00:00
डोलप्रसाद अर्याल
सदस्यहरू, अब माननीय अर्थ मन्त्री डा. स्युबागलेलाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु ।
00:25
स्वर्णिम वाग्ले
सम्माननीय सभामुख महोदय, भुक्तानी तथा फर्स्योट ऐन, २०७५ संशोधन विधेयकमा भएको सैद्धान्तिक छलफलमा उठेका विभिन्न राय टिप्पणी सुझावहरूलाई मैले ग्रहण गरेको छु र अगिको विधेयकमा छलफल हुँदा राखेको जस्तै लाई पनि सम्बन्धित समितिमा छलफल हुँदा हामी अलि गैराईमा जान्छौं नै यो पेमेन्ट एन सेटलमेन्ट एक्ट यसलाई यति फास्ट मुभिङ टेक्नोलोजी छ । यो अब वित्तीय प्रविधि फिनटेकमा एकदमै द्रुत विकास भइरहेको छ ।
01:11
स्वर्णिम वाग्ले
अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायकहरूको सम्भावित प्रवेश उपभोक्ताको तथ्याङ्क सुरक्षा डाटा प्रोटेक्सन प्रणालीगत तरलता जोखिम न्यूनीकरण जस्ता विषयहरू हाम्रो ऐनहरूले क्याच गर्न सकिराखेका छैनन् । हाम्रो अभ्यास यति द्रुत गतिमा अगाडि बढेको छ कि यसलाई त्यही भएर यो ७५ सालकै ऐनलाई पनि हामीले अहिले तत्कालै अप्डेट गर्नुपर्ने भएर यो महत्त्व दिएर नै आज यहाँ पेस गरिएका छौं र हामीले छलफल पनि गरेका छौं ।
01:47
स्वर्णिम वाग्ले
यो नयाँ सरकार आएपछि अर्थतन्त्रको औपचारिकीकरण अर्थतन्त्रको आधुनिकीकरण इत्यादिका लागि सुधारका दर्जनौं पहलहरू एकै पटक थालेका छौं हामीले र त्यसको एउटा सानो हाँगो वा पाटोको रूपमा पनि यसलाई माननीयज्यूहरूले बुझिदिनुभएको छ नै केही टिप्पणीहरू अलिकति आधारभूत यो विधेयकको आधारभूत चरित्र भन्दा अलि अलि अलि फराकिलो भएर पनि गयो । त्यसैले म यो जवाफ दिने क्रममा ६ ओटा यसका विशेषताहरू माननीय सांसदज्यूहरूलाई स्मरण गराउँदै अन्य छलफल चाहिँ हामी समितिमै गर्ने आश्वासनसहित म अगाडि बढ्न चाहन्छु ।
02:31
स्वर्णिम वाग्ले
पहिलो विशेषता यसको परिभाषा र कार्य क्षेत्रको जुन फराकिलो दायरा स्थापित गर्न खोजिएको छ । त्यो नै हो ।
02:41
स्वर्णिम वाग्ले
यसले भुक्तानी सेवा प्रदायको परिभाषाबाट संस्था र सेवाग्राही बिचमा भन्ने सीमित दायरा बोक्ने शब्दावली हटाएको छ । यसले नियमनकारी निर्देशन कम्पनीलाई मात्र दिन सकिने प्रावधान पनि यसलाई हटाइएको छ ।
02:59
स्वर्णिम वाग्ले
दोस्रो हामीले यो टेक्नोलोजीमा धेरै इनोभेसनलाई प्रश्रय दिनुपर्ने छ । त्यसैले यो रेगुलेटरी स्याण्डबक्सको अवधारणा यहाँ ल्याइएको छ ।
03:08
स्वर्णिम वाग्ले
