेरा खोला र कृष्णा खोलाको काठमाडौंको विषय होस् । जनजीविकाको विषय होस् ।
07:18
अशोक कुमार चौधरी
मेरो क्षेत्रका समस्याहरू मैले मेरो संसदीय यात्राको पहिलो ३८ बनाएर त्यसपछिको महिना गरी ५ महिनाको यो अवधिमा धेरै पटक यी विषयहरू पटक पटक उठाएको छु । छलफल गरेको छु ।
07:30
अशोक कुमार चौधरी
सभामुख महोदय , तर मेरा क्षेत्रका जनताले आश्वासनको छल पटक पटक पाए । तर अब त्यसको विकासको फल कहिले पाउने हो भनेर पर्खिरहेका छन् ।
07:38
अशोक कुमार चौधरी
त्यसैले म यस सम्मानित सदनमार्फत सरकारसँग स्पष्ट जवाफ माग्दछु । समय सीमा सहितको कार्ययोजना सार्वजनिक गरियोस् र विकासमा जहाँ हामीले बाधा परेका छन् त्यो समस्यालाई फुकाएर काम गरोस् भन्ने कुराको म माग गर्दछु ।
07:52
अशोक कुमार चौधरी
धन्यवाद ।
07:53
डोलप्रसाद अर्याल
माननीय सदस्य आरेन राई
08:01
आरेन राई
सम्माननीय सभामुख महोदय,
08:03
आरेन राई
हाम्रो देशको अवस्था यस्तो छ । सबै क्षेत्रका सरकारी कर्मचारीहरू तलको सरकारी कर्मचारीहरू माथिको आदेश भन्दै कुनै पनि सुरक्षा र प्रविधिको प्रयोग नगरी जस्तो परिस्थितिमा आदेश हुँ त्यो परिस्थितिमा काम गर्न बाध्य छन् ।
08:18
आरेन राई
त्यस्तै एउटा सशस्त्र प्रहरीको जवान जो चाहिँ झापाको जिल्लाको ३८ नम्बर गर्नमा कार्यरत थिए । २०३४ को पनि ७ गते विद्युत्को जोखिमपूर्ण काम गर्दा गर्न गर्दा उनको मृत्यु भयो ।
08:32
आरेन राई
त्यसपछाडि सो उहाँको श्रीमती आज ९ दिनको चैँ सुत्केरी छन् । जो चाहिँ हुनुहुन्छ ।
08:39
आरेन राई
उहाँ सुत्केरी महिलाले आज श्रीमानको जो जुन ठाउँमा काम गराउँथ्यो । त्यो अधिकारिलाई छानबिन गरेर त्यो सुरक्षित व्यवस्था नगरीकन किन काम गरेको हो ।
08:51
आरेन राई
त्यससम्बन्धी छानबिन गरेर उहाँहरूले चाहिँ कारबाहीको माग गर्नुभएको छ । र आउने दिनमा यस्तो सुरक्षित व्यवस्था नगरै कुनै कुनै काम नगराउनुको निम्ति उहाँले सबैसँग ध्यानाकर्षण गर्नुभएको छ ।
09:03
डोलप्रसाद अर्याल
माननीय सदस्य आशा झा
09:14
आशा झा
सम्माननीय सभामुख महोदय, खरिदमा व्यवस्थित इबिडिङ ठेक्का प्राविधिक कारण देखाई । पुरानै परम्परामा दोहोर्याउँदै हाट कपीमा फर्क नि ।
09:24
आशा झा
सीमित व्यवसायीको मिलिमतो र दम्बको आधारमा पाउने ठेक्का प्रणालीले गर्दा टेन्डर बिल्डिङमा दैनिक घटना घटेको कुरा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुको साथै अविलम्ब प्राविधिक क्रुटि सच्याई यी बिल्डिङमा यथाशीघ्र लागु सरकार समक्ष आग्रह गर्न चाहन्छु । जब सुरक्षा दिने निकाय सुरक्षित छ भने सुरक्षा कसरी प्रभावकारी हुने निकाय त सुरक्षित हुनुपर्यो नि ।
09:53
आशा झा
निकाय सुरक्षित नभएको खण्डमा परिणाम मुखी र
10:00
आशा झा
मुख पनि हुन सक्दैन । सभामुख महोदय, प्रहरी प्रशासन बस्ने घर भत्कने र शौचालय छ तर विरालाको जिर्ण अवस्था छ ।
10:08
आशा झा
सेवा सुविधाको तिनै अभाव छ र दरबन्दीको पनि कम छ । दरबन्दी बढाई सुविधाको साथ प्रहरी ननीस्थित
10:27
Speaker 4
सम्माननीय सभामुख महोदय, दशै आउन अब जम्मा १० दिन जति बाँकी छ । हामीलाई दसै उत्सव हुन सक्छ तर निर्दोष जनाएर हरूको लागि भने सभामुख महोदय, दशै दशा नै हो ।
10:38
Speaker 4
किन भने सभामुख महोदय दशैमा माता दुर्गाको भन्दा बढी ध्यान खसी बोका र राँगा कसरी ढाल्ने भन्ने सोचमा हुन्छौं । त्यो पनि सहज तरिकाले होइन सभामुख महोदय खेतका आली आलीमा लखटी लखटी भिडमा तरबारले गोटी गोटी वा लौरीले ढाडमा चुटिचुटी हो ।
10:54
Speaker 4
यस्तै यस्तै दृष्यहरू दशैमा हेर्दै म यही समाजमा हुर्केको हु मुख महोदय आज हजारौं लाखौं निर्दोष पशुहरुको बली चढाइदिन्छ । त्यो पनि सार्वजनिक रूपमा विभत्स हत्या गरेर जब म विदेश पुगे त्यहाँ पशुलाई गरेको कुराको आधारमा सजाय तोक्ने कानुनी व्यवस्था रहेछ ।
11:11
Speaker 4
अब भन्नुस सभामुख महोदय, हाम्रो देशमा पशु कल्याणको लागि बनेको कानुनी
11:15
Speaker 4
व्यवस्था किन यति धेरै कमजोर छ । पशु सेवाको ाणा भएको नीतिले पशुबाट मा मात्र लिने तर पशुलाई वास्तविक सेवा र कल्याण कहिले दिने यो नीति कहिले खारेज खारेज हुन्छ ।
11:26
डोलप्रसाद अर्याल
माननीय सदस्य इन्दिरा राना मगर ।
11:33
इन्दिरा राना मगर
सम्माननीय सभामुखज्यू, हाति आयो हाति आयो फुस्स भने जस्तो हातीको समस्या पनि फुस्स भइराछ । आज झापाली जनताहरू हातबाट प्रताडित छन् ।
11:44
इन्दिरा राना मगर
यो दशै आइराछ । बालीनाली पाक्न लागिराछ दिनरात जनता चाहिँ रातभरी नसुती नसुती हाती रुङ्गपरिराछ र सरकारबाट अहिले पनि त्यो समाधानका केही कुराहरू नभएको हुनाले म ध्यानाकर्षण गराउन चाहन्छु ।
11:57
इन्दिरा राना मगर
र त्यसै गरेर यो अहिले के जग्गा निश्सा पाइसकेको के जति पनि निसा पाइसकेका सुकुम्बासीहरू छन् । उहाँहरूलाई फेरि नापी गर्ने भनेर चाहिँ दुःख दिने काम पनि भइराछ ।
12:12
इन्दिरा राना मगर
यसलाई चाहिँ सरकारले चाहिँ कसरी हुन्छ । यसको लागि चाहिँ के यहाँबाट आयौं ।
12:18
इन्दिरा राना मगर
यहाँ आदेश आउनुपर्छ भन्ने र गागा विषयहरूबाट चाहिँ भनिराखेको भ्रम फैलाइरहेको कुरा पनि मैले जनगुनासो सुनिराख्या छु र यसको लागि चाहिँ केरे सम्बन्धित मन्त्रालयलाई म ध्यानाकर्षण गराउन चाहन्छु । जसरी भए पनि निस्सा पाएकाहरूले के लालपुर्जा ।
12:34
डोलप्रसाद अर्याल
माननीय सदस्य सुदर कुमारी बराल ।
12:43
यशोदा कुमारी बराल
