00:01
रुबी कुमारी
माननीय सदस्य जनक सिंह धामी । त्यसपछि माननीय सदस्य मन्जु भुसाल
00:16
जनक सिंह धामी
सम्माननीय सभामुख महोदय, समयको लागि धन्यवाद । माननीय अर्थ मन्त्रीज्यूले सम्मानित सदनमा छलफलका लागि पेस गर्नुभएको नागरिक लगानी कोष, २०४७ लाई संशोधन गर्न बनेको विधेयक, २०८३ माथि आफ्ना धारणाहरू राख्न गइरहेको छु ।
00:32
जनक सिंह धामी
नागरिक लगानी कोष जस्तै हाम्रो देशमा कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, बिमा कोष, युवा स्वरोजगार कोष, स्वास्थ्य बिमा कोष, योगदानमा आधारित सामाजिक सुरक्षा कोष आदि धेरै कोषहरू छन् । तर सबैको सवरूप प्रभावकारी रूपमा प्रतिफल दिने गरी परिचालन भएका छन् कि छैनन् समीक्षाको विषय पनि छ ।
00:48
जनक सिंह धामी
तर योगदानमा आधारित सामाजिक सुरक्षा कोष प्रभावकारी ढङ्गले अगाडि बढेको छैन कि भन्ने मैले पाएको छु । प्रस्तुत संशोधित नागरिक लगानी कोष विधेयकमा सर्वसाधारणलाई पुँजीको बचत गर्न प्रोत्साहन पुँजी बजारमा गतिशीलता कोषको दायरा र क्षमता बढाउने उद्देश्य राम्रो रहेको छ ।
01:06
जनक सिंह धामी
स्वैच्छिक रूपमा लगानी गर्न सकिने यो कोर्षमा मान्यता प्राप्त संस्था साझेदारी उर्जा, यातायात, पर्यटन, सूचना प्रविधि, कृषि, स्वास्थ्य र शिक्षामा लगानी गर्ने कुरा औंल्याएको छ भने वित्तीय संस्था र बिमा कम्पनीलाई समेत समावेश गरी चुक्ता र अधिकृत पुँजी समेत बढाउने व्यवस्था गरिएकोले यो विधेयक समय सापेक्ष रहेको छ । कोषको दायरा बढाउने उद्देश्यले स्वाभाविक रूपमा विधेयकका केही शब्दहरू झिक्ने परिवर्तन गर्ने र थप्ने गरिएका छन् भने समय अनुकूल आवश्यकता बदलिदो आर्थिक परिस्थिति र लगानीको आवश्यकलाई सम्बोधन गर्न दफा उपदफाहरू खण्डहरू पनि थपिएका छन् ।
01:36
जनक सिंह धामी
खास गरी यो विधेयकले तीन ओटा कुरामा सम्बोधन गरेको देखियो । चुक्ता पुँजी चुक्ता र अधिकृत पुँजी बढाउने लगानीको दायरा विस्तार गर्ने सञ्चालक समिति र कार्य कार्यको काम कर्तव्य र अधिकार ऐनमा नै व्यवस्था गर्ने ।
01:51
जनक सिंह धामी
सभामुख महोदय, विधेयकको दफा ४२ को उपदफा (१) को १ ख खबर राखी कार्यकारी निर्देशकको नियुक्ति र पद मुक्तिको कुरा लेखिएको छ । जसमा कार्यकारीलाई सरकारले चाहेका बेला हटाउने भन्ने उल्लेख गरिएको छ ।
02:03
जनक सिंह धामी
त्यसमा कार्य सम्पादन सन्तोषक सन्तोषजनक नभएमा भन्ने शब्द थप्दा राम्रो होला जस्तो लाग्छ । दफा २८, ३२, ४२ र ५२ मा खण्ड खण्डसहित थपेर बढाएको दायरालाई स्पष्ट पार्न खोजिएको छ ।
02:16
जनक सिंह धामी
सभामुख महोदय , नागरिक लगानी कोषको बारेमा छलफल गर्दै गर्दा मलाई भोटेकोशी बाढीको क्षतितिर ध्यानाकर्षण भयो । मलाई लाग्यो क्षेत्रमा पूर्वाधार र जलविद्युतमा कोषको कति लगानी थियो होला र कति जोखिममा पर्यो होला मलाई लाग्यो ।
02:27
जनक सिंह धामी
जोखिमको अवस्थासँगै कोषमा पारदर्शिता र सुशासनको पनि व्यवस्था हुन जरुरी छ । सिधै जनतासँग सम्बन्धित यस्ता कोषहरू प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने हुन्छ ।
02:37
जनक सिंह धामी
केवल पुँजी सङ्कलन मात्र उद्देश्य नराखी कुनै राजनीतिक प्रभाव र पहुँचका आधारमा पुँजी सञ्चालन नगरी जनताको पुँजीलाई कम जोखिम पर्ने प्रतिफलमुखी सुशासनयुक्त र पारदर्शी हुनुपर्दछ । समय अनुकूल दायरा बढाएर आएको यो विधेयकको समर्थन गर्दछौं ।
02:52
जनक सिंह धामी
धन्यवाद ।
02:56
जनक सिंह धामी
माननीय सदस्य मन्जु