जसअन्तर्गत नयाँ प्रकृतिका नयाँ प्रकृतिका वित्तीय प्रविधिको परीक्षण गर्न एक्सपेरिमेन्ट गर्न पनि नेपाल राष्ट्र बैङ्कले निश्चित अवधि र सीमा निर्धारण गरेर सेवा सञ्चालन अनुमति दिन सक्ने एउटा वैधानिक बाटो हामीले खोल्न लागेका छौं । त्यस्तै बैङ्क तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूले आफ्नो भुक्तानी कार्य सहज बनाउन आधिकारिक एजेन्ट नियुक्त गर्न सक्ने स्पष्ट कानुनी आधार हामीले तयार गर्न खोजेका हौं ।
03:43
स्वर्णिम वाग्ले
तेस्रो विषयमा यो अन्तर्राष्ट्रिय भुक्तानी संस्था र अनुमति प्रक्रियालाई असाध्यै सेम्पलिफाइ सरलीकरण चाहिँ हामीले गरेका छौं । कम्तीमा १० ओटा मुलुकमा भुक्तानी कारोबार सञ्चालन गरिरहेका विदेशी संस्थाहरूले नेपालमा कारोबार गर्न अनुमति पाउने प्रक्रिया समावेश गरेका छौं र यस्ता अन्तर्राष्ट्रिय अनुभव प्राप्त संस्थाको हकमा स्थलगत निरीक्षणको अनिवार्यता हटाई प्रक्रिया छरितो बनाउन खोजिएको छ ।
04:11
स्वर्णिम वाग्ले
भुक्तानी अनुमतिको आवधिक नवीकरण यो पिरियोडिक रनिवललाई पनि हामीले छुट दिएका छौं । त्यस्तै चौथो यसको विशेषता यो विधेयकको विशेषता के छ भने संस्थागत सुशासन पूर्वाधार र उपकरण व्यवस्थापनमा रहेको छ ।
04:29
स्वर्णिम वाग्ले
यसमा यो संस्थाको सम्पूर्ण काम कर्तव्य र अधिकार प्रचलित कानुनको अधीनमा रही सञ्चालक समितिमा नजित रहने व्यवस्था गरी सञ्चालकहरूलाई पूर्ण जिम्मेवार बनाइएको छ । सीइओको पदावधिमा रहेको यो एमबी गोटी यसलाई हटाएका छौं हामीले र भुक्तानी उपकरण र संस्थाहरू राष्ट्रिय भुक्तानी स्विच नेशनल पेमेन्ट स्विचमा अनिवार्य रूपमा आवद्ध हुनुपर्ने बाध्यात्मक व्यवस्था पनि गरिएको छ ।
04:54
स्वर्णिम वाग्ले
त्यस्तै यो डेटा प्रोटेक्सन यो तथ्याङ्कको गोपनीयता तथा ग्राहक हितको म
05:00
स्वर्णिम वाग्ले
क्षणका लागि पनि केही दफा उपदफाहरूको व्यवस्था गरेका छौं । सेवाग्राहीको व्यक्तिगत विवरण हिसाब किताब र श्रेष्ठताको गोपनीयता अनिवार्य गरी गरिएको छ ।
05:12
स्वर्णिम वाग्ले
त्यस्तै प्रविधि प्रदायक सफ्टवेयर र यो सिस्टम रेन्डरहरूलाई वित्तीय तथ्याङ्क उपलब्ध गराउँदा नेपाल राष्ट्र बैङ्कले तोकेको मापदण्ड पालना गर्नुपर्ने स्पष्ट सीमा पनि निर्धारण गरिएको छ । त्यस्तै संस्थाको अनुमति पत्र खारेज भएमा वा नवीकरण नभएमा ग्राहकको वालेटमा रहेको यी मनी बापतको मौजदात रकम ३० दिनभित्र अनिवार्य फिर्ता गर्नुपर्ने सुरक्षात्मक व्यवस्था पनि हामीले गरेका छौं ।
05:42
स्वर्णिम वाग्ले