सम्माननीय सभामुख महोदय, पोखरा युनिभर्सिटीले जुन बेरिएर सिस्टम छ । एउटा विषय पास नगर्दा धेरै विद्यार्थीको भविष्य बर्बाद भएको छ ।
12:52
यशोदा कुमारी बराल
त्यसलाई हटाइदिन सम्बन्धित मन्त्रालय र सम्बन्धित विश्वविद्यालय यी ध्यानाकर्षण गराउन चाहन्छु । अर्को विषय चैं आउँदै छ ।
13:00
यशोदा कुमारी बराल
जनताको घरमा चुलो बलोस्, फेरि आउने हुँदै अधिवेशनमा हामीले उठेर सरकारले गरेन भन्न नपाओस् । यो शुभकामना दिन चाहन्छु ।
13:07
यशोदा कुमारी बराल
अर्को कुरा चाहिँ सहकारी समस्या समाधान गर्न तपाईंहरूले चक्रिय कोष स्थापना गर्नुभयो । देश जल्दाखेरि एउटा निर्दोष व्यापारीका त्यत्रा पार्मेन्ट जुन जले त्यसको लागि सरकारले के ल्याउँछ नियम त उहाँहरूको बिना दोष ।
13:25
यशोदा कुमारी बराल
त्यत्रा भाडा टिनहरू टिनहरू जसले जसले लगभग ११,००० को क्षति भयो भयो । त्यसको जिम्मा कसले लिने हेर्ने किन एउटा व्यक्ति चुकाउन को लागि चक्रको भनेर अरबौं राज्यको कोष सिद्धिँदै छ तर निर्दोष व्यापारीको त्यत्रो सम्पत्ति जलाउँदा के हुन्छ सरकार ।
13:41
यशोदा कुमारी बराल
धन्यवाद ।
13:42
डोलप्रसाद अर्याल
माननीय सदस्य अङ्किता ठाकुर
13:53
अंकिता ठाकुर
सम्माननीय सभामुख महोदय, सर्वप्रथम वर्षदेखि अलपत्र अवस्थामा रहेको राजविराज बसपार्कलाई आगामी सातादेखि सञ्चालनमा ल्याउने प्रक्रिया अगि बढाएकोमा म भौतिक पूर्वाधार मन्त्रालयलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । सभामुख महोदय, हामी २१ औं शताब्दीमा छौं ।
14:08
अंकिता ठाकुर
तर राजविराज वडा नम्बर १३ मा १ जना सोझा किसानलाई जुत्ताको माला लगाएर गाउँ भरी घुमा आएको अमानवीय घटनाले हाम्रो चेतनालाई झक जग्गा आएको छ । उता तिलाठी कोइलारीो ज्ञानको मन्दिरभित्र खुल्ले खुल्ल खुल्ला दारु पाटी चल्छ अनि सत्य उजागर गर्न पुगेका पत्रकारमाथि कुटपिट गरेर ज्यानमारा धम्की पनि दिन्छ ।
14:29
अंकिता ठाकुर
म त सम्पूर्ण दोषीहरूलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न आग्रह गर्न चाहन्छु । सभामुख महोदय, लामो समयदेखि राजविराजको जनताहरू लालपुर्जाका लागि पीडित छन् ।
14:40
अंकिता ठाकुर
त्यसका लागि म सम्वन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु र साथै राजबिराजमा अलपत्र अवस्थामा रहेको कोल्डस्टोरलाई पनि सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छु । छिटोभन्दा छिटो सुचारी गरिदिनुहुन अनुरोध
14:54
डोलप्रसाद अर्याल
माननीय सदस्य कन्या बनिया ।
14:57
कन्हैया बनियाँ
सम्माननीय सभामुख महोदय,
15:00
कन्हैया बनियाँ
त्यसमा संघीयता आइसकेपछि जनताको छिटो काम गर्नलाई जिल्लास्तरीय थुप्रै कार्यालयहरू स्थानीय तहमा अथवा क्षेत्रहरूमा निर्वाचन क्षेत्रहरूमा स्थापना भए । त्यही सिलसिलामा मेरो निर्वाचन क्षेत्रमा पनि मालपोत कार्यालय, नापी कार्यालय र इलाका प्रशासन कार्यालयहरू स्थापना भए ।
15:18
कन्हैया बनियाँ
तर विडम्बना १ दशक पुगिसक्यो । तर त्यहाँ उसको अधिकृतको दरबन्दी भए ता पनि अहिलेसम्म नै कार्यालयमा एउटा पनि अधीकृत गइसकेको स्थिति छैन ।
15:31
कन्हैया बनियाँ
त्यहाँ जनताले धेरै नै सास्ती भोग्नुपरेको छ । त्यहाँ सुब्बाले निमित्त कार्यालय चलाउनुहुन्छ र चुक्वाको सरुवा भइसकेपछि लगभग ३ देखि ४ महिना ६ महिनासम्म कार्यालय बन्द हुने गरेको छ ।
15:42
कन्हैया बनियाँ
अब हाम्रो सुशासनको सरकारमा यो जनताले भोगेको दुःख र सास्तीको अन्त्य होस् । हाम्रो क्षेत्रको जनताले पनि सुशासनको अनुभव गर्न पाओस् भन्दै म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
15:54
कन्हैया बनियाँ
धन्यवाद ।
15:55
डोलप्रसाद अर्याल
माननीय सदस्य कमल सुवेदी ।
16:03
कमल सुवेदी
सम्माननीय सभामुख महोदय, आज हामीले सांसदको शपथ लिएको १९१ दिन पुग्यो छ । यस बिचमा मैले मेरो निर्वाचन क्षेत्र डाङ्गीका जनजीविकासँग जोडिएका अनेकौं विषय सदनमा उठाए ।
16:14
कमल सुवेदी
तर कहिले काहीँ मनमा प्रश्न उठ्छ । सदनमा उठाएका जनताका आवाज सुनिए कि सून्य समयमै शून्य भएर हराए ।
16:20
कमल सुवेदी
त्यसैले आज फेरि सरकारलाई सुनाउन चाहन्छु । फुर्के सलि मलका निकुञ्ज पीडितको बस्ती स्थान्तरण होस् ।
16:26
कमल सुवेदी
लमई घोराई, तुलसीपुर सडक छिटो बनोस् । शान्तिनगर, दङ्गीशरण र भोगेका नागरिकले मोबाइल उठाउँदा नेट रोक छैन भन्ने बाध्यता अन्त्य होस् ।
16:33
कमल सुवेदी
हरेक घरमा खानेपानी र विद्युत् पुगोस् । अस्पतालबाट नागरिकले उपचार पाएर घर फर्किन सकुन् ।
16:38
कमल सुवेदी
किसानले मलका लागि लाइन बस्न नपरोस् । ग्रेडले ग्याँसका लागि भौतारिन नपरोस् ।
16:43
कमल सुवेदी
बालबालिकाले राम्रो शिक्षा पाउन युवाले विदेशको टिकट होइन देशमै औसरको टिकट खोज्न पाउन् । सभामुख महोदय, मैले उठाएका यी विषय दाङ्ग तिनका नागरिकका आवाज हुन् ।
16:53
कमल सुवेदी
सरकारले यी आवाज सुनोस् मनन गरोस् र नतिजादेखि नै गरी काम गरोस् । अन्त्यमा आउँदै गरेको विजयादशमीको हार्दिक शुभकामना ।
17:01
डोलप्रसाद अर्याल
माननीय सदस्य करिस्मा कठरिया
17:06
करिश्मा कदरिया
सम्माननीय सभामुख महोदय, सरकारले मोटा धान र मध्यम धानको न्यूनतम समर्थन मूल्य त तोक्यो । तर यो वर्ष मूल्य घोषणा मात्रै हुने भयो ।
17:17
करिश्मा कदरिया
किसानले यो पाली पनि मूल्य पाउने भएन । किसान हप्तौंदेखि नखाई नसुती लाइनमा बस्दा पनि न सरकारी गोदामले धान किन्छ न त व्यापारीलाई तोकिएको मूल्यमा किन्न बाध्य पार्न सक्छ ।
17:28
करिश्मा कदरिया
व्यापारीहरू पच्चिसै २६ भन्दा दिन सक्दैनौं भन्छन् । सरकार हाइब्रिड धान किन्दिन भनेर पन्छिन्छ ।
17:35
करिश्मा कदरिया
एकातिर सरकार हाइब्रिड लगाए भन्छ । अर्कोतिर बेच्ने बेलामा किसानलाई हाइब्रिड किन सक्दिन भन्छ ।
17:41
करिश्मा कदरिया
यदि सरकारले तोकेको मूल्यमा व्यापारीले घाटा हुन्छ भन्छन् भने सरकार आफैले किसानको सम्पूर्ण धान खरिद गर्ने कुराको समयमै व्यवस्थापन किन गर्दैन । सदनमा पटक पटक यो आवाज उठाउँदा पनि गम्भीरतापूर्वक लिएन ।
17:54
करिश्मा कदरिया
म फेरि पनि तत्काल माग गर्दछु कि व्यापारी किसान र स्थानीय तहका प्रतिनिधि सम्मिलित अधिकार सम्पन्न टोली गठन गरी किसानको धान सरकारले तोकेकै मूल्यमा खरिद गर्ने व्यवस्था तुरुन्त गरियोस् । किसानको यो मर्का अविलम्ब हल गरियोस् ।
18:06
करिश्मा कदरिया
धन्यवाद ।
18:08
डोलप्रसाद अर्याल
माननीय सदस्य कामिनी कुमारी
18:17
कामिनी कुमारी
सम्माननीय सभामुख महोदय र नाम मत्रीको बर्दिबास यातायात कार्यालयमा चालक अनुमति पत्र लिन जाने सर्वसाधारणबाट तोकिएको सरकारी शुल्कभन्दा अतिरिक्त रकम महसुल भइरहेको भन्ने गम्भीर र व्यापक जनगुनासो प्रति सरकारको ध्यान आकर्षण गराउन चाहन्छु । मोटर साइकल लाइसेन्सका नाममा १० देखि १५०० र चार पाङ्ग्रे लाइसेन्सको नाममा २० देखि २५०० अतिरिक्त रकम लिने तथा बिचौलियामार्फत रकम लिनदेन हुने गरेको खुलासा भएको छ ।
18:47
कामिनी कुमारी
यो केवल सेवा ग्राही माथिको आर्थिक भार होइन । राज्यको सेवा प्रणाली प्रतिको जनविश्वास माथिको ठुलो प्रश्न हो ।
18:55
कामिनी कुमारी
त्यसैले त्यसैले बर्दिबासमै रहेको अख्त्यार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले यस विषयमा तत्काल छानबिन र आवश्यक अनुगमन गरियोस् । सरकारी शुल्क र सेवाग्राहीबाट लिएको वास्तविक रकमबीचको अन्तर स्पष्ट रूपमा सर्वस्व गरियोस् ।
19:13
कामिनी कुमारी
यदि अतिरिक्त रकम असुली प्रमाणित हुन्छ भन्ने कर्मचारी होस् या बिचौलिया
19:18
डोलप्रसाद अर्याल
माननीय सदस्य कविन्द्र बुर्लाकोटी
19:27
कविन्द्र बुर्लाकोटी
सम्माननीय सभामुख महोदय, हामी परिवर्तनका लागि आयका र त्यसको लागि आफ्नो सक्दो प्रयास जारी राखेका छौं र त्यो परिवर्तन सबैभन्दा धेरै भ्रष्टाचार न्यूनीकरणका लागि आवश्यक छ अङ्कको हिसाबले सबैभन्दा धेरै भ्रष्टाचार विकास आयोजनामा छ र तब भ्रष्टाचार हुन्छ जब कुरा गुपचुप राखिन्छ । सभामुख महोदय, अहिले विकास आयोजनाहरू कहिले सुरु भएका हुन् म्याद के हुन् रकम के हो र भेरिएसन के भयो ।
19:53
कविन्द्र बुर्लाकोटी
निर्माण कम्पनीको हुन् इन्जिनियर को हुन भन्ने कुरा हेर्न पाइँदैन र सूचना पार्टीहरू राखेको छैन ।
20:00
कविन्द्र बुर्लाकोटी
सूचनाले भ्रष्टाचार रोक्ने भएपछि यो यो भ्रष्टाचार गर्नेहरूले सूचना पाटी नै हटाइदिए । त्यसैले सभामुख महोदय, हरेक विकास आयोजनाको सूचना पाटी अनिवार्य राख्ने व्यवस्था गरियोस् ।
20:12
कविन्द्र बुर्लाकोटी
विकास आयोजना सम्पन्न भएपछि कम्तीमा तीन वर्ष सो आयोजना कसले कुन समयमा कति रकममा सम्पन्न गरेको जानकारी राखियोस् । भ्रष्टाचार यसले भ्रष्टाचार घटाउँछ ।
20:23
कविन्द्र बुर्लाकोटी
जवाफदेही त बढाउँछ र आम नागरिकमा सूचना जगाउँछ । धन्यवाद ।
20:27
डोलप्रसाद अर्याल
माननीय सदस्य काली बहादुर सहकारी
20:34
कालीबहादुर सहकारी
सम्माननीय सभामुख महोदय ,
20:37
कालीबहादुर सहकारी
दैलेखको जलजलेमा चिनिया प्रावित टोलीले प्राकृतिक ज्ञासको उत्खनन अनुसन्धान र अन्वेषण गर्ने कार्य गरिरहेकोमा हाल प्रहरीको रेड नियन्त्रणमा रहने गरी उत्खनन कार्य स्थगित गरेको पाइयो । कारण के हो त यही सोच गर्दै म कालिकोटबाट फर्केर उक्त योजनाबारे योजनास्थलमा एक जना प्रहरी अधिकृतसँग बुझ्न खोज्दा योजनासम्बन्धी बिग्न विशेषज्ञ को नुभयो र आफू सुरक्षाको लागि मात्र रहेको पाइयो ।
21:01
कालीबहादुर सहकारी
यस बारे सरकार बेखबर हो या प्राविधिक टोलीसँग योजनाबारे कुनै प्रतिवेदन तयार हुँदै छ । यसबारे सरकारको धारणा के हो ।
21:08
कालीबहादुर सहकारी
सभामुख महोदय योजनाको प्राविधिक टोली पूर्व सूचना अनुसार कम्तीमा ५० वर्षलाई धान्नेगरी मिथिला उत्पादन हुने छ भने सुन्नमा आएको थियो । यसबारे सरकारको प्राविधिक टोलीसँग समन्वय छ या यो बेखबर हो ।
21:20
कालीबहादुर सहकारी
जनमानसमा प्रश्न धारा आओस् । आफ्नो देशमा उत्पादित वस्तुले आत्मनिर्भर हुन्छ भने परनिर्भरताको पर्खाइमा किन हाल देशमा खाना पकाउने देशको हकप्रति सरकार जानकार छैन कि के हो ।
21:31
कालीबहादुर सहकारी
यसबारे सरकारको गम्भीर ध्यान आकर्षित गर्न माननीय
21:35
डोलप्रसाद अर्याल
सदस्यसँग कुल भक्त साक्के
21:40
कुलभक्त शाक्य
सम्माननीय सभामुख महोदय अन्तर्राष्ट्रिय मञ्चमा विश्वका विभिन्न भूभागमा जारी युक्त आपूर्ति श्रृङ्खलाको अवरोध र जलवायु परिवर्तनको अवसरहरूले गर्दा आगामी महिनाहरूमा विश्वव्यापी रूपमा खाद्यान्न र रसायनिक मलको ठुलो सङ्कट आउँदै छ भनी दिएको चेतावनीप्रति म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । यो नेपालजस्तो आयातमा निर्भर राष्ट्रका लागि ठूलो खतराको घण्टी हो ।
22:08
कुलभक्त शाक्य