त्यस्तै छैठौं यसको विशेषता के हो भने फर्स्टको सुनिश्चितता यो सेटलमेन्टको फाइनालिटी र तरलता व्यवस्थापनमा पनि नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा संस्थाहरूलाई निश्चित ब्याजदर र अवधिमा तरलता ऋण सुविधा उपलब्ध गराउन सक्ने प्रावधान हामीले थपेका छौं । त्यस्तै कुनै संस्था दामासाहीमा परेमा ऐन बमोजिमको फर्स्योट सम्पन्न भएपछि मात्र दामासाही कानुन आकर्षित हुने व्यवस्था गरी प्रणालीगत जोखिम यो सिस्टम रेस्कलाई चाहिँ हामीले यो यो बाटो वित्तीय चक्रलाई सुरक्षित गर्न खोजेका छौं ।
06:17
स्वर्णिम वाग्ले
त्यसै र अन्त्यमा यो फौजदारी दायित्व गुनासो र विवाद निरुपण बारे पनि केही नयाँ प्रावधानहरू छन् । ऐन विपरितका प्रमुख कसुरहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची १ मा समावेश गरी सरकारवादी मुद्दा बनाइएको छ ।
06:33
स्वर्णिम वाग्ले
त्यस्तै सर्वसाधारणको गुनासो सम्बोधनका लागि राष्ट्र बैङ्कभित्र गुनासो शून्य एकाई तोकिएको छ । संस्थाहरूबिच उत्पन्न हुने व्यवसायिक विवाद १५ दिनभित्र निरुपण गर्न नेपाल राष्ट्र बैङ्कको डेपुटी गवर्नरको अध्यक्षतामा ५ सदस्य अधिकार सम्पन्न विवाद समाधान समिति गठनको व्यवस्था गरिएको छ र राष्ट्र बैङ्कलाई ऐन कार्यान्वयनका लागि विनिमयका अतिरिक्त आवश्यक कार्यविधि बनाउने तथा आदेश जारी गर्ने अधिकार पनि हामीले दिएका छौं ।
07:00
स्वर्णिम वाग्ले
त्यसैले यो फर्मलाइजेसन मोडनाइजेसन, इन्टरनटेसनलइजेसन यी सबै हाम्रो यो बृहत आर्थिक सुधारको जुन एउटा आक्रामक पहलहरू छन् । त्यसलाई यो विधेयक पारित भएर चाहिँ ऐन बन्दै गर्दा हामीले धेरै नै अगाडि जान सक्ने ठाउँहरू छन् ।
07:23
स्वर्णिम वाग्ले
माननीय सांसदज्यूहरूले केही संसयहरू राख्नुभएको छन् । त्यो उधारगर्नुभएको छ ।
07:28
स्वर्णिम वाग्ले
यो यहाँ यहाँको डिस्प्युट सेटल गर्ने एउटा राष्ट्र बैङ्कको कमिटीले गरेको कुरा नै फाइनल हुन्छ कि भन्ने छ । यसलाई हामी थप छलफल गरौं ।
07:36
स्वर्णिम वाग्ले
समितिमा मुलुकको संविधान मुलुकका प्रचलित ऐनभन्दा माथि यो विधेयकका प्रस्तावित बुँदाहरू हुन सक्ने ठाउँ छैन । यसलाई हामीले संविधानको स्पिरिट र अन्य ऐनहरूसँग बाजिने खण्डमा यसलाई संशोधन गरेर अगाडि बढ्न सक्ने ठाउँ प्रशस्त छन् र बाँकी चाहिँ डिटेलमा हामीले छलफल चाहिँ अगि मैले निवेदन गरे जस्तै विज्ञहरूसँग र हामी सांसदहरूमा नेपाल सरकारको विभिन्न सम्बन्धित निकायहरू नेपाल राष्ट्र बैङ्क, सबैको उपस्थितिमा यस विधेयकलाई पनि छलफलबाट नै थप समृद्ध बनाएर हामी अगाडि जाने प्रहार गर्दै अहिले माननीयज्यूहरूले राख्नु भएका महत्त्वपूर्ण सुझावहरूको लागि धन्यवाद दिन चाहन्छु ।