हामी खुला सिमाना र छिमेकी मुलुकहरूले आफ्नो आन्तरिक सुरक्षाको लागि खाद्यान्न निर्यातमा लगाउन सक्ने सम्भावित प्रतिबन्धहरूले गर्दा भोलिका दिनमा हाम्रा बजारमा दैनिक उपभोग वस्तुको आकार हुन सक्छ । सङ्कट ढोकामा आइसकेपछि तालुभन्दा सङ्कट आउनु अगि नै पूर्वतयारी गर्नु जिम्मेवारी सरकारको कर्तव्य हो ।
22:31
कुलभक्त शाक्य
तसर्थ सरकारले यस विषयलाई जनताको जीवन पार्जनसँग जोडेर तत्काल उच्चस्तरीय रणनीतिक टोली गठन गरी ठोस
22:42
डोलप्रसाद अर्याल
माननीय सदस्य कुसुम महर्जन ।
22:49
कुसुम महर्जन
सम्माननीय सभामुख महोदय , दसै नजिकै गर्दा लाखौं नागरिक आफ्नो घर फर्किने तयारीमा छन् । तर चाट पर्वमा घर पुग्ने नागरिकको यात्रा सुरक्षित हुन्छ कि हुँदैन भन्ने प्रश्न आज पनि उठ्दै छ ।
23:02
कुसुम महर्जन
हालै बाढी पहिरोका कारण विभिन्न राजमार्गहरू क्षति पुगेको अवस्थामा म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । प्रमुख राजमार्गका जोखिमयुक्त स्थानहरू तत्काल मर्मत गरियोस् ।
23:13
कुसुम महर्जन
लामो दुरीमा सवारी साधनको फिटनेस परीक्षण गरियोस् । चालकको कार्य समय कडाइका साथ अनुगमन गरियोस् ।
23:20
कुसुम महर्जन
तोकेकोभन्दा बढी भारत दर लिने टिकटमा कालोबजारी गर्ने यात्रुलाई ठगी गर्ने तथा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने कार्यमाथि तत्काल कारबाही गरियोस् । साथै यात्रुले सहज रूपमा गुनासो गर्न सक्ने सहायता कक्ष र प्रभावकारी अनुगमन संयन्त्र सञ्चालन गरियोस् ।
23:38
कुसुम महर्जन
दशैमा नागरिकलाई घर पुग्ने हतार होइन । सुरक्षित रूपमा घर पुग्ने विश्वास राज्यले दिलाउनुपर्छ ।
23:45
डोलप्रसाद अर्याल
। माननीय सदस्य कृपा महर्जन ।
23:55
कृपा महर्जन
सम्माननीय सभामुख महोदय, नेपालको सम्पदा भन्दा साथ हाम्रो ध्यान काठमाडौं उपत्यकाका दरबार, मन्दिर र स्तुपा तर्फ जान्छ । तर हाम्रो सम्पदा त्यतिमा सीमित छैन ।
24:05
कृपा महर्जन
हिमालका प्राचीन बस्ती, पुर्खाले पहाड, छिचोलिएर बनाएको व्यापारिक बाटा किल्ला र गढी, गुफा, मथ मन्दिर, बिहार, तराईका फाँटका पुराना सभ्यताका अवशेष थारु तथा अन्य समुदायका परम्परागत बस्ती । यी सबै हाम्रो राष्ट्रिय इतिहासका अध्याय हुन् ।
24:22
कृपा महर्जन
तर धेरै सम्पदाको अभिलेख छैन । अभिलेखै नभएको कुरा संरक्षणको विषय कसरी बन्न सक्छ र ।
24:28
कृपा महर्जन
त्यसैले सरकारले अब सम्पदा नक्साङ्कन कार्यक्रम सुरु गर्नुपर्छ । प्रत्येक स्थानीय तहमा रहेका मौखिक इतिहास, परम्परा, सांस्कृतिक अभ्यास र पुराना स्थलहरूको पनि डिजिटल अभिलेख तयार गर्नुपर्छ ।
24:41
कृपा महर्जन
हाम्रो सम्पदा हिमालदेखि तराईसम्म पूर्वदेखि पश्चिमसम्म फैलिएको नेपालको साझा सभ्यता हो । यो साझा इतिहास, खोजौं, अभिलेख गरौं र भावी पुस्ताका लागि सुरक्षित गरौँ ।
24:52
कृपा महर्जन
धन्यवाद ।
24:53
डोलप्रसाद अर्याल
मननीय सदस्य कृपाराम राना
25:02
कृपाराम राना
सम्माननीय सभामुख महोदय, नेपालीहरूको महान चाड १०७३ आउँदै छ । यस अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदी नेहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमा शुभकामना अर्पण गर्न चाहन्छु ।
25:19
कृपाराम राना
यी महत्त्वपूर्ण चाट प्रभु आइरहँदा मनमा चिन्ता लागिरहेको छ । खाद्यान्न,तरकारी दाल, तेल जस्ता दैनिक उपभोग वस्तुको मूल्यमा बेर्दै हुँदा त्यसको प्रत्यक्ष मार जनतामा परिरहेको छ ।
25:34
कृपाराम राना
हिजो ४० रुपैयाँमा पाइने एकमुठो साग आज १४० मा आउँदै छ । डोल्पा जस्ता दुर्गम जिल्लामा रहेका सरकारी डिपोमा प्रति केजी ५८ रुपैयाँमा पाइने चामल ६ रुपैयाँ तिर्नुपर्ने बाध्यकारी अवस्था छ ।
25:51
कृपाराम राना
प्रत्येक वस्रको हवाई टिकेटको माग जनताले बेहोर्नु परेको छ । त्यसकारण सरकारले सबै कुराको नियन्त्रण कायम गरी सुशासन कायम गरोस् ।
26:00
कृपाराम राना
धन्यवाद ।
26:02
डोलप्रसाद अर्याल
माननीय सदस्य कृष्ण हरी बुढाथोकी ।
26:10
कृष्णहरि बुढाथोकी
सम्माननीय सभामुख महोदय, यो अधिवेशनमा मैले सुन्ने विशेष, आकस्मिक, समय तथा विधेयकमाथिको सैद्धान्तिक छलफल लगायत गरी ४२ पटक यस सम्मानित सदनमा आफ्नो धारणा राखेको छु । ती अभिव्यक्तिहरूमा मैले मेरो निर्वाचन क्षेत्र रामसपाका समस्या र सम्भावनादेखि सम्भावनादेखि देशका समग्र आर्थिक सामाजिक तथा तथा विका समस्या र सम्मान समेत विषय उठाउँदै आएको छु ।
26:32
कृष्णहरि बुढाथोकी
साथै तिनको समाधानका उपाय सुशासन, समृद्धि सदाचारयुक्त मानव व्यवहार र सुसंस्कृत राजनीतिक संस्कार निर्माणका विषयमा पनि निरन्तर आवाज उठाउँदै आइरहेको छु । सभामुख महोदय, हामी जनप्रतिनिधिहरू जनतासँग प्रत्यक्ष जोडिएका छौं हुन्छौं ।
26:46
कृष्णहरि बुढाथोकी
जनता र देशका समस्या र आवाज संशोधन उठाउन हाम्रो जिम्मेवारी हो । संसदले जनतासँग जोडिएर उठाएका विषय सरकारका लागि मार्गदर्शन हुन् ।
26:54
कृष्णहरि बुढाथोकी
त्यसैले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संसद देख स्थापना गरी संसदमा उठेका विषयलाई सम्बन्धित मन्त्रालयमा पठाउने कार्य प्रगतिको अनुगमन गर्ने र सम्बन्धित सांसदलाई जानकारी गराउने व्यवस्था गर्न सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु । धन्यवाद ।
27:10
डोलप्रसाद अर्याल
माननीय सदस्य केपी खनाल ।
27:19
केपी खनाल
सम्माननीय सभामुख महोदय आउँदै गरेको नेपालीहरूको महान चाडको यो असीमित उमङ्ग छाइरहँदा वर्षौदेखि मेरो निर्वाचन क्षेत्र कैलाली क्षेत्र २ लगायत खुल्ला सिमा क्षेत्रका नागरिकहरूमा भने सुरक्षा सकारण डहर भइरस र त्रासपूर्ण गरेको सर्वविनै छ । प्रत्येक वर्ष चारपलको यसै समयमा चौरी खैती हत्या हिंसा विशेष गरी लागु औषधको अवैध ओसार पसार दुर्गिस जस्ता अपराधिक गतिविधिहरू पर्ने गरेको त्यतो यथार्थ हामी सामु छ ।
27:40
केपी खनाल
जानकी गाउँपालिका मोहन्याल गाउँपालिका पर्दोरगाउँपालिका तथा उच्च सुरक्षा जोखिम रहेको लम्की चुवा नगरपालिकाका क्षेत्रका विद्यमान सुरक्षा स्वयत र सीमित साधन स्रोत र न्यून जनशक्तिका कारणले गर्दा कैयौं प्रकारका चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको छ । त्यसैले म यस गरी मामिला सदनमार्फत नेपाल सरकार र गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदै यस क्षेत्रको शान्ति सुरक्षालाई दिगो र सुदृढ बनाउन विगतमै निर्णय भइसकेको इलाका प्रहरी कार्मीलाई तत्काल प्रयाप्त जनशक्ति आधुनिक प्रविधि र भौतिक सुरो साधन सम्पन्न कार्यालयको रूपमा यस्तो गर्न जोडदार माग गर्दछु ।
28:06
केपी खनाल
साथै लक्षित ४ घण्टा विशेष सुरक्षा कसरी बढाउन संविधान नाकाहरूमा सीडीपी मार्फत कडा नगरिराख्नर लागु औषधको सञ्जाललाई तोड तोड्नका लागि राज्यको निकाय क्रियाशील हुन् । नागरिकको ज्युद रक्षा र भयरहित वातावरणमा चार बनाउन पाउने नागरिकको संवैधानिक
28:21
डोलप्रसाद अर्याल
माननीय सदस्य क्रान्ति शिखा त ताल ।
28:31
क्रान्ति शिखा ढिटाल
सम्माननीय सभामुख महोदय, देशमा एउटा दुःख आउँछ । केही दिन हामी चासो दिन्छौं ।
28:37
क्रान्ति शिखा ढिटाल
अर्को घटना आएपछि अघिल्लो पीडा विस्तारै ओझेलमा पर्छ । खास मानी सम्माननीय सभामुख महोदय, हामीलाई दुःखको लत लागेको छ ।
28:45
क्रान्ति शिखा ढिटाल
जेन्जीआन्दोलन मधेशको सामुदायिक दङ्गा गणेशको आत्मदाहा गरिमाको बलात्कारपछि हत्या रसुवाको बाढी यी घटनाको भिडमा हराए सुकुमबासीका पीडा र हराउन सक्लान बाढीमा हराएका बालबालिकाको खोजी । हामी किन यति धेरै संवेदनशील हुनबाट भागिरहेका छौं ।
29:02
क्रान्ति शिखा ढिटाल
बजारमा नयाँ ट्रेन्ड आएसँगै न्यायका विषय पनि प्रतिस्थापित हुन्छन् । नागरिकको पीडा बिच राज्यले भेद गर्न मिल्दैन ।
29:10
क्रान्ति शिखा ढिटाल
राज्यले भेद नगरोस् । अरूको दुख दुःखमा टेको लगाउने होइन टेको बन्न सकोस् ।
29:14
क्रान्ति शिखा ढिटाल
केही दिनको सहानभूति सीमित नहो । पीडितको जीवन सामान्य नहुन्जेल राज्य साथमा उभिनुपर्छ ।
29:20
क्रान्ति शिखा ढिटाल
राज्य परिणामसहित उभियोस् । धन्यवाद ।
29:25
क्रान्ति शिखा ढिटाल
माननीय
29:28
डोलप्रसाद अर्याल
सदस्य खडक बहादुर बुढा
29:37
खड्कबहादुर बुढा
सम्माननीय सभामुख महोदय, लामो समयपछि जहाजको भूकम्पपछिको पूर्णमानले विस्तारै लय लिन थालेको छ । यसका लागि सक्रियता र समन्वय गर्नुहुने प्रमुख जिल्ला अधिकारीज्यूलायत सम्वद्ध सबैलाई धन्यवाद दिन चाहन्छु ।
29:49
खड्कबहादुर बुढा
ताक्सुगायत भेरी करिडोरका अलपत्र पुलहरूको स्थलगत अनुगनपछि निर्माण कार्य अगि बढ्नु सकारात्मक छ । यी पूर्वाधार निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न आग्रह गर्दछु ।
30:00
खड्कबहादुर बुढा
सभामुख महोदय, भूकम्पबाट घर क्षति भएका तर विस्तृत क्षति आकलन डीडीएमा छुटेका वास्तविक पीडितहरू अझै सरकारी सुविधाबाट वञ्चित छन् । अभिलेखमा नाम छुटेकै कारण नागरिक न्यायबाट वञ्चित हुनुहुँदैन ।
30:11
खड्कबहादुर बुढा
त्यसैले छुटेका घरहरूको निष्पक्ष पुनः मूल्याङ्कन गरी वास्तविक पीडितलाई अनुदान तथा पुनर्निर्माण प्रक्रियामा तत्काल समेट नेपाल सरकारसँग जोडदार माग गर्दछु । धन्यवाद ।
30:22
डोलप्रसाद अर्याल
माननीय सदस्य खिमा विक ।
30:29
खिमा विक
सम्माननीय सभामुख महोदय, नेपालको संविधानले प्रत्येक नागरिकलाई सूचना तथा सञ्चारको हक प्रदान गरेको छ । तर प्युठान, दाङ, सल्यानका नागरिक अझै भरपर्दो सञ्चार सेवाबाट वञ्चित छन् ।
30:40
खिमा विक
प्युठानको माडी ५ अन्तर्गतका तिग्रा जोर, शिख्रे चकचके र काली खोला लगायत अन्य ठाउँ दाङको शान्तिनगर १, २, ३ र ४, दङ्ग र २ मा मोबाइलको नेकपाका छैन । त्यस्तै सल्यानको सारदा तिर कालीमाटी छ त्रिवेनी पाँच लगायतका ठाउँहरूमा टावर भए पनि फोन नलाग्ने अवस्था छ ।
31:03
खिमा विक
नागरिक टावर खोज्न रारातिर धाउन बाध्य छन् । जसबाट इमर्जेन्सी एम्बुलेन्स तथा स्वास्थ्य सेवा आपत् विपत् र दैनिक आवश्यक सञ्चार समेत प्रभावित भएका छन् ।
31:15
खिमा विक
त्यसैले सरकारले तत्काल प्राविधिक टोली खटाई समस्या पहिचान तथा मर्मत र आवश्यक स्थानमा नयाँ टावर स्थापना गर्न सम्माननीय सभामुख मार्फत । नेपाल नेपाल सरकारसमक्ष समक्ष जोडदार माग गर्दछु ।
31:28
डोलप्रसाद अर्याल
माननीय सदस्य खुस्बु ओली ।
31:37
खुस्बु ओली
सम्माननीय सभामुख महोदय , देशकै पहिलो योजनाबद्ध सहर राजविराज आज आफ्नै अस्तित्वको सङ्कटमा छ । अनि सरकारको कर सेवा यस्तो छ कि कर तिर्ने नागरिक सप्तरीमा तर करको कार्यालय लाहानमा सप्तरीमा ७५०० भन्दा बढी करदाता छन् ।
31:51
खुस्बु ओली
ब्याज अन्तरशुल्क पेन्सन शोधन करचुक्ता लगायतका सेवाका लागि । उनीहरू उनीहरू लगभग ५० किलोमिटर टाढा लाहान जानुपर्छ ।
31:58
खुस्बु ओली
सरकार डिजिटल नेपाल सरकार सरकारले डिजिटल नेपाल बनाउने कुरा गर्दै छ । तर सप्तरीका करदातालाई भने डिजिटल होइन ५० किलोमिटरको फिजिकल यात्रा गराइरहेको छ ।
32:08
खुस्बु ओली
राजविराजमा ते र कट्ठा भन्दा बढी सरकारी जग्गा छ । भवन निर्माणको लागि बजेट छ ।
32:12
खुस्बु ओली
२०८२१ गते पूर्णस्तरको कार्यालय स्थापना गर्ने लिखित सहमति पनि छ । जग्गा छ बजेट छ ।
32:18
खुस्बु ओली
सहमति छ । करदाता छन् ।
32:19
खुस्बु ओली
अब कार्यले राख्न सरकारलाई के चाहिएको हो । त्यसैले सरकारसँग जनताको स्पष्ट माग छ ।
32:25
खुस्बु ओली
लिखित सहमति तत्काल कार्यान्वयन गरी राजविराजमै पूर्णस्तरको आन्तरिक राजस्व कार्यालय स्थापना गरियोस् । जनतालाई कर तिर्ने ठाउँसम्म पुर्याउने न राज्यको सेवा जनताको ठाउँसम्म पुर्याउने हो ।
32:36
डोलप्रसाद अर्याल
भनी सदस्य खिमराज कोइराला ।
32:41
खेमराज कोइराला
सम्माननीय सभामुख महोदय, कष्ट, पीडाको बिचबाट हाम्रा चाड पर्वहरू नजिकै आउँदै छन् । धेरैका आसो बगिरहेका छन् ।
32:49
खेमराज कोइराला
तसर्थ यो वर्ष चाडपर्वमा सामान्य रूपले मनाएर यदि सकिन्छ भने खर्च जोगाउँदै प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आग्रहका साथ हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु । महङ्गी आलोपजारिक कृति माफ चोरी चकारी लुटपाट झैजगाडाआदि नियन्त्रण गर्न वडा सदस्यज्यूहरूदेखि लिएर गृह मन्त्रालयको ध्यानआकर्षित गराउँदछु ।
33:14
खेमराज कोइराला
सभामुख महोदय , चाडपर्वमा देवी देवता पुँजी चाहिँ समाजमा पुजिने बाल विकास सहजकर्तादेखि लिएर सबै गुरुहरूको वृत्ति विकास र गुणस्तरीय जीविकोपार्जन समयमा जीविकोपार्जनमा गौरव महसुस गर्ने गरी विद्यालय शिक्षा विधेयक आओस् । कामना र बर्गर बेच्न र साक्षर ब्रम्ह म श्री गरे, धन्यवाद ।
33:41
डोलप्रसाद अर्याल
भनी सदस्य गजल समय मित्र ।
33:49
गजाला सामिम मिकरानी
सम्माननीय सभामुख महोदय, म आज हालैको बाढी पहिरोबाट प्रभावित बालबालिकाको मानसिक स्वास्थ्यको विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । हालैको बाढीले धेरै मानिसको ज्यान लियो ।
34:01
गजाला सामिम मिकरानी
घर र जीविको पार्जन बगायो । तर एउटा पाटो अझै जेलमा परेको छ ।
34:06
गजाला सामिम मिकरानी
धेरै बालबालिका अझै पनि डर र त्रासमा छन् । आफ्नै आँखा अगाडि घर बग्नु अभिभावक आफन्त गुमाउनु र रातारात विस्थापित हुनुपरेकोले बालबालिकाको मनमा गहिरो आघात पुगेको छ ।
34:18
गजाला सामिम मिकरानी
जुन सजिलै देखिँदैन । तर लामो समयसम्म रहन सक्छ ।
34:22
गजाला सामिम मिकरानी
त्यसैले म सरकारसँग आग्रह गर्दछु । बाढी प्रभावित क्षेत्रहरूमा तत्काल मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरियोस् र विशेष गरी मनोविमर्शको आवश्यक भएका बालबालिकालाई लक्षित गरी मनोसामाजिक मनोविमर्श को व्यवस्था मिलाइयोस् ।
34:37
गजाला सामिम मिकरानी
सभामुख महोदय घर र जग्गा पुनर्निर्माण जतिकै महत्त्वपूर्ण हो बालबालिकाको मन पुनर्स्थापना । हामीले बालबालिकाको त्रासलाई व्यवस्था गर्नुहुँदैन ।
34:46
गजाला सामिम मिकरानी
धन्यवाद ।
34:48
डोलप्रसाद अर्याल
माननीय सदस्य गणेश कार्की ।
35:00
गणेश कार्की
सम्माननीय सभामुख महोदय, आज दोस्रो अधिवेशनको अन्तिम बैठकमा बोलिरहँदा म मोरङ्ग तीनलाई सम्झिरहेको छु । मोरङ्गले मलाई के एजेन्डा दिएर यो संशोधन पठाएको हो ।
35:10
गणेश कार्की
त्यसमा जग्गाको समस्या सबैभन्दा माथि छ । त्यो सचि असरल्ल विकास निर्माण र नयाँका लागि बजेट पूर्वाञ्चल विश्वविद्यालय र शिक्षण अस्पताल छ ।
35:18
गणेश कार्की
समाधान पर्खिएका हाम्रा स्थानीय समस्याहरू छन् । र देशभरिनै भएका शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, खेलकुद, वातावरण, संस्कृतिका समस्या हाम्रो ठाउँमा पनि छँदै छन् ।
35:27
गणेश कार्की
सभामुख महोदय, हाम्रो संसदीय प्रक्रियाको सुधार अत्यावश्यक छ । दुःखका साथ भन्छु कि संसदको नियमित प्रक्रिया नरो क्षेत्रको भूमिको समस्यालाई छिटो समाधान दिन सक्ने गरी निर्माण भएकै छैन ।
35:38
गणेश कार्की
हाम्रो संसदीय व्यवस्थाले त्यसका लागि अध्यादेशभन्दा अर्को बाटो रोजेकै छैन राखेकै छैन । अब अध्यादेशमार्फत काम अगाडि बढाउनुपर्छ ।
35:45
गणेश कार्की
सरकारको ध्यानाकर्षण गराउँछु । सभामुख महोदय, प्रक्रियाको जडताले नागरिकलाई दुःख थप दिनुहुँदैन ।
35:51
गणेश कार्की
आशा छ । अर्को अध्यादेश आशा छ ।
35:53
गणेश कार्की
अध्यादेश हार अर्को अधिवेशन हुँदा मेरो क्षेत्रको समस्याले नयाँ बाटो समाधानको बाटो भेट्छ भन्ने आशा गर्छु । धन्यवाद ।
36:00
डोलप्रसाद अर्याल
माननीय सदस्य गणेश धिमाल
36:06
गणेश धिमाल
सम्माननीय सभामुख महोदय, नजिकिँदै गरेका हाम्रा महान पर्वहरू बडा दशै, तिहार, नेपाल सम्वत तथा छट पर्वको अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण आमा बुवा, दाजुवाही तथा दिदीबैनीहरू अग्रिम अग्रिम हार्दिक शुभकामना व्यक्त गर्दछु । पर्वहरूको आगमनसँगै यातायात व्यवसायीहरूले विभिन्न बहानामा यात्रुहरूलाई ठग्ने टिकटमा सास्ती दिने र कालो बजारी गर्ने प्रवृत्ति हरेक वर्ष दोहोरिने गरेको छ ।
36:30
गणेश धिमाल
त्यसै गरी बजारमा अघोषित रूपमा कृतिम अभाव सिर्जना गरी खाद्यान्नमा चरम मूल्य वृद्धि गर्ने असस्तवस्तु बिक्री वितरण गर्ने काम भइरहेको छ र हुन्छ । म यस सम्मानित सदनमार्फत यातायात व्यवसायी तथा उद्योगि व्यवसायी व्यापारी साथीहरूलाई मर्यादित भई उपभोक्ताको अधिकारलाई उच्च प्राथमिकतामा राखी व्यापार गर्न आग्रह गर्छु ।
36:50
गणेश धिमाल
साथै आम नागरिकलाई सुलभ सहज यातायातको पहुँच र गुणस्तरीय खाद्यान्न उचित मूल्यमा उपलब्ध गराउन कडा बजार अनुगमन र नियमनको ठोस व्यवस्था मिलाउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । धन्यवाद ।
37:03
डोलप्रसाद अर्याल
माननीय सदस्री गणेश पौडयाल ।
37:09
गणेश पौडेल
सम्माननीय सभामुख महोदय , भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूमध्ये केही नागरिक अझै पनि राहतको पर्खाइमा हुनुहुन्छ । त्यसैको एउटा उदाहरण हो ।
37:20
गणेश पौडेल
रौतहट जिल्लाको विरावन नगरपालिकामा पर्ने गान्धी राउत उहाँ नुवाकोट जिल्लामा कवाड सङ्कलन गर्ने काम गर्नुहुन्थ्यो र उहाँको सबै परिवार त्यहाँ बसोबास गर्नुहुन्थ्यो र त्यो बाढीबाट उहाँको श्रीमतिलाई बाढीले बगायो । उहाँको मृत्यु भयो र उहाँ खाली हात आफ्ना दुइटा बच्चा लिएर रौतहट जानुभयो ।
37:39
गणेश पौडेल
र उहाँ बेला बेलामा फोन गरिरहनुहुन्छ । मैले कुनै राहत पाउँदैन भनेर र मैले यहाँ के भन्न खोजेको भने बाढीबाट प्रभावित भएर आफ्नो जिल्लामा जाने यस्ता विपन्न व्यक्तिहरूले उहाँहरू कहाँ का हुनुहुन्छ ।
37:52
गणेश पौडेल
त्यसको यथार्थ लगत सङ्कलन गरेर उहाँहरूलाई पनि राहत र पुनर्स्थापनाको व्यवस्था सरकारले गम्भीरताका साथ लियोस् भन्ने कुरा म राख्न चाहन्छु र यस्ता समस्या भएका व्यक्तिहरू सबै जनाले राहतको महसुस गर्न सकुन् भन्ने अयक्ष पनि गर्दछु । धन्यवाद ।
38:07
डोलप्रसाद अर्याल
माननीय सदस्य गणेश बहादुर विश्वकर्मा ।
38:16
गणेशबहादुर विश्वकर्मा
सम्माननीय सभामुख महोदय, सरकारले अपेक्षाकृत डेलिभरी दिन नसक्दै ६ महिना पूरा गरेको छ । संसदको पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिज्यूले दलित प्रति क्षमा योजना र १५ दिनभित्र संरचनागत सुधारका कार्यक्रम ल्याउने घोषणा गर्नुभएको थियो ।
38:31
गणेशबहादुर विश्वकर्मा
उक्त घोषणापछि पाँच जनाको हत्या एक जनाको आत्मदाहा तीन जना सुत्केरी माथि विभेद तीन ओटा विद्यालयमा जातीय छुवाछुत दर्जनबढी मन्दिरमा विभेद दुई जनामाथि सार्वजनिक बेजीर विपतमा समेत जातीय विभेद भएको समाचार सार्वजनिक भए । साथै राजनीतिक नियुतिमा मेरुकेखिका नाममा बहिष्करण दलित विकास समिति बादी विकास बोर्ड र ओपीसी विकास समिति विघटन दिपा नेपालीको १७ दिनको सत्याग्रह दलित दलित जेनलाइनसको १३१ १३१ दिनको धारणाको कुनै सुनुवाइ भएन ।
38:58
गणेशबहादुर विश्वकर्मा
। के केही हामी दलित सांसदहरूले दफै तार र छट लगायतका पर्वहरूमा यही सन्देश लिएर दलित जनताका बिचमा जाने हो ।
39:05
गणेशबहादुर विश्वकर्मा
धन्यवाद ।
39:08
डोलप्रसाद अर्याल
माननीय सदस्य गणेश सिंह ठगुन्ना ।
39:18
गणेश सिंह ठगुन्ना
सम्माननीय सभामुख महोदय , दार्चुला जिल्लाको महाकाली नदीमा नेपाल भारत जोड्ने तुइनदर टियो वन्मोलन कार्यक्रमअन्तर्गत फेब्रुवरी २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको भारत भ्रमणको बेला भारत सरकारसँग सहमति भई लाली, बाकु, बडगाउँ, तिग्रम, लग्टी माल गरी ६ स्थानमा नेपाल सरकारको तर्फबाट झोलिङ्गीे पुल बनेर सञ्चालनमा आइसकेका छन् । सोही बेला सहमति भएबमोजिम माकी नगरपालिका असिगडा मागी नदीमा भारत सरकारको तर्फबाट मोटर पुल निर्माण सम्पन्न भएको मैन बितिसकेको छ ।
39:53
गणेश सिंह ठगुन्ना
हल नेपालतर्फ भन्सार कारलगायत सरकारी संरचना निर्माण नहुँदा सो पुल उद्घाटन र आवागमन सञ्चालनमा ढिलाइ भइरहेको छ ।
40:00
गणेश सिंह ठगुन्ना
। हाइले पिथौरागढमा भएको प्रमुख जिल्ला अधिकारी स्तरीय बैठकमा भारतीय पक्षबाट एक महिनाभित्र तयारी सक्ने जानकारी हुँदा नेपाल तर्फबाट ढिलाइ भइरहेको छ ।
40:08
गणेश सिंह ठगुन्ना
जग्गा प्राप्ति भन्सार सुरक्षा निकाय क्वारेन्टाइनलगायतका कार्यालयहरू अविलम्ब स्थापना गरी पूर्ण सजालको लागि आवश्यक निर्देशन गरिदिनुहुन सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गर्दछु ।
40:19
डोलप्रसाद अर्याल
माननीय सदस्य गुरुप्रसाद बराल
40:29
गुरुप्रसाद बराल
सभामुख महोदय, हामी सूचना प्रविधिलाई यसरी प्रयोग नगरौं जसरी जम्मै सर्वाङ्गै हुन्छ । आज हाम्रो कार्य सूचीअन्तर्गत १० नम्बरमा राष्ट्रपति कार्यालयको पत्र हामीले सुन्न प्रतीक्षा गरेर बसेका छौं ।
40:51
गुरुप्रसाद बराल
तर सभामुख महोदय सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको पत्र हिजो नै सबै मिडियामा सार्वजनिक भएको छ र यो तहको पारदर्शिता कुनै कुराको पनि लियाज हुन्छ । संवैधानिक अङ्गको राष्ट्रपतिसँग सभामुखको सम्पर्क सम्बन्ध प्रधानमन्त्रीको सम्पर्क सम्बन्धको एउटा विशेष ग्याप हुन्छ ।
41:20
गुरुप्रसाद बराल
एउटा एउटा लियाज हुन्छ । तर यो सबै कुरालाई उदाङ्ग पारेर हामी कुन खालको लोकतान्त्रिक प्रणालीलाई विस्तार गर्न फोड्दै छौं ।
41:29
गुरुप्रसाद बराल
ध्यान
41:31
डोलप्रसाद अर्याल
माननीय सदस्य गोविन्द पन्थी ।
41:38
गोविन्द पन्थी
सम्माननीय सभामुख महोदय, आज म फेरि वैदेशिक रोजगारीमा गएका नेपाली युवाको पीडा सदनसमक्ष राख्न चाहन्छु । गुल्मी इस्माका दुई जना युवा २ वर्षअघि मेनारार्फत चर्को शुल्क तिरेर साउदी अरब गएका थिए ।
41:54
गोविन्द पन्थी
अहिले भिसा नथप्ने गरका नि बनाइदिने र अलपत्र पावर निकालि दिने धम्की दिइएको भन्दै उनीहरूको अभिभावकले उद्धारको लागि निवेदन दिएको लामो समय भइसकेको छ । यो प्रतिनिधि घटना हो ।
42:05
गोविन्द पन्थी
यस्ता धेरै छन् । जुन यस सदनमा पटक पटक सदनमा उठाइएको छ ।
42:09
गोविन्द पन्थी
साफ महोदय मेनपारमार्फत गएका युवाको त यो हालत छ भने भिजिट भिसामार्फत लगेर अलपत्र पाइरहेका युवाको अवस्था कस्तो होला । भिजिट भिषाको आवरण मनाउँने मानव तस्करी र ठगी अझै रोकिएको छैन ।
42:21
गोविन्द पन्थी
त्यसैले सरकारसँग मेरो माग छ । अलपत्र नेपालीको तत्काल उद्धार र ठगीमा बर्गको अनुसन्धान दोषीमाथि कारबाही कारबाही र पिडित लगाइ नयाँ दै ल्याउन छुट्टै विशेष गरी संस्था स्थापना गरी प्रभावकारी व्यवस्था गरियोस् ।
42:34
गोविन्द पन्थी
धन्यवाद ।
42:35
डोलप्रसाद अर्याल
माननीय सदस्य गंगा छन्त्याल ।
42:45
गंगा चन्त्याल
सम्माननीय सभामुख महोदय, हामीले धेरै वर्ष आवाज उठायौं । धेरै पटक आफ्ना अधिकार माग्यौं ।
42:52
गंगा चन्त्याल
तर अब माग्ने होइन । राज्य आफैले जिम्मेवारी लिने बेला आएको छ ।
42:57
गंगा चन्त्याल
हामीलाई दया होइन अधिकार चाहिएको छ । सहयोग होइन समान अवसर चाहिएको छ ।
43:01
गंगा चन्त्याल
प्रतिनिधित्व मात्र होइन निर्णय गर्ने ठाउँमा अर्थपूर्ण सहभागिता चाहिएको छ । आज पनि अपाङ्गता भएको नागरिकले आफ्नै शरीरसँग परिवारको स्रोतसँग ।
43:11
गंगा चन्त्याल
समाजको व्यवहारसँग र राज्यको प्रणालीसँग सङ्घर्ष गर्नुपरेको छ । अपाङ्गता हुनु अपराध होइन ।
43:18
गंगा चन्त्याल
तर अवसरबाट बञ्चित हुनु अन्याय हो । अब यो अन्याय अन्त्य गर्ने नीति र निर्णय चाहिन्छ ।
43:24
गंगा चन्त्याल
अपाङ्गताको सवाल कुनै एउटा मन्त्रालयको मात्रै विषय होइन । शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार पर्यटन खेल कुन लगायतका राज्यका हरेक क्षेत्रमा जोडिएको राष्ट्रिय सवाल हो ।
43:36
गंगा चन्त्याल
त्यसैले म सरकारसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रत्यक्ष मातहतमा स्थायी सचिवालयसहितको उच्चस्तरीय अपाङ्गता समावेशीकरण
43:48
डोलप्रसाद अर्याल
माननीय सदस्य गंगा देवी श्रेष्ठ ।
43:59
गंगा देवी श्रेष्ठ
सम्माननीय सभामुख महोदय, म आज मैले जेठको महिनामै उठाको धादिङ जिल्लाको ज्याङगरुङदरबार अन्तर्गतको श्रीको बा गुठीको समस्या राखेको थिएँ । त्यही कुरा म फेरि पुनः दोहोर्याउँदैछु ।
44:15
गंगा देवी श्रेष्ठ
धादिङ निलकण्ठ नगरपालिका १० र ११ नम्बर वडा र नेत्रावती वडा नम्बर ५ र गोरखा जिल्ला गरेर ३५ घर परिवार यो गुठीको नाममा सबै सबै घर जग्गाहरू छन् । तीन पुस्ता धन उहाँहरूले घर जग्गाको कारोबार गर्न पाउनुभएको छैन ।
44:34
गंगा देवी श्रेष्ठ
उहाँहरूले धेरै पटक फोन गरेर भन्नुभाको छ । यो सरकारले हामीलाई हाम्रो नाममा जग्गा कहिले बनाइदिन्छ भनेर गुठी सङ्घर्ष समितिले सबै कागजहरू सम्बन्धित मन्त्रालयमा पेस गर्नुभएको छ ।
44:49
गंगा देवी श्रेष्ठ
यो म पुनः सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । साथै यो आएको रफ्तारमा काम गर्ने सपना देखाएर बनाएको बनेको यो सरकारबाट
45:00
डोलप्रसाद अर्याल
माननीय सदस्य गङ्गा लक्ष्मी अवाल
45:05
गंगालक्ष्मी आवाल
सम्माननीय सभामुख महोदय, जो भक्तपुरको नगरकोट भनेको स्वदेशी, विदेशी लगायत अन्तर्राष्ट्रिय जगतलाई समेत ख्याती प्राप्त प्राकृतिक र सांस्कृतिक र हो । तर उक्त नगरकोट जाने मुल सडक कमलविनायकदेखि लिएर माथि खरिपाटीसम्म खाल्दा खोलिदिनुभएको छ र विगतमा पनि एक जना गर्भवती महिलाको कमलविनायक चोकबाट भक्तपुर जिल्ला हस्पिटलमा एम्बुलेन्समा गरी महिलालाई हस्पिटल लग्दै गर्दा हस्पिटल पुग्ने बितिकै शिशुको गर्भमै मृत्यु भएको थियो ।
45:39
गंगालक्ष्मी आवाल
खाल्लेको जोड दिनुमा परेर यो कतिको विडम्बनाको कुरा छ । अहिले पनि सडक त्यस्तै छ ।
45:45
गंगालक्ष्मी आवाल
नगरकोटमा सबै हिँडिराखेको छ देख्नुभएको छ र उक्त बेखाल महालक्ष्मी स्थान र कमल विनायक हुँदै नगरकोट जाने सडक तत्काल स्थायी रूपमा मर्मत गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु र दशैको मुखमा यदि सो गरिएन । मरमत गरिएन भने प्रचलित भनाइअनुसार नयाँ सिसी पुरानो रक्सी भनेको खाङ
46:06
डोलप्रसाद अर्याल
माननीय सदस्य चन्दन कुमार सिंह ।
46:18
चन्दनकुमार सिंह
सम्माननीय सभामुख महोदय , जनताले सांसदले आफ्नो क्षेत्रको विकास र देशका हितका लागि निर्वाचित गरेर पठाएका हुन्छन् । हामी यहाँ शिक्षा, स्वास्थ्य, सुरक्षा, न्याय जग्गा विवाद उद्योग, व्यापार, मलखाद बाटोघाटो, पुल, वृद्धीकरण भन्सारलगायतका जनताको समस्या उठाउन आएका छौं ।
46:37
चन्दनकुमार सिंह
तर कहिले काही लाग्छ संसद जनताको समस्या समाधान गर्ने थलो हो कि कुन सांसदले कति राम्रो बोल्ने र कसको भाषणमा कति ताली बस्ने भन्ने प्रतियोगिता हो । सभामुख महोदय राम्रो बोल्नु नराम्रो पनि तर बोलेपछि काम भयो कि भएन भन्ने कुरा अझ महत्त्वपूर्ण हो ।
46:53
चन्दनकुमार सिंह
त्यसैले सांसदले संसदमा उठाएका विषयको एक प्रति सम्बन्धित मन्त्रालयमा अनिवार्य रूपमा लिखित दर्ता हुने व्यवस्था गरियोस् । साथै त्यसको कार्यान्वयन हुन्छ वा हुँदैन ।
47:02
चन्दनकुमार सिंह
नहुने भए कारणसहित सम्बन्धित सांसदलाई लिखित जानकारी दिने व्यवस्था होस् । धन्यवाद ।
47:16
डोलप्रसाद अर्याल
माननीय सदस्यहरू, शून्य समयमा माननीय सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ ।